होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ।ग्यास बिक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ। संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य रु २ हजार […]
नागरिक रैबार/बाजुरा १ असोज। नेपाल सरकार गृह मन्त्रालय र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको निर्देशन अनुसार बाजुरामा पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न तथ्याकं संकलन सुरु गरिएको छ । विहिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा एक औपचारिक कार्यक्रम सहित जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया र नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलकोे फोटो खिचेर […]
विश्वमा कोरोना भाइरस(कोभिड १९) को त्रास कहिले सकिन्छ भन्ने कुरामा अनुमान गर्न सकिने अवस्था छैन । नेपाल सारा विश्वबाट टाढा रहन सक्ने सम्भावना पनि छैन र थिएन पनि । गत मँसिर महिनामा चिनबाट शुरु भएको कोरोना महामारी अहिले बिश्वभर फैलिसकेको छ । लाखौ मानिसहरुको मृत्यु भैसकेको छ । अझ पनि विश्वका कतिपय मुलुकमा यसको प्रभाव […]
१ असोज, सप्तरी । १३ बर्ष पहिले रोजगारीका लागि पञ्जाब गएका श्रीमान फर्किएन् । उनले एक छोरा र दुई छोरी एक्लै हुर्काइन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरकी रधियादेवी मण्डलले छोरा श्याम, छोरीहरु संगीता र सवितालाई बाबुको अभाव हुन दिइनन् ।घरमा गर्जो टार्न गाह्रो भएपछि दुई वर्ष पहिले रधियादेवीका २२ वर्षीय छोरा श्याम मलेसिया गए । […]
नागरिक रैबार/बाजुरा १ असोज। जिल्लाको बुढीनन्दा नगरपालिकाले आज असोज १ गतेबाट लागु हुने गरी नगरपालिमा उपप्रमुखको कोशेली कार्यक्रम सूरु गरेको छ । नगरपालिका भित्रका गर्भवति तथा सुत्केरी महिला र बालवालिकाको पोषणमा सुधार ल्याउन उपप्रमुखको कोशेली कार्यक्रम आजबाट सुरु गरिएको हो । यस अघि नगरपालिकाको नगरसभाबाट नगरभित्रका “गर्भवति तथा सुत्केरी महिलालाई उप-प्रमुख कोसेली कार्यक्रम गर्नेगरी निति […]
काठमाडौँ — लामो दूरीका सार्वजनिक यातायात सेवा ६ महिनापछि आज बिहीबारबाट सञ्चालनमा आएका छन् । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनको लागि सरकारी निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ । बिहानैबाट सवारी साधन र बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । आजै विश्वकर्माको पूजा समेत परेकोले बिहानैबाट यातायात व्यवसायी र मजदुरहरु सवारी साधन सरसफाई […]
नागरिक रैबार/बाजुरा १ असाेज। बडीमालिका नगरपालिका वडा नं. ५ मनामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा बडीमालिका ५ का वर्ष ४५ का कलक साउँद रहेका छन् । उनी विहिबार विहान गाइ भैसीका लागि घाँस काट्दै गर्दा रुखबाट लडेर घाइते गम्भिर घाईते भएको स्थानीय पुष्प मिजारले बताएका छन् […]
नागरिक रैबार/बाजुरा १ असोज। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिम प्रदेशलाई फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउन लागि परेको बताएका छन् । बाजुराबाट हवाइजहाज मार्फत धनगढी बजारमा पुगेको स्याउ विक्रि केन्द्रको उद्धघाटन् गर्दै मन्त्री शाहले स्याउको लागि प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने, सुदुरपश्चिम लाई फलफुल, तथा तरकारीमा आत्मनिर्भर बनाउन प्रदेश […]
बाजुरामा फलेको स्याउँ यसबर्ष पनि धनगढी पुगाइएको छ। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बाजुरामा फलेको स्याउँ धनगढी पुगाइएको जानकारी दिए। उनका अनुसार “जसले एकपटक खायो, उसले स्वाद थाहा पायो” भन्ने नाराका साथ बाजुराको स्याउँ धनगढी पुगाइएको हो। धनगढीको ट्राफिक चौराह नजिक हिमाली होटललाई बिक्री स्थान तोकिएको छ। दुई सय १२ पेटी स्याउँ […]
काठमाडौँ, १ असोज । विश्वभर कोरोना भाइरस (कोभिड– १९) द्वारा संक्रमति पुष्टि हुनेको संख्या ३ करोड नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कुल ३ करोड २५ हजार ४७३ मानिस संक्रमित भएको वर्ल्डोिमिटर्सको तथ्यांकले देखाएको छ । हालसम्म कोरोना संक्रमणका कारण विश्वरभर ज्यान गुमाउनेको संख्या पनि साढे ९ लाखा पुगेको छ । बिहीबार बिहानसम्म […]
काठमाडौँ- सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको […]
कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । कालिकोटमा हालसम्म ५ हजार […]
काठमाडौं, १ असोज । आज आश्विन संक्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइदै छ ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय […]
काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्ध […]
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् । […]
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो। साधारण वेषभूषा र मास्क […]
जीवन कैला/कोल्टी १ असोज। हिमाली गाउँपालिकाले असोज ४ गतेबाट सामुदायिक विद्यालय खोल्ने तयारी गरेको छ । शिक्षा शाखा हिमाली गाउँपालिकाका प्रमुख परमलाल पाण्डेको अध्यक्षतामा वसेको बैठकले आवश्यक परामर्श र छलफल गरी असोज ४ गतेबाट हिमालीका सामुदायिक विद्यालयमा पठन पाठन सञ्चालन गर्ने निर्णय गरेको हो । विहिबार गाँउपालिकाको केन्द्र धुलाचौरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। बडीमालिका नगरपालिका ८ रावलबाडाका लालबहादुर रावलका छोरा ३२ वर्षिया बल बहादुर रावलको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका रावल मंगलबार राति काम गर्न जाने क्रममा भारतको राजस्थान श्रीगंगानगर भन्ने ठाउँमा मोटरसाईकल दुर्घटनामा परेर शक्त घाईते भएका थिए । मोटर साईकल दुर्घटनामा परेर शक्त घाईते भएका रावलको […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। नेकपा बडीमालिका नगरसंगठन कमिटीले बडीमालिका नगरपालिकामा नगर प्रमुख पदम बडुवालले एकलौटी रुपमा नगर सरकार संचालन गरेको भन्दै ध्यानाकर्षण गराएको छ । बुधबार बडीमालिका नगर संगठन कमिटिका पदाधिकारी र नेकपा जिल्ला कमिटीका नेतासहितको टोलीले नगरपालिकामै गएर नगर प्रमुख पदम बडुवालको ध्यानाकर्षण गराएको नेकपा बडीमालिका नगर संगठन कमिटीका सचिव चन्द्र थापाले बताएका छन् […]
३१ भदौ, गलकोट । साविक धौलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् । राष्ट्रिय प्रसारण ग्रिडको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा एउटै फिडरबाट विद्युत् वितरण भइरहेका कारण समस्या हुँदै आएको छ । […]