होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गत वर्ष जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा विभत्स हत्या भएको थियो । मल्ल थरकी ‘प्रेमिका’लाई भगाउन गएका दलित युवक नवराज विश्वकर्मासहित ६ जनाको स्थानीयले लखेटी-लखेटी हत्या गरेको आरोप लागेको छ । नवराजसहित लोकेन्द्र सुनार, सन्जु विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढामगर र गोविन्द शाहीको हत्या गरी भेरी नदीमा फालिएको थियो । हत्यामा […]
नागरिक रैबार/बाजुरा ९ जेठ। सामाजिक अभियान्ता हेमराज थापाले कोरोनाको महामारीमा अग्रपंक्ति रहेर संचार क्षेत्रमा खटिएका बाजुराका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर तिव्र रुपमा फैलिएसंगै बाजुरामा दिनप्रतिदिन कोरोनाको जोखिम बढेपछि जिल्लामा अग्रपंक्तिमा रहेर काम गर्ने बाजुराका पत्रकारलाई सामाजिक अभियान्ता थापाले पिपिई १० सेट, सर्जिकल मास्क ५०० पिस, […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक […]
९ जेठ, किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बोलन्या थली बाजुराले जिल्ला अस्पताल बाजुरा र टाँटे स्वास्थ्य चौकीका लागि ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको छ । जिल्लामा पछिल्लो समयमा कोरोनाका संक्रमितहरु दिनप्रतिदिन बढ्दै गएपछि कोरोना संक्रमितहरुले अक्सिजन अभावकै कारण ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले जिल्ला अस्पताल र टाँटे स्वास्थ्य चौकीलाई ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको बोलन्या थलि […]
काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतामाथि कुठाराघात गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो प्रधानमन्त्री ओलीले हाँस्यास्पद काम गर्नुभयो। राष्ट्रपतिले सदर गर्नुभयो। यो संवैधानिक र राजनीतिक रुपमा गलत छ, राष्ट्रपतिले सरकार नबनोस् भनेरनै सरकार गठनका लागि छोटो समय दिएर आह्वान गर्नुभएको थियो। विपक्षी दल र […]
नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको कलंकीस्थित नेशनल अस्पतालमा उपचाररत ओझाको जेठ ७ गते शुक्रबार उपचारकै क्रममा निधन भएको हो । खोटाङको वडाका दियाले–७ निवासी ओझा २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत थिए । उनको निधनले एक […]
नागरिक रैबार/बाजुरा ७ जेठ । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि जिल्लामा निषेधाज्ञा जेठ १४ गतेसम्मका लागि थप भएको छ । बैशाख २२ गते देखी सुरु भएको निषेधाज्ञा थप जेठ ७ गते र तेस्राे पटक जेठ १४ गते सम्मका लागि थप भएको प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बताएका छन । जिल्लामा कोरोना भाईरसको […]
अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो । जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ […]
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो […]
६ जेठ,बुटवल । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ […]
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ६, कैलाली ७, बाजुरा १ दार्चुला १ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । निर्देशनालयका अनुसार २ सय ७९ मा एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना […]
नेपालमा गत हप्ता अक्सिजनको चरम अभाव भयो । अक्सिजनको अभावको हल्ला बजारमा चल्न थालेपछि केही पहुँचवालाले व्यक्तिले स्टक राख्नाले अस्पतालमा अक्सिजनको हाहाकार भएको कोभिड उपचारमा संलग्न चिकित्सकहरुले आरोपसमेत लगाएका थिए । जसले गर्दा धेरै कोभिड बिरामीले समयमै अक्सिजन नपाउँदा मृत्युसमेत भयो । अक्सिजनकै अभावमा कति संक्रमतिको ज्यान गयो भन्ने तथ्याङ्क चाहिँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग […]
नागरिक रैबार/बाजुरा ५ जेठ। सुदूरपश्चिमका वरिष्ठ देउडा गायक लालबहादुर थापाको “कर्णालीको भाका” नामक ठाडी भाका गीतको भिडियो सार्वजनिक भएको छ । कर्णालीबासीको सामाजिक कथा व्यथालाई समेट्ने गरी तयार पारिएको सो गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो । कर्णालीबासीको भेषभुषा, कला संस्कृति, परम्परा र सामाजिक समस्याहरुलाई गीतका शव्दसहित भिडियोमा देखाईएको छ । गायक थापाकै स्वर, शव्द, […]
नागरिक रैबार/बाजुरा ५ जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट गरिएको कोरोना परिक्षणमा ९ जना नयाँ संक्रमित थपिएका छन् । ९ जना संक्रमित थपिएसंगै बाजुरामा कोरोना संक्रमितको संख्या तीन सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै आज मात्रै एक जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यलय प्रमसख महेश चन्दले […]
५ जेठ, बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए । शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बाटोमै […]
नागरिक रैबार/बाजुरा ५ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ३ लाई आजबाट लागु हुने गरि जेठ १२ गतेसम्मका लागि सिल गरिएको छ । वडामा कोरोना महामारी फैलिन नदिन वडा नं. ३ लाई जेठ ५ गतेदेखि १२ गतेसम्म लागु हुने गरि पुरै वडा सिल गरिएको वडा अध्यक्ष डम्बरबहादुर शाहीले बताएका छन् । वडामा हाल २० जना […]
५ जेठ, काठमाडौं । पहाडी जिल्ला लमजुङकाे मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किंदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ […]
नागरिक रैबार/बाजुरा ५ जेठ । जिल्ला अस्पताल बाजुरामा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोनाका कारण बुढिगंगा नगरपालिका ४ बस्ने ७६ बर्षिय संक्रमित काे मृत्यु भएकाे अस्पताल बाजुराका काेभिड फाेकल चुणामणि पन्तले बताएका छन् । उनि दमकाे बिरामी रहेकाे अस्पतालले जनाएकाे छ । बाजुरामा हालसम्म ३ सय ५३ जना कोरोना सँक्रमित रहेका छन् भने […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ। परिवर्तित भाइरससहित हालसम्म नेपालमा […]