होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
Advertisement area
राजेन्द्र विक/ बाजुरा १ असोज। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र देशका ७७ जिल्लामै यतिखेर संगठन निर्माणका लागि भन्दै ग्रासरुट स्तरमा खटिरहेको छ।
पार्टिलाइ नयाँ गति दिने र कार्यकर्तामा रक्तसञ्चार गराउने तथा ०८४ को आम निर्वाचनमा पार्टिलाइ एक नम्बरको बनाउने रणनिती माओवादीको मुख्य योजना छ।हाल माओवादी केन्द्र निकै कमजोर अवस्था रहेको बाजुरामा पनि यतिबेला नेता कार्यकर्ता जिल्ला स्थित सबै पालिकाका गाउँ-गाउँमा खटिएर संगठन निर्माणमा लागिरहेका छन्।
२०६४ को संबिधान सभाको निर्वाचनमा करिब १४ हजार मत प्राप्त गरेको माओवादी केन्द्र बाजुरा त्यसपछीका सबै निर्वाचनमा आधा-आधा मतले ओरालो लाग्दै आएको देखिन्छ।
तर अहिले संचालनमा रहेको घरघरमा माओवादी जनजनमा माओवादी नारा सहितको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले भने आगामी ०८४को निर्वाचनमा माओवादी केन्द्र बाजुरामा पहिलो शक्ति भएर उदाउने जिल्ला इन्चार्ज देवकी मल्लले बताइन्। इन्चार्ज मल्लले भने अनुसार पहिलो शक्ति बन्न नसके पनि हाल गाउँमा देखिएको माओवादी आकर्षण,प्रवेसको लहर र प्रचण्ड सरकारको शुशासनको लोकप्रिय मुद्दाले बाजुरामा माओवादी केन्द्र २०६४ कै पोजिसनमा भने पक्कै आउने माओवादी बृतमा चर्चा छ।
माओवादी जिल्ला नेताहरुले बताए बमोजिम नयाँ सम्भावना र निष्कर्षमा पार्टी सफलताका साथ आइपुगेका छ पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले सुशासन, सामाजिक न्याय र सम्मृद्धितर्फ देशलाइ लैजाने काम गरेर जनतामा नयाँ आशा जगाएको छ ।’आफुहरुले शान्ति प्रक्रियामा आइसकेपछी गरेका कतिपय कमजोरीहरु स्विकार्दै रुपान्तरण भएर जनतामा गएकाले पार्टिलाइ शशक्त बन्न बाजुरामा अब कसैले रोक्न सक्ने छैन।
रुपान्तरण अभियान अन्तर्गत जिल्लाका ५कमान्डमा रहेका इन्चार्जहरुका अनुसार ०६४ मा माओवादी भएका तर बिचमा अरु पार्टीमा लागेका कार्यकर्ताहरु अहिले धमाधम पार्टिमै फर्किरहेका छन्। माओवादीले जिल्लाका सबै वडामा पुगेर जनताको भावना बुझ्ने र त्यसक्रममा जुनसुकै पार्टीमा आस्था राख्ने कुनैपनि घरपरिवार नछोडि जनताका घरमा पुग्ने।
एउटा पनि जनताको घर नछोड्ने, सहिद बेपत्ता ,सबै घर परिवारसँग तीन महिने अभियान चलाएर विधान सम्मेलनमा फर्किने योजना बनाउनुले पनि पार्टिले नयाँ दिशानिर्देश गर्नेमा शंका गर्न सकिने ठाउँ छैन । माओवादी केन्द्रले अभियान मार्फत अघि सारेका योजना र सरकारको नेतृत्व बाट शुरु गरिएका लोकप्रिय निर्णयहरुले ०८४को निर्वाचनमा माओवादी थप बलियो तथा निर्णायक शक्ति बन्ने निश्चित जस्तै देखिएको छ।
रुपान्तरण अभियानलाई सफल पार्न बाजुरामा ५ कमान्डमा केन्द्र र प्रदेशको नेतृत्व खटिएको छ।जस अन्तर्गत हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाको कमाण्ड प्रदेश कमीटी उपाध्यक्ष हुकुम साउँद तथा प्रदेश कमिटी सचिवालय सदस्य महेश शाही शुक्रराजले समालेका छन्। स्वामीकार्तिक र जगनाथ गाउँपालिकामा केन्द्रीय सदस्य तिलक परीवार, त्रिबेणी नगरपालिकामा जिल्ला इन्चार्ज देवकी मल्ल जिल्ला सचिब रमेश बिक, खप्तड छेडेदह गाउँपालिका र बुढीगंगा नगरपालिकामा केन्द्रीय लेखा आयोग सदस्य लक्ष्मण खड्का तथा बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा प्रदेश कोषाध्यक्ष कमल शाहलाई कमाण्ड ईन्चार्ज तोकेर घरदैलो गर्नुका साथै जनताका समस्या, गुनासा सुन्ने तथा संगठन निर्माण शून्य भएको ठाउँमा समेत गर्ने गरि माओवादी जागेको छ।
बाजुरामा देखिएको माओवादी आकर्षणले पुनः माओवादी केन्द्र बाजुरामा बलियो निर्णायक शक्ति बन्ने र माओवादी निर्णयलेनै संघीय संसदमा जिल्लाको नेतृत्व को पार्टी र को ब्यक्तिले गर्ने भन्ने कुराको निर्क्यौल गर्ने प्रष्ट संकेत देखापरेको छ।
फेसबुक प्रतिक्रियाहरु