होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा २५, फाल्गुन । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक कालाजार रोगका बिरामीको सफल उपचार भएको छ। यसअघि कालाजारका बिरामीलाई तराईका जिल्ला, सुुर्खेत तथा नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता थियो। तर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाटै कालाजारको उपचार हुने भएपछि उक्त बाध्यताको अन्त्य भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले बताए।पहिलोपटक कालाजारबाट ग्रसित भएकी स्वामीकार्तिक खापर […]
जुम्ला । एक छाक सादा खानाको कति पर्छ ? भन्दा सहजै जवाफ आउन सक्छ सामान्यतया १ सय रुपैयाँ । तर, कर्णाली प्राविधिक शिक्षालयको सामूहिक भान्छामा भने साकाहारी खानाको १२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म पर्ने गरेको छ । यहाँका विद्यार्थीहरुको एउटा नियम छ । एक वर्षको लागि सुरुमै १२ देखि १५ हजार रुपैयाँ मेसमा बुझाउने विद्यार्थीको संख्याअनुसार […]
२५ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर […]
२५ फागुन, काठमाडौं । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन । तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश […]
काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ । नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् । पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको […]
२५ फागुन, सुर्खेत । दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना […]
२४ फागुन, सुर्खेत । कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । आइतबारदेखि सुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोपकार्यक्रम अवरुद्ध भएको हो । हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु […]
रामबहादुर वि. क. । बाजुरा – जिल्लाको खप्तडछेडेद–६ की मैतोलाकी देउमा गुयाल उमेरले ४० वर्षकी भइन् । उनीसंग तीन छोरा छोरी छन् । उमेर ढल्किदै गएपनि उनी राज्यको सेवा सुविधाबाट भने बञ्चित भएकी छन् । गुयालका श्रीमान् बेपत्ता भएको दुई वर्ष भयो । श्रीमान् बेपत्ता भएको खबरपछि उनी संकटमा परेकी छन् । उमेर छिपिदै गएपनि […]
बाजुरा २४ फाल्गुन । त्रिवेणी नगरपालिका बाजुरामा पनि १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै नारी दिवसको रुपमा मनाईदै आएका छन । नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विभिन्न जनचेतना मुलक कार्यक्रम , सडक नाटक गरेर मनाईने गरिन्छ । […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश, विदेश तथा प्रदेशमा रहेको सम्पूर्ण नारीहरूलाई शुभकामना दिएका छन्। आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले नेपालको संविधानले लैङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरे। आज अन्तर्राष्ट्रिय नारी दिवस […]
२४ फागुन, बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट तीन दिन हिँडेपछि पुगिन्छ, स्वामिकार्तिक खापर गाउँपालिका-१, मुुक्तिकोट । पहिले ‘डुमकोट’ भनिने यो गाउँ माओवादी विद्रोह चुलिदै गएपछि ‘मुक्तिकोट’ भएको हो । गाउँका चार सय परिवारको भोक-रोगमा भने नामको परिवर्तनले केही फरक पारेको छैन । मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ अनुसार सिंगो बाजुराको ६४.१ […]
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि […]
निमेन्द्र शाही / २३ फागुन । बाजुरा सडक सञ्जालमा जोडिएसँगै साँफे-मार्तडीको बाटोमा पर्ने झोलुङ्गे पुलहरू प्रयोगविहीन बनेका छन् । अछामको साँफे बगर र बाजुरा सदरमुकाम मार्तडीको बीचमा पर्ने सात वटा झोलुङ्गे पुलनजिकै पक्की पुलहरू बनेपछि पुराना पुल प्रयोगविहीन बनेका हुन् । जिल्लामा हरेक वर्ष झोलुङ्गे पुल निर्माण, मर्मत तथा रेखदेखमा सरकारी रकम खर्च भइरहेकाे छ […]
टीकापुर नरगपालिका–१ एकतानगर शिविरका टेकबहादुर दमाइँ हप्ता दिनदेखि वडा कार्यालय धाउँदै आएका छन् । छोराको नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेका टेकबहादुर शुक्रबार पनि लाइनमै देखिए । उनको धेरै ठूलो काम पनि थिएन । सबै प्रक्रिया पूरा भई सिफारिस मात्रै लिनुपर्ने भए पनि तीन दिनदेखि त्यही सिफारिसको पछाडि टेकबहादुृर दौडिरहेका छन् । “वडाबाट हुने सबै […]
नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको सदरमुका मार्तडीमा आज भएको भलिवल,कवड्डी र बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका छन् । सुदुरपश्चिम बिश्व बिद्यालय बाजुराद्वारा बाजुरा क्याम्पसमा खेलकुद सप्ताह-२०७७ कार्यक्रम अन्तरगत गरिएको बक्तित्वकला प्रतियोगितामा नेपाली प्रथम भएका हुन् । एक हप्तादेखि बाजुरा क्याम्पसमा आयोजना गरिएको खेलकुद सप्ताह कार्यक्रमको अन्तिम दिनमा कोरोनाले शैक्षिक क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा २२ फागुन। लडेर घाइते भएका नेपाल समाचार पत्र बाजुरा समचारदाता पत्रकार दयाराम पण्डितकाे उपचारकाे लागि आर्थिक सहयोग गरिएको छ । एक हप्ता अगाडी समाचार संकलनका लागि दुर्गम गाउँ बिच्छ्यामा गएका पत्रकार पण्डित लडेर घाईते भएका थिए । उनको उपचार बाजुरामा सम्भव नभएपछि अहिले नेपालगन्जमा उपचाररत रहेका छन् । उनकाे उपचारका लागि भन्दै किनारा […]
नागरिक रैबार/बाजुरा २२ फागुन। नेकपा बाजुराका युवा नेता महेश शाहीले आफ्नो जन्मदिन मार्तडीमा रहेको समता स्कुलमा मनाएका छन् । जगन्नाथ गाउँपालिकाको वडा नं. ३ मनिकाँडामा जन्मेका नेता शाहीले पहिलोपटक विद्यालयका विद्यार्थीहरुसंग आफ्नो जन्मदिन मनाएका हुन् । समता स्कुलका कुशल अभिभावक समेत रहेका नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई नगद र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएका […]
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाएका हुन् । करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उनले बताए […]
२१ फागुन, बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए । अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको […]
नागरिक रैबार बाजुरा २१ फागुन देउडा गायक हर्क खडायतकाे बाजुरा घाम छकि नामक देउडा गीतकाे म्युजिक भिडियाे एक अाैपचारिक कार्यक्रमका विच मार्तडीमा विमाेचन गरिएको छ । बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रकाे कूरूका विभिन्न ठाउँ तथा काठमाडौंमा छायांकन गरिएकाे उक्त म्युजिक भिडियाेकाे मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले भिडियाेलाई प्राेजेक्टरकाे पर्दामा देखाएर विमाेचन गरेका हुन् । गीतमा […]