होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • वैकल्पिक बाटो खोजेर सडक तत्काल सुचारु गर्न काँग्रेस बाजुराको माग
देश/प्रदेश

वैकल्पिक बाटो खोजेर सडक तत्काल सुचारु गर्न काँग्रेस बाजुराको माग

  • नागरिक रैबार
वैकल्पिक बाटो खोजेर सडक तत्काल सुचारु गर्न काँग्रेस बाजुराको माग

नागरिक रैबार/बाजुरा ११ साउन। नेपाली काँग्रेस बाजुराले ३ साता देखि अवरुद्ध भएको साँफे मार्तडी सडक बैकल्पिक बाटो खोेजेर सुचारु गर्न माग गरेको छ ।

लगातारको अविरल वर्षाका कारण ३ साता देखि अवरुद्ध रहेको साँफे–मार्तडी राजमार्ग सडक खण्डको दर्जनौं ठाउँमा गएको पहिरो पन्छ्याएर तत्काल सदरमुकाम मार्तडीसम्म जोड्ने बैकल्पिक बाटो खाेजेर तत्तकाल निर्माण कार्य सुचारु गर्न नेपाली काँग्रेस बाजुराले ज्ञापन पत्र सहित माग गरेको हाे ।
आइतबार नेपाली काँग्रेस बाजुराले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताएका छन् ।

आइतबार बुझाएको ज्ञापन पत्रमा साँफे मार्तडी राजमार्ग सडकखण्डको ताप्रीसेरा,बल्दे,अम्कोट,नुनेपानी,पानीनाउला लगायतका दर्जनौं क्षेत्रमा पहिरो आएर सडक अवरुद्ध बनेकाले सडक सुचारु गर्न ज्ञापन पत्र बुझाएको सभापति पण्डितले बताए । सडक अवरुद्धले गर्दा जिल्लाको आवतजावतमा निकै कष्टकर बन्दै गएको र जिल्ला सदरमुकाम मार्तडी र पुर्वी उत्तरी भेगको कोल्टी लगायतका बजारमा दैनिक उपभोग्य सामान तथा औधषी उपभोग्य सामान ओसार पसार गर्न असज भएकाले राजमार्ग सडक र मार्तडी–कोल्टी सडक समेत खुलाउने कार्य अघि बढाउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

विज्ञापन

लगातारको अविरल वर्षाका कारण जिल्लाका दर्जनौं वस्तीहरुमा पहिरो गएर वस्तीहरु उच्च जोखिममा रहेको र वस्तीमा बस्ने स्थानीयहरु असुरक्षित भएकाले सरकारले सुरक्षार्थमा चासो नदेखाएको प्रति नेपाली काँग्रेसको ध्यानाकर्षण भएको पत्रमा भनिएको छ । राज्य जनताप्रति उत्तरदायी बनाउन ज्ञापन पत्र बुझाएको नेपाली काँग्रेस बाजुराका सचिव रनसिंह अयडीले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी गैह्रे मार्फत प्रधानमन्त्रीलाई नेपाली काँग्रेस बाजुराले ६ बुँदे ज्ञापन पत्र बुझाएको हो । पत्रमा राजमार्ग सडकमा पर्ने अमकोटमा पहिरो आउनेक्रम नरोकिएकाले सडक सुचारु हुन नसक्ने अवस्था रहेकाले जिल्लाको आवतजावत रोकिनुका साथै दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएकाले सोही सडकमा पर्ने बल्दे आटिचौर सडकमा पर्ने कन्सर्न बाजुरा हुदै अमकोट गाउँबाट द्धारीडाडाबाट सडक सुचारु गर्नुपर्ने,त्रिवेणी नगरपालिकाको पैमाको पहिरोले अम्कोट सडकमा क्षती पुर्याउदै गएकाले उक्त राजमार्ग सडकको वैकल्पिक मार्ग सुचारु गर्न बाह्रविस सडक अन्तर्गत बाउली खोला,ठुली साँगु,भौनेरामा बेलिव्रिज पुल निर्माण गरी तत्काल सपडक सुचारु गर्नुपर्ने, बाढी पहिरोका कारण बुढीगंगा नगरपालिका–१ अम्कोट,कुडी,सोही नगरपालिका–२मा पर्ने बजेडी,नडाङ्ग,मुस्तोला, र खेतकोट,बडीमालिका नगरपालिका–६ पानीनाउला, वडा नं ४ को तिपाडा,रिला,वडा नं ९ को कराला,दुनी हाटबाजर र त्रिवेणी नगरपालिका–७ कोषेडी गाउँ लगायतका क्षेत्रका बाढी पहिरो पिडित स्थानीयलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग लेखिएको छ ।

यस्तै ज्ञापन पत्रमा लगातरको अविरल वर्षाले साँफे मार्तडी राजमार्ग सडकमा पर्ने ताप्रीसेराको घट्टेखोलामा बाढीले पुलमा क्षती पुर्याएकाले पुल निर्माण गरिनुपर्ने,मार्तडी घटमुना र मार्तडी कोल्टी सडक मर्मत गरी सुचारु गरिनुपर्ने र नोबेल कोरना भाइरसका कारण रोगाजरीका लागि विदेश गएका र सो कारणले विदेशबाट फर्किएका युवाहरुका लागि रोजगारीको व्यवस्था गर्न माग सहित ज्ञापन पत्र बुझाएको नेपाली काँग्रेस संगठन विभाग प्रमुख धनराज पण्डितले बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले राजमार्ग सडक वर्षाका कारण तत्काल खोल्न नसकिने र सो राजमार्ग सडकका लागि धुरालसैन र कन्सर्न बाजुराबाटको वैकल्पिक मार्ग निर्माणका लागि संघीय मन्त्रालयमा पठाएको प्रतिक्रिया दिएका छन् ।उनले मन्त्रालयको पत्र आएपछि वैकल्पिक बाटोलाई काम गर्ने गरी समन्वय र सहकार्य भइरहेको प्रजिअ गैह्रेको भनाई रहेको छ ।

ज्ञापन पत्र बुझाउन नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितको नेतृत्वमा पाटी सचिव रनसिं अयडी,संगठन विभाग प्रमुख धनराज पण्डित,महासमिति सदस्य जुना दानी,महिला विभाग प्रमुख तथा काँग्रेस जिल्ला कार्य समिति सदस्य दीपा बोहरा,उमा रोकाया,शुभद्रा पाण्डे,महिला संघ अध्यक्ष अमृता सिंह,महिला नेत्री जयन्ती हमाल,नेविसंघ उपाध्याक्ष जनक थापा लगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार