होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अविरल वर्षाले बाजुरामा गहुँवाली बोटमै उम्रिएर झर्न थाल्यो
देश/प्रदेश

अविरल वर्षाले बाजुरामा गहुँवाली बोटमै उम्रिएर झर्न थाल्यो

  • नागरिक रैबार
अविरल वर्षाले बाजुरामा गहुँवाली बोटमै उम्रिएर झर्न थाल्यो

बाजुरा । बाजुरामा अविरल वर्षाका कारण यस वर्ष खाद्य संकट हुने सम्भावना देखिएको छ । निरन्तरको अविरल वर्षाका कारण किसानले लगाएको अन्नवालिमा क्षेति हुँदा यस वर्ष खाद्य संकटको सम्भावना देखिन थालेको हो । लगातारको वर्षाले किसानले लगाएको गहुवालि बोटमै कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।

स्वामीकार्तिक खापर गााउँपालिका र हिमाली गाउँपालिकाका किसानले लगाएको गहुँवाली वोटमै सखाप हुन थालेको हो । गाउँपालिकाको उच्च हिमाली भेगका किसानले लगाएको गुहुँवालि वर्षातको समयमा भित्र्याउन नपाउदा वोटमै कुहिन र उम्रिन थालेको किसान कपुर शाहीले गुनासो गरे । गहुँवालि भित्र्याउने समयमा वर्षात हुँदा वोटमै उम्रिन, कुहिएर झर्न थालेको उनले बताए ।

स्वामीकार्तिक खापर गाँउपालिकाको खुन्का, डाँडि विसौन, जेबाल्या, लोथि, जोरु, फुग्लु, दुधेखाडा, निफेरा, साप्पाटाको काठ कोईराला लगायतका ठाँउमा पाकेको गहुँवालि खेतमै कुहिन थालेको स्थानियको भनाइ छ ।

विज्ञापन

त्यस्तै, हिमाली गाउँपालिका– २ कोटी गाँउ, विच्छ्या, गुम्वा लगायतका ठाउँमा पाकेको गहुँवालि वर्षाका कारण खेतमा कुहिन थालेको हिमाली गाउँपालिका वडान २ का अध्यक्ष धनरूप बुढाले दुखेसो गर्नुभयो । गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा किसानले वर्षमा एक पटक गहुँवालि लगाउँछन् । गत भदौमा छरिएको गहुँवाली यहि साउनमा भित्रयाउने गर्छन ।

निरन्तरको वर्षाले गहुँवालि भित्र्याउँन समस्या हुँदा एक वर्षको मिहेनत र लगानी वर्षातले वगाईदिएको किसानको गुनासो छ । खेतमा लगाएको गहुँवालि भित्र्याउने समय भए पनि यस वर्ष वर्षातका कारण गहुँवालि भित्र्याउन नपाउँदा भोकमरीको अवस्था आउन सक्ने भन्दै किसान चिन्तित भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार