होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हिमालीका सामुदायिक विद्यालय असोज ४ बाट खुल्ने
Breaking News

हिमालीका सामुदायिक विद्यालय असोज ४ बाट खुल्ने

शिक्षकलाई दशैं र हिउँदे विदा नदिने गाँउपालिकाको निर्णय

  • नागरिक रैबार
हिमालीका सामुदायिक विद्यालय असोज ४ बाट खुल्ने

जीवन कैला/कोल्टी १ असोज।  हिमाली गाउँपालिकाले असोज ४ गतेबाट सामुदायिक विद्यालय खोल्ने तयारी गरेको छ । शिक्षा शाखा हिमाली गाउँपालिकाका प्रमुख परमलाल पाण्डेको अध्यक्षतामा वसेको बैठकले आवश्यक परामर्श र छलफल गरी असोज ४ गतेबाट हिमालीका सामुदायिक विद्यालयमा पठन पाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

विहिबार गाँउपालिकाको केन्द्र धुलाचौरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकायका विच भएको संयुक्त छलफलले यस्तो निकर्ष निकालेको गाँउपालिकाका प्रवक्ता तथा वडा नं ४ का वडा अध्यक्ष रमेश विकले जानकारी दिएका छन् ।

उहाँका अनुसार कोरोना भाइरस (कोभिड १९) का कारण हाल विद्यालय वन्द अवस्थामा हुदा पठन पाठन प्रभावित भएको भन्दै वैठककले गाउँपालिका भरिका सम्पूणर् सामुदायिक विद्यालयहरुको पठन पाठन सुचारु गर्ने निर्णय गरेकोे छ ।

विज्ञापन

गत चैत ११ गते देखि भएको लकडाउनका कारण विद्यालय सञ्चालन हुन नसक्दा वालवालिकाको अध्ययन अध्ययापन नराम्ररी प्रभावित भएको भन्दै अवस्था अनुसारको ब्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याउन आवश्यक तयारी थालेको गाँउपालिकाकाले जनाएको छ । विद्यार्थी शिक्षण शिकाई निर्देशिका २०७७ बमोजिम नेपाल सरकारद्धारा जारी मापदण्ड पालन गर्ने गरी गाउँपालिका क्षेत्रभित्रका वन्द रहेका सबै विद्यालयमा असोज ४ गते देखि अध्ययन अध्यापन सुचारु गरीने गाउँपालिकाका गाँउपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताएका छन् ।

सम्बन्धित विद्यालयको व्यवस्थापनको अवस्था र राज्यले दिएको मापदण्ड पुरा गर्ने गरी शिक्षक विद्यार्थीहरुलार्ई अनिवार्य मास्कको व्यवस्थापन र भौतिक दुरी सहितको बसाई, हात धुने र साबुन पानीको उचित व्यवस्थापन गरी विद्यालय स्तरमा कक्षा शिक्षण सञ्चालन गर्ने गाँउपालिकाका अध्यक्ष बहादुर मल्लले बताएका छन् ।

गाउँपालिकाले नेपाल सरकार तथा जिल्ला शिक्षा समन्वय इकाइले तोकेको मापदण्डको पालना गरी विद्यालय सञ्चालनमा ल्याउने, क्वारीन्टीन स्थलको रुपमा प्रयोग भएका विद्यालयहरुलाई आजैबाट असोज ३ गते सम्म निर्मुलीकरण गरीसक्ने र बाहिर रहेका शिक्षकलाई पिसिआर रिपोर्ट सहित असोज ५ गते सम्म सम्बन्धित विद्यालयमा उपस्थित गराउनका लागि सुचना प्रवाह गर्ने लगायतका निर्णय गरेको उहाँले बताए ।

जिल्लाको दुर्गम गाँउपालिकाको रुपमा रहेको हिमाली गाँउपालिकामा कक्षा शिक्षण बाहेक अन्य कुनै विकल्पको सम्भावना नदेखिएकाले स्वास्थ्य सुरक्षाको व्यवस्थापन सहित अनिवार्य विद्यालय सञ्चालन गर्नु पर्ने अवस्था आएको गाँउपालिकाका उपाध्यक्ष चन्द्रादेवि वुढाको भनाई छ ।

कक्षा शिक्षण सञ्चालन गर्दा विद्यार्थी संख्या, समय र सावधानि तथा सरसफाईको पूणर् विषयलाई ख्याल गरी गाउँपालिका भरिका विद्यालयमा पुणर्रुपमा पठन पाठन सञ्चालन गरिने उपाध्यक्ष वुढाले बताए ।

हिमाली गाँउपालिका अन्र्तगतका विद्यालयका शिक्षकलाई दशैं विदा र हिउदे विदा समेत नदिने निणर्य भएको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताएका छन् ।

लकडाउनका कारण करीव पाँच महिना सम्म विद्यालय सञ्चालन हुन नसकेकाले शिक्षा क्षेत्रमा ठुलो असर परेको भन्दै उहाँले शिक्षकलाई दशैं र हिउदे विदाको समयमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । विद्यालय वन्द अवस्थामा हुदा विद्यार्थीको अध्ययन अध्यापन पनि अन्यौल भएकोले आउदो दशैं र हिउदे विदाको समयमा विद्यालय वन्द गरी शिक्षकलाई विदामा नवस्न आग्रह गरीएको छ ।
नजीकिन लागेकोे चाडवाडको समयमा शिक्षकलाई घरविदा वस्नुको सट्टा विद्यार्थीको पठन पाठनलार्ई निरन्तरता दिन गाँउपालिकाकाले निर्र्देशन दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार