होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुरामा निशेधाज्ञाको अवधि आगामी जेठ ७ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको विहिबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बाजुरा जिल्लामा पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा […]
कोरोना संक्रमित काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ । न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार राति निधन भएको हो । ५२ वर्षीय न्यायाधीश श्रेष्ठमा गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा हुँदै अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठलाई अक्सिजनको सहायतामा टेकु अस्पतालमा उपचार गरिँदै आएकोमा निधन हुन पुगेको अस्पताल […]
राजनीतिक स्थिरताको नारा दिई मत बटुलेर प्रधानमन्त्री भएका केपी शर्मा ओली ३ वर्ष २ महिना २५ दिन सरकार चलाएर पदमुक्त भए । प्रजातन्त्र पुनःस्थापनापछिको ३० वर्षमा छिटोछिटो सरकार फेरिएर दिक्क भएका जनता फेरि एकपटक निराश बनेका छन् । त्यसका साथै ५ वर्ष सरकार चलाउने र देशमा समृद्धि ल्याउने ओली र उनको नेतृत्वको वाम गठबन्धनको वाचा […]
कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो । मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका सहसंयोजक गणेश बोहराले प्रगतिशिल विवाह गरेका छन् । विवाहका नाममा हुने भड्किलो खर्च रोक्दै बोहराले अनेरास्ववीयु जिल्ला कमिटी बाजुराकी सचिवालय सदस्य मन्जु भाटसंग सदरमुकाम मार्तडीमा विवाह गरेका हुन् । राष्ट्रिय बक्सीङ्ग खेलाडी समेत रहेका बोहराले आफ्नो विचार र मन मिलेकाले मन्जु संग विवाह गरेको बताए […]
रूपन्देहीमा १३ जेठसम्म निषेधाज्ञा थप भएको छ । जिल्लामा कोरोना संक्रमण फैलिने क्रम बढ्दै गएको निष्कर्ष डीसीसीएमसीको बैठकले निकाल्दै निषेधाज्ञा बढाउने सिफारिस गरेअनुसार १३ जेठसम्म निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए । यस अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, […]
नेपालमा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधबार देशभर ९३०५ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३९ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । […]
२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
नागरिक रैबार/बाजुरा २९ बैशाख। बुढीगंगा नगरपालिकामा कोरोना नियन्त्रण तथा रोकथामका लागि सिदार्थ बैंकले २ लाख सहयोग गरेको छ । कोभिड-१९ को दोस्रो लहर तिव्र रुपमा फैलिएपछि कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै नगरपालिकालाई सिद्धार्थ बैकले २ लाख रकम सहयोग गरेको हो । कोभिड-१९ को दोस्रो लहरमा नगरपालिका भित्र आइसोलेसन निर्माण, संक्रमितहरुको उपचार र अन्य ब्यबस्थापनका […]
धनगढी: बैशाख १८ गते शनिबार सामाजिक सञ्जाल ‘टिकटक’मा अपलोड भएको एउटा भिडियोमा मास्क लगाएकी एक महिला देखिन्छन्। उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थकित छु, जिन्दगीदेखि। सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा। मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन।’ त्यसकै भोलिपल्ट आइतबार उनले फेरि थप एक भिडिओ अपलोड गरिन्। बिस्तरामै […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। जिल्लामा नयाँ भेरिएन्ट सहितको कोभिड-१९ को संक्रमण फैलिएसंगै दिनप्रतिदिन संक्रमितको संख्या वृद्धि हुँदै गईरहेको छ । जिल्लामा हालसम्म २ सय बढी सक्रिय संक्रमितहरु छन् भने ४ जनाको कोरोनाकै कारण मृत्यु भईसकेका छन् । यसै विच जिल्लामा कोही पनि कोभिडको विरामीलाई उचारका लागि एकठाउँबाट अर्को ठाउँसम्म लैजान समस्या नहोस भन्ने उद्देश्यले बडीमालिका […]
२९ वैशाख, धनगढी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका प्रमुख लोकेन्द्र जोशीले स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कारण स्वाब दिएका जोशीलाई वैशाख १५ गते संक्रमण पुष्टि भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीस्थित नोभा अस्पतालमा भर्ना भएका जोशीलाई अक्सिजन सपोर्टमा राखिएको थियो । तीन दिनपछि अस्पतालले थप अक्सिजनको […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बाजुरामा शाखा विस्तार गरिए सँगै शाखाको सेवा ७६औं जिल्लामा सूचारु भएको ग्लोबल आईएमई बैंक लिमिटेड बाजुराका शाखा प्रबन्धक शुवास शर्माले वताएका छन् । मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ […]
काठमाडौँ — कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही निजी अस्पतालले भने कमाउधन्दा सुरु गरेका छन् । महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग र प्रहरीसहितको संयुक्त अनुगमनले अस्पतालपिच्छे फरक शुल्क असुल्ने गरेको भेट्टाएको छ । […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा गरेकी छन् । भण्डारीले बुधबार अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा ट्वीट मार्फत् शुभकामना दिँदै प्रशंसा गरेकी हुन् । “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च […]
पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको […]
२८ वैशाख, बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २० जना कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या २ सय ३५ पुगेको छ । आज ५१ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । हाल सम्म ६ सय ६२ […]
२८ वैशाख, काठमाडौं । आकाश कँडेलकी आमा कोरोना संक्रमण भएर पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा उपचाररत छिन् । आईसीयूमा रहेकी उनलाई दिनमा ४ सिलिण्डरसम्म अक्सिजन दिनुपर्छ । मंगलबार आमाको मुख हेर्ने दिनमा उनले आमाको जीवन रक्षाका लागि आफैंले संघर्ष गर्नुपर्यो । अस्पतालले मंगलबार दिउँसो आकाशलाई भन्यो, ‘हामीसँग अक्सिजन सकिन लाग्यो, एक घण्टाभित्रै अक्सिजन खोजेर ल्याउनुस् ।’ […]
काठमाण्डाै – अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो सङ्कट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको ज्यान गएको तथा अस्पतालका आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरूले आउँदा दिनमा अझै ठूलो समस्या आउने चेतावनी दिएका हुन् । अक्सिजन […]