होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • “सिकाइको वैकल्पिक बिधिको औचित्यता“
शिक्षा

“सिकाइको वैकल्पिक बिधिको औचित्यता“

  • नागरिक रैबार
“सिकाइको वैकल्पिक बिधिको औचित्यता“

विश्वमा कोरोना भाइरस(कोभिड १९) को त्रास कहिले सकिन्छ भन्ने कुरामा अनुमान गर्न सकिने अवस्था छैन । नेपाल सारा विश्वबाट टाढा रहन सक्ने सम्भावना पनि छैन र थिएन पनि । गत मँसिर महिनामा चिनबाट शुरु भएको कोरोना महामारी अहिले बिश्वभर फैलिसकेको छ । लाखौ मानिसहरुको मृत्यु भैसकेको छ ।

अझ पनि विश्वका कतिपय मुलुकमा यसको प्रभाव बढदो क्रममा छ । अन्य सँकटभन्दा यो अलि फरक देखिएको छ, यसले मानव जातिलाई त्रासमा राखेर उसका सम्पुर्ण कृयाकलापहरु नियन्त्रणमा लिएको छ ।कोभिड १९ ले आज मात्र नभएर भोलिका दिनका लागि पनि त्रासमै राखेको छ । जबसम्म यो त्रासलाई आसामा बदल्न सकिन्न तबसम्म हाम्रा आगामि दिन सहज बन्न कठिन छ ।

ईतिहासलाई केलाएर हेर्दा बिगतका यस्ता महामारीपछि ठुला परिवर्तन भएका छन । प्राय सबै मुलुकहरूको सामाजिक , आर्थिक, शैक्षिक र ब्यत्तिको बैयत्तिक जिवनशैलिमा पनि परिवर्तन आएको छ । नयाँ नयाँ आविश्कारहरु पनि भएका छन । कतिपय पुराना मान्यताहरु भत्किएका छन । यतिबेला पनि विश्व व्यवस्था मुलुकहरुबीचको सम्बन्ध , ब्यत्तिको आचरण लगायत सामाजिक , आर्थिक पाटोमा आउने ठुलो फेरबदलको प्रभाव शिक्षा व्यवस्थापनमा पनि पर्ने निश्चित छ ।

विज्ञापन

कोभिड १९ महामारीको वर्तमान अवस्थाले स्कुले बालबालिकाको सिकाइ प्रभावित गर्ने र भविष्य अन्धकारतिर जाने कुरामा सारा बिश्व चिन्तित छ । बिश्वभरका बैठक अनलाइन हुने गरेका छन । विभिन्न तह र कक्षाका शिक्षण सिकाइहरु अनलाइनमा प्रयास गरि रहेका छन । सवैले यश महामारीको आपतकाललाई प्रविधिमा फड्को मार्ने अवसरका रुपमा लिइरहेका छन । यसै बिषयलाई मध्यनजर गरेर नेपाल सरकारले पनि प्रविधि उन्मुख सिकाइलाई नै वैकल्पिक सिकाइ स्रोतका रुपमा लिइसकेको छ ।

जसका लागि करिब ३ करोड रकम र अन्य शिक्षासँग सरोकार राख्ने सँघ , सस्थाहरुको लगानीमा बिधुतिय पढाइ , सिकाइ सामग्रीहरु तयार गरिरहेको छ । समयको माग र सम्भावनाको कोणबाट हेर्दा यसको विकल्प अर्को हुन पनि सक्दैन । “खालि हुनुभन्दा केही हुनु बेश“ भनेझै सबै बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुनुभन्दा करिव ५०५ बालबालिकाले भएपनि यस्तो अवसर पाउँदा समाजमा भविष्यका लागि केही आशाका किरणहरु छाइरन्छन भन्ने हो ।

तथ्यांकिय बिश्लेशणका आधारमा नेपालमा करिव ३४५ व्यत्तिहरु मात्र ईन्टरनेटको पहुँचमा रहेको पाइन्छ । करिव २०५ शहरी तथा शहरी उन्मुख वस्ति रहेको नेपालमा अनलाइन वा प्रविधिबाट सिकाइ कार्यले व्यापकता लिन्छ भन्ने कल्पना गर्नु आफैमा असम्भव कुरा छ । सरकारि निकाय वा कुनै सघँ, सँस्थाले दुरसञ्चार कम्पनीबाट टेलिफोनको सिम विकृि भएको आधारमा वा गाउँघरमा घुमफिर गर्दा मानिसहरुको हातमा मोबाइल फोन देखेका आधारमा अनलाइन सिकाइलाईनै सर्वव्यापकता ठानेमा त्यो अर्काे कमजोरी हुन्छ ।

“ हुन त खाने मुखलाई जुङ्गाले छेक्दैन , जहाँ इच्छा त्यहा उपाय “ भन्ने विभिन्न विकल्पहरु देखाउन सकिन्छ । तर यस्ता विकल्पहरुलाई सञ्चार माध्यमहरुले खण्डन गरिसकेका छन । करिव ६५५ नागरिकहरु टेलिभिजन र ईन्टरनेटको सहज पहुँचभन्दा बाहिर छन । रेडियोको पहुच केही बढी भए पनि बालबालिकाको सिकाइका सन्दर्भमा प्रभावकारी अभ्यास नभएको यथार्त हो ।

अभिभावकले बोक्ने सानो मोबाइलमा सहजै रेडियो बज्छ भनेर त्यस घरका बालबालिका पहुँचमा छन भन्न सकिएला तर त्यसको प्रयोगको सुनिश्चितता गर्न सकिदैन र होइन पनि । देशको पश्चिमी सिमाक्षेत्रमा रहेका सुरक्षाकर्मीले समेत भारतिय सिम प्रयोग गरेर सम्पर्क गर्नुपर्छ । नेपालको उत्तरतिरको केही घुम्तीमा वा केही पाखामा एनसेलले वा एनटिसिले मात्र काम गर्छ ।

नेपाल भनेको काठमाडौ , पोखरा जस्ता शहर मात्र होइनन, यहाँ त ताप्लेजुङ , बझाङ , बाजुरा र दार्चुला पनि छन । जहाँ प्रबिधिको पहुँच न्यून छ । त्यसैले भावि वैकल्पिक गन्त्यब्यको रुपमा रहेको यश विधिलाई थप व्यवस्थित गर्न प्रविधिको बिस्तार र सुनिश्चिततामा ध्यान पु¥याउन आवश्यक छ ।

अर्को कुरा सामान्य अवस्थामा कक्षामा शिक्षकले पढाउदा कति प्रतिशत बिधार्थी ध्यान दिन्थे र शिक्षकले बिधार्थीलाई शिक्षण सिकाइप्रति प्रेरित राखिरहन के गर्नु पर्थ्यो भन्ने कुरा सायद शिक्षकलाई मात्र थाहा होला । नियमित बिधालयमा शिक्षक तथा अभिभावकले सबै सरचना भित्र रहेर बिधार्थीलाई सिकाउन खोज्दा त विभिन्न वहानामा बिधार्थीको उपस्थिति न्यून हुन्थ्यो भने अब सजिलै बिधार्थी यस्तो कक्षामा सहभागी हुन्छन् त ? कक्षामा जागरुक र जिज्ञासा भएर पढ्ने बिधार्थी जति हुन्थे भौतिक शरीर मात्र त्यहाँ भएका बिधार्थी पनि त्यतिनै हुन्थे । यो काम त्यति सजिलो छैन ।

तर यसो हुदाहुदै पनि एउटा सकारात्मक पाटो के हुन सक्छ भने कक्षाको वातावरण र शिक्षकसँग रहदा दिक्दार मान्ने तर प्रविधिमा रमाउने बिधार्थी भने नियमित हुनसक्छन् र यसबाट नै उनीहरुको सिकाइप्रतिको लगाव वढ्न पनि सक्छ । त्यसैले करौडौको लगानी र भावि वैकल्पिक गन्तव्यको रुपमा रहेको यश बिधिलाई थप व्यवस्थित गर्न र सर्वव्यापकतातिर लानको लागि सरकारले प्रविधिको विस्तार र वैकल्पिक विधिको प्रयोग गर्नु आवश्यक छ ।

नेपालीको सँबिधान २०७२ ले प्रत्येक नागरिकलाई आधारभुत शिक्षा मा पहुँचको हक सुनिश्चित गरि शिक्षालाई अनिवार्य र निशुल्क बनाउने प्रावधान गरेको छ । अहिलेको अवस्थामा सरकार जिम्मेवार हुनका लागि पछाडि परेका र पारिएका सबै बालबालिकाका लागि शिक्षाको सुनिश्चितता प्रदान गर्नसक्नु पर्दछ ।

यसको बलियो सम्भावना भनेको हरेक कार्यरत शिक्षकलाई जोखिम भत्ताको व्यवस्था गर्ने विधिबाट सुरु गर्न सकिन्छ । मानिसको जीवन रक्षाका लागि डाक्टरलाई सत प्रतिशत भत्ता दिएर काममा लगाईएको छ भने देशको भविष्य बनाउने बालबालिकाको शिक्षाको लागि शिक्षकहरुलाई पनि जोखिमको अवस्था हेरेर प्रोत्साहन स्वरुप जोखिम भत्ता दिएर कृयाशिल गराउनु आवश्यक छैन र ? यो भनेको शिक्षकको सम्मान पनि हो । शिक्षण पेसाको मर्यादा कायम राख्ने बाटो पनि हो ।

शिक्षकलाई पेशाप्रति लगनशील बनाई राख्ने उपाय पनि हो । बालबालिकालाई अभिप्रेरित गर्ने महत्त्वपूर्ण कडि पनि हो । शिक्षकहरु जनगणना तथा निर्वाचनमा प्रयोग गरिन्छन तर यति महत्त्वपूर्ण र निर्विकल्प काममा वेवास्था गरिएका छन । विरामीलाई जिवित राख्न डाक्टरहरु जति महत्त्वपूर्ण छन स्वस्थ र सबल नागरिक तयार गर्न शिक्षकहरु पनि त्यतिकै महत्त्वपूर्ण छन भन्ने सन्दर्भ यहि बिशेष अवस्थाबाट सुरु गर्न आवश्यक छ ।

सरकारले सुरु गरेको प्रविधिमैत्रि वैकल्पिक व्यवस्था त केवल सम्पन्न र हुनेखाने परिवारका बालबालिकाको लागि मात्र हो । सरकारले तयार गरेका सिकाइका विधुतिय प्रतिलिपीहरु स्थानीय तहले छापेर आवश्यकता अनुसार आ आफ्नो स्थानीय तह अन्तरगत बितरण गर्ने , स्थानीय तहले नै बिधार्थीहरुलाई स सानो समुहमा जम्मा गरेर त्यो सम्भव नभए स्वयमसेवक शिक्षकहरु घरघरमा बितरण गर्ने रे ? यो कसरी सम्भव हुन्छ ।

उदाहरणका लागि हुनेखानेका लागि प्रधानमन्त्री ज्युले असार १ गतेनै गरिदिनु भो र केहिले सिक्न पनि पाएका होलान तर सुदुरपश्चिम त कोरोनाको उच्च जोखिममा छ । दक्षिणी मुलुकबाट अझै मानिसहरु आउने जाने क्रम जारिनै रहेको छ । यातायात सबै बन्द छन । बिधालय सबै क्वारेन्टाइन बनेका थिए स्यानिटाइजर गराएको छैन । शिक्षक , बिधार्थी र अभिभावक सबै त्रसित छन । यसको मतलव सबै समुदाय नै सँक्रमित भइहाले भन्ने होईन ।

समुदाय ठिक छ तर वाहिरबाट आउनेहरुलाई सरकारले नियन्त्रण गर्न सकिरहेको छैन । सरकारी विभिन्न पक्षबाट अस्याधै गैरजिम्मेवार सन्दर्भहरु पनि सुन्नमा आएको छ , शिक्षकको सट्टा स्वयमसेवक प्रयोग गर्ने रे ? यसले कार्यरत शिक्षकको अपमान गर्छ । शिक्षण सिकाइप्रतिको उपेक्षा हो । शिक्षकको मौलिक अधिकार बिरुद्ध हो । यस्ता कुराहरु शिक्षक र शिक्षण सिकाइमा दिर्धकालिन असर पार्ने कुराहरु हुन । तसर्थ शिक्षकलाई प्रोत्साहन गरि यश महामारीबाट आइपर्ने समस्या समाधानमा खटाइ शिक्षण सिकाइ सम्भव गराइनु पर्दछ ।

राज्यका सबै निकायहरुले सुरक्षालाई पहिलो प्राथमिकता दिइरहेको बेला एउटा शिक्षकबिना सुरक्षा गाउँ टोल छरछिमेकमा कसरी सम्वाद गर्न सक्छ । त्यो जोखिम उसको नियमित तलवमानले थेग्दैन । सबैमा यो समानता पनि छैन । अहिले करौडौ खर्च गरेर बनाइएका बिधुत्तिय सिकाई सामग्रीहरु कतै शिक्षकहरुले सहजै बनाउन सक्ने पो थिएकि ? तालुक निकाय र अन्य सँघ, सस्थाले शिक्षकलाई उपेक्षा गर्दै असक्षम देखाउदै उनिहरुबाट नै नतिजाको आशा गर्ने कुरा असम्भव छ ।

यो कुरा सँक्रमण कालमा मात्र नभएर सधैकालागि हो । तसर्थ कोरोना भाइरस(कोभिड १९) का कारण सिकाइमा आएको चुनौति सम्वोधन गर्न शिक्षकको नेतृत्व र सहभागीता अझ घनिभुत हुनु जरुरि छ । जोखिमको वर्तमान अवस्थामा शिक्षकको क्षमता विस्तार , परिचालन र सहभागीताको विषयलाई थप गम्भीरता पुर्वक विश्लेषण गर्न सकिएन भने राज्यले अपनाएको वैकल्पिक सिकाइ विधि सञ्चालन माथि ठुलो प्रश्नचिह्न खडा हुने निश्चित छ ।

जगदीश कार्की ( शिक्षक )श्री रत्न माध्यमिक बिधालय

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार