होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले ट्वीट गरेर जानकारी दिएका छन् ।‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ भेटपछि देउवाले ट्वीट गरेका छन्, […]
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले विना कारण रोकेको भन्दै संघले आपत्ति जनाएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण कामदार फर्काउने काम भएको बताए । ‘वैदेशिक […]
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारसँग पैसा नभए निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न आग्रह गरेका छन् । गत फागुनको अन्तिम सातादेखि सुरु भएको लम्पी स्किन संक्रमणबाट ८ लाख पशुचौपाया संक्रमित भएको र २७ हजार पशुचौपाया मरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले सो कुरा बताएका […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथिको कार्यबाही कार्यसूचीबाट हटेपछि उनले आपत्ति जनाउँदै अर्को बैठकमा विधेयक नल्याए राष्ट्रियस्वतन्त्र पार्टीले संसद चल्न नदिने चेतावनी दिए । उनले भने– ‘कार्यसूचीमा […]
२९ असार, काठमाडौं । पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन् । टोलीमा विगतमा प्रचण्डको मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए । उनीहरुले […]
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न मत विभाजनमा जानुपर्ने एमालेको अडानपछि आजको बैठकको कार्यसूची हेरफेर गरिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा यसअघि ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ विधेयक पारित गर्ने कार्यसूची तय गरिएको थियो । सो विधेयक पारित गर्ने हो भने मत विभाजनबाट पारित गर्नुपर्ने एमालेले अडान […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताएका छन् । २१० औं भानु जयन्तीको अवसरमा एक सन्देश सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र सँस्कृतिको संवर्द्धनका निम्ति भानुभक्तको योगलान अतुलनीय भएको स्मरण गरेका हुन राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रुपमा समन्नुत तुल्याएका […]
२९ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सचिवालय बैठक बस्ने छ । उक्त बैठकमा लुम्बिनी र बागमती प्रदेशको इन्चार्ज तोक्ने लगायतका विषयमा छलफल हुनेछ । अनलाइन खबर बाट
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ । सो अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन […]
काठमाडौँ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालको एक दिवसीय भ्रमणमा आउने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्ड शुक्रबार (जुलाई १४) नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । […]
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै दायर रिटमाथिको सुनुवाइ सकिएको छ । सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने सर्वोच्च अदालत स्रोतले बताएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमाथि खाजा समयपछि सुनुवाइ सुरु भएको थियो । अपरान्ह ४ः३० बजे सुनुवाइ सकिएको छ । एमाले नेतृत्वको सरकार अल्पमतामा परेपछि […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ । विश्वविद्यालयले कुनै क्याम्पसले […]
काठमाडौँ । यतिबेला बैंकको ब्याजदरको विषय निकै चर्चामा छ । सरकारले नै बैंक तथा वित्तीय संस्थामाथि धावा बोल्दै मिलेमतोमा ब्याजदरमा कार्टेलिङ गरिरहेको आरोप लगाएपछि वित्तीय क्षेत्र तरङ्गित हुन पुगेको हो । यसले आउँदो महिना अर्थात् आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनादेखि नै ब्याजदर निर्धारणमा खुल्ला नीति अंगिकार हुने अनुमान गरिएको छ । मंगलबार राजधानीमा आयोजित […]
सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइएको सम्बन्धमा छानबिन समिति बनाइएको छ । मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जनक भट्टराईले आफूले घटनाबारे जानकारी पाएसँगै छानबिन समिति बनाइएको बताए। आज जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको जानकारी […]
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिए ।सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । राताेपाटी बाट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ।उनको केही बेरपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ। प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेका छन्। आज बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि […]
काठमाडौँ । सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् । बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा उनीहरुले आफूहरुका माग सम्बोधन गर्न दबाब स्वरूप एक घण्टा धर्ना दिएका हुन् । यो रोग नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था […]
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सीता दाहालको बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका थिए । पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली […]
काठमाडौँ असार २७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए […]