होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • २४ घण्टामा १ हजार १६ जनामा काेराेना सङ्क्रमण, ७ जनाकाे ज्यान गयाे
समाज

२४ घण्टामा १ हजार १६ जनामा काेराेना सङ्क्रमण, ७ जनाकाे ज्यान गयाे

  • नागरिक रैबार
२४ घण्टामा १ हजार १६ जनामा काेराेना सङ्क्रमण, ७ जनाकाे ज्यान गयाे

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

साथै पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १७ हजार पाँच सय ८० पुगेको छ ।

विज्ञापन

अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा १० हजार पाँच सय ६३ जना छन् । यस्तै जना क्वरेण्टीनमा १३ हजार नौ सय २६ रहेका छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट सात जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक सय १४ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार