होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण गर्न तथ्याकं संकलन सुरु
Breaking News

बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण गर्न तथ्याकं संकलन सुरु

  • नागरिक रैबार
बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण गर्न तथ्याकं संकलन सुरु

नागरिक रैबार/बाजुरा १ असोज।  नेपाल सरकार गृह मन्त्रालय र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको निर्देशन अनुसार बाजुरामा पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न तथ्याकं संकलन सुरु गरिएको छ ।

विहिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा एक औपचारिक कार्यक्रम सहित जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया र नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलकोे फोटो खिचेर राष्ट्रिय परिचय पत्रका लागि तथ्याकं संकलन कार्य सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयको एक कोठामा कार्यालयको स्थापना गरी राष्ट्रिय परिचय पत्र वितरण तथा संकलन गर्ने कार्य सुरु गरिएको हो ।

राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत कम्प्युटर अपरेटर जयबहादुर ऐडीलाई जिम्मेवारी दिईएको छ । पहिलोपटक राष्ट्रिय परिचय पत्र वितरण तथा तथ्याकं संकलन गर्ने कार्य प्रशासन कार्यालयबाट सुरु गरिएको भएपनि विस्तारै जिल्लाका ९ वटै स्थानीय तहका प्रत्येक वडामै गएर राष्ट्रिय परिचय पत्र वितरण तथा तथ्याकं संकलन गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।

विज्ञापन

विहिबार जिल्लास्थित सरोकारवाला निकायहरुसंग राष्ट्रिय परिचय पत्र वितरण तथा तथ्याकं संकलन सम्वन्धि छलफलमा समेत सो कुराको बारेमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी गराएका थिए । सराेकारवालासंगकाे छलफलमा राष्ट्रिय परिचय पत्रकाे तथ्याङ्क संकलन दर्ता गर्दा आवश्यक पर्ने कागजात र राष्ट्रिय परिचय पत्र किन बनाउने र यसको महत्वका बारेमा प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी समेत दिएका थिए ।

निर्वाचन आयोगमा रहेका मतदाता नामावलीको विवरणलाई आधार बनाएर वितरण गरिने छ । नाम, जन्ममिति, बाबु आमाको नाम, बायोम्याट्रिक्स (औठा) छापसहितको विवरण भएको परिचयपत्र वितरण हुने भएको छ । स्मार्ट कार्डजस्तो परिचयपत्र वितरण हुनेछ । अनलाइनमा रिड गर्ने डिजिटल परिचयपत्र वितरण हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार