होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ । विगतमा जस्तै अहिले पनि उनी आफ्नो खेतबारीको काममा नियमित रुपमै सक्रिय छन् । इमरानसँगै सङ्क्रमित भएका उनकै छिमेकी २१ वर्षीय वर्पेस आलमको मनबाट पनि विस्तारै पुरानो डर त्रास हराउँदै गएको छ । गाउँको जनजीवन सामान्य […]
रामबहादुर विक/बाजुरा २७ भदौ। जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ३ ताँप्रा घर भएकी १७ वर्षिया किसोरी रुदै न्याय माग्न जिल्ला प्रहरी कार्यलय बाजुरामा पुगेकि छन् । करिव १ वर्ष अगाडि गाउँकै करन नेपालीले आफु संग विबाह गर्छु भन्दै शारिरीक सम्बन्ध समेत राखेर अहिले अकैै केटीसंग विबाह गरेपछि आफु अलपत्र परेको नागरिक रैबारसँग उनले गुनासो गरेकी […]
नागरिक रैबार/बाजुरा २७ भदौ । बाजुराको जुकोट र पाण्डुसैनमा फलेको अर्गानिक स्याउ पहिलोपटक धनगढी र काठमाण्डौका बजारमा हवाईजहाज मार्फत ढुवानी गरिएको छ । विहिबार पहिलो पटक धनगढीबाट बाजुराको कोल्टी एयरपोर्टमा अवतरण गरेको समिट एयरलाईन्सको हवाईजहाज मार्फत पहिलोपटक काठमाण्डौंका लागि १० टन र धनगढी बजारका लागि ६ टन स्याउ ढुवानी गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको […]
राजेन्द्र बहादुर रोकाया बाजुरा । मेची महाकाली बुहारी संयुक्त आवाजको आर्थिक सहयोगमा अति बिपन्न दुई परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाको बुढीगंगा नगरपालिका ६ का अति बिपन्न दुई परिवारका लागी आज दश हजार बराबर नगद तथा खाद्यान्न सहयोग गरिएको छ । बुढीगंगा नगरपालिका ६ कि जानकी बोहरा बिरामी भएर जिल्ला अस्पताल बाजुरामा उपचार गराउन […]
काठमाडौं, २७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २-२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय […]
नागरिक रैबार/बाजुरा २७ भदाै । बडीमालिका नगरपालिकामा कर्मचारीहरुको छाता संगठन नगर स्तरीय मंच गठन गरिएकाेे छ । नगरपालिकाकै वीरबहादुर विष्टको अध्यक्षतामा बडीमालिका नगर स्तरिय स्थानीय तह कर्मचारी हक हित मञ्च गठन गरिएको हाे। जसमा अध्ययक्षमा वीरबहादुर विष्ट, उपाध्यक्ष माया अवस्थी, सचिवमा रामबहादुर कटुवाल, सह सचिवमा नवराज बुढा, कोषाध्यक्षमा सरिता कुमारी ठकुल्ला र सदस्यमा इश्वरा कुमारी […]
उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने बाध्यता । सुदूरपश्चिमको पनि विकट बाजुरामा साँच्चिकै जोखिममा छन् आमाहरू । नन्दाकुमारी थापा: खोज पत्रकारिता केन्द्र जिल्ला स्वास्थ्य कार्यालयको विवरण अनुसार, आर्थिक वर्ष २०७६/७७ मा सुत्केरी हुने क्रममा बाजुरामा तीन जनाले ज्यान गुमाए । तर, यो सरकारी विवरण गलत थियो । किनकि […]
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौँ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो। विश्वभरी नै फैलिएको कोरोना संक्रमणका कारण रोजगारी गुमाएका सुदूरपश्चिमवासीका […]
नागरिक रैबार/बाजुरा २७ भदौ। विश्व यतिवेला कोरोना भाईरस संग लडिरहेको छ । नेपालमा दिनहँुजसो संक्रमित थपिरहेका छन् । त्यस्तै कोरोनाकै कारण मर्नेको संख्यापनि दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले लामो सयमदेखि जारी गरेको लकडाउनका कारण दुर्गम क्षेत्रका अतिविपन्न परिवारको घरमा चुल्हो बल्ने स्थिति पनि छैन् । उनीहरु बेसहारा परिवारका लागि खाद्यन्न तथा राहत जुटाउन बुढीगंगा […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ७ सय ५४ पुगेको छ। प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या सात सय ५४ पुगेको हो। जिल्लाका सक्रिय संक्रमित संख्या मध्य कैलालीमा सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार शुक्रबार सम्म कैलालीमा चार सय ६९ जना संक्रमित रहेका छन्। […]
