होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ फागुन। नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा किनारा न्युज डटकमका सम्पादक दयाराम पण्डितको लडेर घाईते भएको २४ घण्टा बढी वितिसक्दा पनि अझै उद्धार हुन सकेको छैन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका १ बिच्छ्याको घट्टेबगर खोलामा आइतबार लडेर गम्भीर घाइते भएका पत्रकार पंण्डितको उद्धार हुन नसकेको हो। एक सातादेखि उक्त क्षेत्रमा […]
जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी गर्भवती […]
१७ फागुन, काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा […]
नागरिक रैबार/बाजुरा १७ फागुन। बाजुरा उद्योग बाणिज्य संघका जिल्ला सदस्य हंस बहादुर सिंहले बाजुराका स्थानीय तहमा मदिरा बिक्री वितरण खुल्ला गर्न पाउ भनी उच्च अदालत दिपायलमा दिएको रिट निवेदन खारेज गरिदिएको छ । त्रिबेणि नगरपालिकाले मदिरा नियन्त्रण ऐन र बाजुराका अन्य ६ वटा स्थानीय तहमा कार्यबिधी बनायर मदिरा नियन्त्रण गर्ने निर्णय गरेका थिए । मदिराले […]
हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार जिल्लामा […]
काठमाडौँ — बालाजु बाइसधाराकी आशामाया खड्गीको घर सात वर्षअघि सडक विस्तार गर्न काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले भत्काइदियो । घर भत्काइदिएको दिनदेखि नै बस्ने ठाउँसमेत नपाएको भन्दै उनी गुनासो गर्दै हिँडेकी छन् । बालाजुमा सडक विस्तार गर्ने नाममा मुआब्जासमेत नदिई घरजग्गा मासिदिएको विरोधमा आइतबार काठमाडौं महानगरको कार्यालयमा प्रदर्शन गरिँदै। आइतबार उनी महानगर घेराउ कार्यक्रममा पनि सहभागी भइन् । […]
खोटाङ- दलितले छोएको दही खाएको निहुँमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्य सामाजिक बहिष्कारमा परेका छन् । छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले विसं २०७६ जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुने क्रममा दलित युवतीको हातबाट दही खाएको निहुँमा आचार्य सामाजिक बहिष्कारमा परेका हुन् । […]
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी […]
पोर्ट ओ प्रिन्स– हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए । “घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ […]
काठमाडौं: नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २८२४ मा कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ। कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना संक्रमणबाट दुई […]
एजेन्सी : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि शुरु हुने भएको छ । सरकारी अधिकारीले […]
ऐजेन्सी: गरीबी एक रोग हो, जसको कुनै उपचार छैन। गरिबीले मानिसलाई बाध्यकारी बनाउन सक्छ। यस्तै घटना भएको छ भारत आन्ध्र प्रदेशको नेल्लोरमा। त्यहाँ, दैनिक मजदुरी गर्ने एक दम्पत्तिले आफ्नी कान्छी छोरीलाई बेचेको खबर सार्वजनिक भएको छ। उनीहरुले आफ्नी जेठी छोरीको उपचार गराउन कान्छी छोरीलाई १० हजारमा बेचेका थिए। पछि महिला तथा बाल कल्याण विभागका अधिकारीहरूले […]
१५ फागुन, कैलाली । गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले […]
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । समितिले नेपालसहित लाओस र बंगलादेशलाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिको लागि सिफारिस पाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । राष्ट्रिय आकाङ्क्षाको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा भएको […]
काठमाडौँ: पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थान मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो वर्षा सम्भावना रहेको […]
किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल […]
१५ फागुन, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकजना ज्येष्ठ नागरिक लामो समयदेखि बहिष्करणमा परेको खुलेको छ । दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा टंकप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा परेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आचार्यले २०७५ असारमा जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको जातीय भेदभावविरुद्धको सहभोज कार्यक्रममा दलित […]
जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार […]
नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री स्वरुप झोला र स्टेशनरी सामाग्री सहयोग गरिएको छ । प्रेमु पूर्ण प्रताप फाउण्डेसन दोलखाकी संरक्षक तथा सामाजिक अभियान्ता पद्मा प्रधानको सहयोगमा बाजुराको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको […]
बझाङमा अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन्। नगरपालिकाको वडा नं. ८ स्थित जोशी गाउँ र वडा नं. १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताए। उनका अनुसार प्राय ः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने […]