होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३ चैत, सुर्खेत । गत फागुन २३ गते कर्णाली नदीमा हराएकी ७ वर्षीया बालिका रजनी बडुवालको शव मंगलबार भेटिएको छ । अछामको तुर्माखाँद गाउँपालिका–३, स्थित कर्णाली नदी किनारमा बालिकाको शव भेटिएको र उनी रजनी बडुवाल नै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला […]
२ चैत, वीरगञ्ज । लाखौं खर्चिएर बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । नदर्न प्राइभेट कलेज एण्ड हस्पिटलमा एमबीबीएस अध्ययनरत नेपाली र स्थानीय विद्यार्थी अन्तिम वर्षको परीक्षा दिन नपाएपछि ३७ दिनदेखि आन्दोलनमा छन् । तर उनीहरुको माग सम्बोधन हुन सकेको छैन । सोमबार सुरु भएको अन्तिम वर्षको परीक्षाबाट […]
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् । ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको […]
मुगु: मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिका–८ मा रहेकी प्रधामन्त्री केपी शर्मा ओलीले अभिभाकत्व गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन्। लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छन्। पठनपाठनमा आवश्यक कापी, कलम, ड्रेस नहुँदा पढ्न कहिलेकाहीँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ । घरमा लालनपालन […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५ सय ७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो। पहिलो चरणमा यहाँ कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत […]
२ चैत,बाजुरा जिल्ला अस्पताल बाजुरामा भवन निर्माणमा काम गर्ने मजदुर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । खप्तडछेडेदह गाँउपालिका ५ बस्ने ४१ बर्षिय विर बहादुर रावत मृतक अबस्थामा फेला परेको प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनि अस्पतालको कामदार हुुन् । मृतक सुुत्ने ठाँउमा मृतक अबस्था फेला परेको बुझिएको छ । […]
डोटी: जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ। यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन्। बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पुर्याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष लालबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि […]
२ चैत,बाजुरा । नेपाल पत्रकार महासघं बाजुराका निबर्तमान अध्यक्ष मदनराज जैशीलाई पृतशोक परेको छ । निबर्तमान अध्यक्ष जोशीका बुवा गोरखराज जैशीको आज दिउसोँ ३ बजेतिर निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समयदेखी बिरामी भएका जोशीको बडिमालिका नगरपालिका वडा न ७ जिल्ली स्थित आफ्नै घरमा ६७ मृत्यु भएको जनाएको छ । जैशीको भोली हिन्दु […]
चैत,२ हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा- सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’ काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान गर्न नसकेकाले निर्माण प्रभावित भएको छ । कडा चट्टान विस्फोटन गर्न निर्माण व्यवसायीले पहरामा […]
हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् । तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित हुने […]
दार्चुला: दार्चुला र धार्चुलालाई जोडिएको छ महाकाली नदीले। बिहान ७ बजे दार्चुला–धार्चुला जोड्ने झोलुङ्गे पुलको ढोका खुल्छ। फेरि बेलुकी ५ बजे पुनः ढोका बन्द हुन्छ। पुलको ढोका खुलेसँगै स्थानीयको नेपाल भारत अर्थात दार्चुला धार्चुला आवतजावत सुरु हुन्छ। यहि वारीपारीको शृङ्खला सदरमुकाम खलङ्गामा मात्र नभई उत्तर तिरका आधा दर्जन ठाउँका तुइनमा पनि निरन्तर चलिरहन्छ। यहि तुइनमा दैनिकी […]
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण […]
२८ फागुन, सुर्खेत । समयमै उद्धार नहुँदा सुर्खेतमा एक सुत्केरीको मृत्यु भएको छ । सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, […]
गगन अयडी २६ फाल्गुन । बाजुरा पत्रकार महासघ शाखाका संस्थापक अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सदस्य दयारमा पण्डित उचराका लागि अस्पतालको बेडमा छटपटी रहेका छन । उनको घर बाजुरा जिल्ला बडिमालिका नगरपालिका को सदरमुकाम मार्तडीमा रहेको छ । पण्डित समचार पत्रमा बाजुराबाट रिपोर्टिङ गर्छन भने किनारा अनलाइन को सम्पादक समेत रहेका छन ।( पण्डित रिपोर्टिङ […]
महेन्द्रनगर । तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको दुःखेसो पोखे । बन्दाबन्दीमा गाउँमा ज्याला मजदुरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको बताउँदै राउटे युवक मान सिंहले आफूहरु पनि जागिर […]
२६ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ । मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले साधुसन्तको संख्या यस वर्ष कम हुने […]
बाजुरा: बडिमालिका नगरपालिका ६ बिरेखोला पुल नजिकै २ वटा चितुुवा देखापरेको भन्दै स्थानियलाई सचेत रहन जिल्ला प्रहरी कार्यलय बाजुराले आग्रह गरेको छ । मंगलवार साँझा अन्दाजी ०५ः३० बजेको बिरेखोला पुल भन्दा १ सय मिटर अगाडी कोर्दा जाने लोड्दुक ओडारमा २ (दुई) वटा चितुवा देखा परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । स्थानियका अनुुसार दिनभरी त्यहि […]
विनोद परियार,बुटवल २५ फागुन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन फागुन २८, २९ र चैत १ गते बुटवलमा हुने भएको छ । सामाजिक तथा राजनैतिक हिसाबले समेत महत्वपूर्ण र सञ्चारमा मोफसलको राजधानीका रुपमा परिचित बुटवलमा देशैभरका ४ सय पत्रकार भेला हुने भएका हुन । संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि महाधिवेशनको सम्पूर्ण तयारी पूरा […]
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्र बहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा. खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका […]
२५ फागुन, काठमाडौं । फागुन २३ गतेदेखि काठमाडौं लगायत देशभर दोस्रो चरणको कोरोना खोप अभियान जारी छ । ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुले पनि अहिले धमाधम आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाइरहेका छन् । काठमाडौंको चावहिलस्थित ऊँ अस्पताल खोप केन्द्रमा पनि जेष्ठ नागरिकहरु कोरोना खोप लगाउने पुगिरहेका छन् । सो खोप केन्द्रमा मंगलबार एकजना […]