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरका कमल ठडराईले २०७० सालमा आफ्नै जग्गामा पनि सहजै घर लगाउन पाएनन् । आफ्नै जग्गामा घर बनाउने योजना बनाउदानै उनले जातीय विभेदको सामना गर्नुपर्यो । घर बनाउनका लागि उनले आधा कट्टा जमिन किनेका थिए । जग्गासंगै छ माया नेगीको घर । घर बनाउन खोज्दा उनै माया नेगीले अवरोध गरिन् […]
नागरिक रैबार/बाजुरा २७ भदाै । सामाजिक सञ्जालसँग आवद्ध बाजुरेली साहित्यीक व्यक्तित्वको सक्रियतामा सञ्जालमा ल्याएको बाजुरेली साहित्य समाजले बर्चुअल कार्यक्रम हुने भएको छ । शनिबार राती ८ बजेबाट औपचारिक कार्यक्रम गर्न लागेको समाजका संयोजक दिपेश समर्पणले बताएका छन् । साहित्य र सिर्जनासँग जोडिएका व्यक्तिहरुलाई लेखन र वाचन कलामा आकर्षण गर्ने उदेश्य सहीत गठन गरिएको साहित्य समाजले […]
नेपाली काँग्रेस डडेल्धुराले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि गरिएको कुटपिटको भन्सर्ना गरेको छ। प्रदेश सभा सदस्य तथा काँग्रेस डडेल्धुराका सभापति कर्णवहादुर मल्लद्वारा जारी विज्ञप्तीमा घटनाको भत्सर्ना गरिएको हो। ‘सुदूरपश्चिमकै स्थापित एफएम दिनेश संचार गृहमा अराजक शैलीले सह–सम्पादक जनक बिष्ट लगायतका पत्रकारहरुमाथि गरेको सांघातिक आक्रमणको घटनाप्रति नेपाली काँग्रेस डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तीमा भनिएको […]
धनगढी — जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवकको शुक्रबार बिहान मृत्यु भएको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनको म्याद दिइएको एसपी बस्नेतले बताएका छन् । चोरीको अभियोगमा चार दिनअघि […]
धनगढी–डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन्। वडा नम्वर ६ का दुई जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए।
२७ भदौ, काठमाडौं । नगरकोट सामुदायिक होमस्टेमा शुक्रबार एक पाहुनालाई विदाई गर्दा गाउँलेहरु भावुक बने । पाँच महिनासम्म गाउँलेहरुसँग घुलमिल भएर बसेका यी पाहुना थिए, बेलायतका जोली जुक पिटर । कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएपछि सरकारले ११ चैतबाट नेपालमा लकडाउन गर्यो । त्यसअघि १० चैतको राति १२ बजेबाटै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए । […]
काठमाडौं । कोरोना संक्रमणका कारण पाँच महिनादेखि विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प छ । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेका छन् । एकातिर निजी विद्यालयले अभिभावकसँग शिक्षक–कर्मचारीलाई तलब दिनुपर्ने भन्दै मनपरी शुल्क असुलीको ताकेता गरिरहेका छन् भने अर्कोतर्फ शिक्षक–कर्मचारी तलब नपाइएको भन्दै गुनासो गरिरहेका छन् । काठमाडौंको बालुवाटारस्थित मेरियडयन स्कुलले अभिभावकलाई भर्ना शुल्क, मासिक […]
महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ। प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ। यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै […]
बाजुरा । द्वन्द्वकाल यता करिव २० बर्ष पछि बाजुरा प्रदेश राजधानी धनगढीसँग हवाई यातायात जोडिएको छ । आज देखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले उडान भर्न शुरु गरे पछि लामो समय पछि बाजुरा प्रदेश राजधानी धनगढी संग सिधा हवाई सेवामा जोडिएको हो । समिट एयरले आज बाजुराको कोल्टी देखि धनगढी र धनगढी देखि कोल्टीका लागि […]
रामबहादुुुर विक/ बाजुुुरा २६ बाजुरा। कोराेना भाईरस कोभिड १९ को संक्रमणको आसंकामा सदरमुकाम मार्तडीमा २ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । जिल्ला अस्पताल मार्तडीमा उपचारको क्रममा आएका दुई जना महिलामा कोरोनासंग मिल्दा जुल्दा लक्षणहरु देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुणमणि पन्तले बताउनु भयो । आइसोलनेसनमा भर्ना गरिएका दुवै जना बडिमालिका नगरपालिका […]