होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २÷२ जनाको मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् […]
छााम : अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ मा बाढीले बगाउँदा थप एक जनाको शव फेला परेको छ। योसँगै बाढीमा बगेर मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। मङ्गलवार राति परेको अविरल वर्षाका कारण आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्वर ५ सैनिबजारबाट बगाएका १७ मध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह […]
१०१ वर्षको उमेरसम्म पनि शरीरमा स्फूर्ति थियो । कसैको सहाराविना हिँडुडुल गर्न सक्दैन’थे तर अनुहारमा कान्ति छाएकै हुन्थ्यो । १०० वर्ष पुगेपछि हरेक मान्छेको दोस्रो जीवन सुरु हुन्छ, भनिन्छ। उनको पनि नयाँ दाँत पलाएर नयाँ जीवनको संकेत गरिरहेको थियो । उनको १०१ औं जन्मदिनमा उनले झण्डै एक सातासम्म सुखले बस्न पाएनन् । उनलाई शुभकामना दिन […]
अछाम — बाढीले क्षति पुर्याएको अछामको रामारोशन गाउँपालिकामा बुधबार दिउँसो उद्धार टोली पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको हो । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली परिचालन हुन लागेको प्रजिअ उपाध्यायले बताएका छन् । घटनास्थलमा देखिएका तीन घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी […]
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ भएको दुःखद् निधनले स्तब्ध भएको बताएका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । राष्ट्रकवि घिमिरेलाई भौतिकरुपमा बिदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको उल्लेख गर्दैै उपराष्ट्रपतिले राष्ट्रकविले राष्ट्रलाई दिनुभएको […]
स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो। महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे। छोरीचेली माइत जाने सुरसारमा हुन्थे। गाउँशहरमा तीज मेला, उत्सव चल्थे। विद्यालय, सामाजिक सङ्घसंस्था, महिलाका सङ्गठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे। यसपालिको तीज पर्व खल्लो र निरस छ। दुई दिनअघिसम्म तीजको रमझम छैन। महिलाको स्वतन्त्रताको […]
काठमाडौँ — म्युजिक भिडियो बनाउन नेपालको राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगोल ग्याल्जी नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको […]
३ भदौ, कैलाली । अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका […]
नागरिक रैबार/बाजुरा ३ भदौ । मंगलबार राति आएको वर्षापछि बाजुराका विभिन्न ठाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोमा परी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको […]
नहकुल जोशी/कोल्टी ३ भदाै। बाजुरामा बुधवार विहानको बाढीपहिरोमा परि एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ६ लाटुवस्तीकी ७५ बर्षीया झिमा ल्वारको मृत्यु भएको प्रहरीले जनाएको छ। गयराति घट्ट पिस्न गएकी ल्वारलाई बड्डीगाड खोलामा आएको बाढीले बगाएको थियो । उनको शव पिलुचौर नजिक खोला किनारामा भेटिएको प्रहरीले जनाएको छ । पिलुचौरमा […]
धनगढी : सुदूरपश्चिम सरकारले भदौ ७ गते सार्वजनिक बिदा दिएको छ। २०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक गरिसकेको सरकारले भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिएको हो। प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकोमा बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ। अट्वारीलाई थारु समुदायमा […]
नरदिप वड/कोल्टी ३ भदौ । बुढीनन्दा नगरपालिका स्थित दानसाँगु खोलामा आएको बाढीले एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ६ कि झिमु लवार रहेकी छन् । मृतक लवारलाइ मंगलबार दिउसो अरूको काम गरेर राति घट्ट पिस्न गएको बेला दानसाँघु खोलामा आएको बाढिले बगाएको हो । अविरल वर्षाकै कारण दानसाँगु खोलामा आएको बाढीले […]
चक्र बहादुर अएडी-बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका मा करेन्ट लाग्दा एक महिला घाईते भएकि छन । त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउ कि २८ बर्षिया शान्ति रावलको को मोवाईल चार्ज लगाउने क्रममा करेन्टलागेको उमेश विस्टले बताउनु भयो । अहिले उहाँको अछाममा रहेको बयालपाटामा उपचार भईरहेको छ । उहाँलाई हिजो राति नै बयालपाटा अस्पतालमा लिएको छ भने […]
काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता […]
२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोमा उद्धार र राहतका लागि ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ । प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम पठाएको हो । कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, […]
काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १/१ जना रहेका छन् । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन […]
कर्णाली । बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ । तलिचौर गाउँका ७० घरधुरीका किसानले २० हेक्टर जमिनमा प्याज खेती गरे । प्रतिघरधुरीले करिब १० देखि १५ क्विन्टल प्याज फलाए […]
काठमाडौं । मरेको कुखुरा बेचविखनको मुद्दामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । विभागबाट खटिएको बजार अनुगमनको टोलीले सोमबार उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरेको पाइएपछि कारबाही गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) बमोजिम गुणस्तरहीन बस्तु(मरेको कुखुराको मासु) बेचविखन गरेको पाएपछि सोही […]
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुरा अाईपुगेकाे छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा अाएकाे बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितकाे टाेली बाजुरा अाईपुगेकाे हाे । गृहमन्त्री नेतृत्वको टोलि सुर्खेत हुंदै बाजुरा तर्फ प्रस्थान गरेकाे हाे । टाेलीले गौमुल गाउंपालिकाकाे सिम सिम, […]
इलाम । जिल्लाको माई नगरपालिका–बस्ने यामकला विश्वकर्मा (आचार्य) ले जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्दा दर्ता गरेकी छन् । अन्तरजातिय विवाह गरेका कारण बुबाको मृत्यु हुँदा अनुहार हेर्न र सामुहिक काजकिरिया गर्न नदिएको भन्दै उनले मुद्दा दर्ता गरेकी हुन् । ११ वर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र […]