होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विश्व आमाबुबा दिवस मनाइयो
समाचार

विश्व आमाबुबा दिवस मनाइयो

  • नागरिक रैबार
विश्व आमाबुबा दिवस मनाइयो

काठमाडौं । आज विश्व आमाबुबा दिवस । आफ्ना आमाबुबाप्रति सम्मान जनाउँदै आइतबार विश्वभर आमाबुबा दिवस मनाइएको छ । यसदिन विश्वभर रहेका मानिसहरुले आफुलाई जन्म दिने आमाबुबालाई विशेष रुपमा सम्झने गर्छन् । आमाबुबा हुनेहरुले सँगै बसेर आदर सम्मान प्रकट गर्छन् भने नहुनेहरुले मठमन्दिरमा पुगेर पूजा आजा गरी सम्झने गर्दछन् ।

आमाबुबा जन्म दिने मात्र नभएर कर्म दिने महान व्यक्तित्व पनि हुन् । त्यसैले छोराछोरी आमाबुबाका लागि जिम्मेवारी र कर्तव्य हुन् । तर पछिल्लो समय आफ्ना आमाबुबा बृद्ध भएपछि बेवास्ता गर्ने र बृद्धआश्रममा लगेर छोड्ने प्रवृति बढ्दै गएको छ ।

नेपालमा पनि यस्तो प्रचलन बढ्दै गएको छ । जसका कारण नेपालमा बृद्धआश्रमको संख्या बढ्दै गएको छ । आफ्ना छोराछोरी नभएका बृद्धबृद्धाहरुका लागि सरकारले आश्रमको उचित व्यवस्था गरी राख्नु उपयुक्त हुन्छ । तर कतिपय व्यक्तिहरुले विभिन्न दाताहरुमार्फत आर्थिक सहयोग संकलन गर्दै बृद्धआश्रम सञ्चालन गर्नुले भने समाजमा गलत प्रवृति निम्त्याउन सक्ने खतरा बढेको छ ।

विज्ञापन

अहिलेको व्यस्त विश्वमा मानिसहरुले आफ्ना आमाबुबाको फोटो सामाजिक सञ्जालमा राखेर आफ्नो भाव दर्शाएका देखिन्छन् । तर तिनै मानिसहरु आमाबुबासँग बोल्न, स्नेह जनाउन अनि भेटेर सम्मान प्रकट गर्न भने भ्याउँदैनन् । व्यस्तताको नाउँमा आफ्ना आमाबुबाको हेरचाह नगर्ने प्रवृतिले भने विश्व समाजलाई नै फरक बनाइरहेको छ ।

आजका सन्तान भोलिका आमाबुबा पनि भएकाले बदलिँदै गएको विश्वलाई एकपल्ट गहिरो मनले सोच्नैपर्छ । त्यसैले आफ्ना आमाबुबाको महत्व सबैले बुझ्न जरुरी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार