होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
६ जेठ,बुटवल । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ […]
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ६, कैलाली ७, बाजुरा १ दार्चुला १ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । निर्देशनालयका अनुसार २ सय ७९ मा एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना […]
नेपालमा गत हप्ता अक्सिजनको चरम अभाव भयो । अक्सिजनको अभावको हल्ला बजारमा चल्न थालेपछि केही पहुँचवालाले व्यक्तिले स्टक राख्नाले अस्पतालमा अक्सिजनको हाहाकार भएको कोभिड उपचारमा संलग्न चिकित्सकहरुले आरोपसमेत लगाएका थिए । जसले गर्दा धेरै कोभिड बिरामीले समयमै अक्सिजन नपाउँदा मृत्युसमेत भयो । अक्सिजनकै अभावमा कति संक्रमतिको ज्यान गयो भन्ने तथ्याङ्क चाहिँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग […]
नागरिक रैबार/बाजुरा ५ जेठ। सुदूरपश्चिमका वरिष्ठ देउडा गायक लालबहादुर थापाको “कर्णालीको भाका” नामक ठाडी भाका गीतको भिडियो सार्वजनिक भएको छ । कर्णालीबासीको सामाजिक कथा व्यथालाई समेट्ने गरी तयार पारिएको सो गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो । कर्णालीबासीको भेषभुषा, कला संस्कृति, परम्परा र सामाजिक समस्याहरुलाई गीतका शव्दसहित भिडियोमा देखाईएको छ । गायक थापाकै स्वर, शव्द, […]
नागरिक रैबार/बाजुरा ५ जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट गरिएको कोरोना परिक्षणमा ९ जना नयाँ संक्रमित थपिएका छन् । ९ जना संक्रमित थपिएसंगै बाजुरामा कोरोना संक्रमितको संख्या तीन सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै आज मात्रै एक जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यलय प्रमसख महेश चन्दले […]
५ जेठ, बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए । शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बाटोमै […]
नागरिक रैबार/बाजुरा ५ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ३ लाई आजबाट लागु हुने गरि जेठ १२ गतेसम्मका लागि सिल गरिएको छ । वडामा कोरोना महामारी फैलिन नदिन वडा नं. ३ लाई जेठ ५ गतेदेखि १२ गतेसम्म लागु हुने गरि पुरै वडा सिल गरिएको वडा अध्यक्ष डम्बरबहादुर शाहीले बताएका छन् । वडामा हाल २० जना […]
५ जेठ, काठमाडौं । पहाडी जिल्ला लमजुङकाे मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किंदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ […]
नागरिक रैबार/बाजुरा ५ जेठ । जिल्ला अस्पताल बाजुरामा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोनाका कारण बुढिगंगा नगरपालिका ४ बस्ने ७६ बर्षिय संक्रमित काे मृत्यु भएकाे अस्पताल बाजुराका काेभिड फाेकल चुणामणि पन्तले बताएका छन् । उनि दमकाे बिरामी रहेकाे अस्पतालले जनाएकाे छ । बाजुरामा हालसम्म ३ सय ५३ जना कोरोना सँक्रमित रहेका छन् भने […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ। परिवर्तित भाइरससहित हालसम्म नेपालमा […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा ४ जेठ। नेकपा माओवादी केन्द्र बाजुराका युवा नेता महेश शाही यतिबेला गृह गाउँपालिका जगनाथमा रहेका छन् । केही दिन अघि मात्रै गाउँवरीपरिका २५ जना कोरोना भाइरस संक्रमण भएपछि गाउँका अन्यलाई कोरोनाको संक्रमण हुन नदिन यसबाट बच्ने उपाए बारे जनचेतना सहित गाउँगाउँमा स्वास्थ्य सामाग्री वितरणमा सक्रिय भएका छन् । महामारीका बेला नेकपा माओबादी नेता […]
सप्तरी- सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए । दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण […]
२ जेठ, काठमाडौं । सांसदबाट राजीनामा दिने तयारी स्थगित गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु शुक्रबार साँझ सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुुगे । त्यहाँ अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु पनि आए । अरुभन्दा ढिला बैठक हलमा आइपुगेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुबै हात जोड्दै बैठक हलमा प्रवेश गरे । […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै ‘काेल्याप्स’ (ध्वस्त) भयाे भनिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो । शनिवार (हिजो) बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले उहाँले भन्नुभयो, ‘सिस्टम नै कोल्याप्स […]
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा अपिल गरेको छ। संघका अध्यक्ष नरेश कुमार शाहीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो यस्तो अपिल गरेका छन्। युवा संघ नेपाल (तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल) स्थापना भएको आज ३१ बर्ष पुगेको […]
निमेन्द्र शाही १ जेठ, वैशाख बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका- १, पिपलडालीको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखि खुला छ । तर, छानामाथिको चिम्नीबाट धुवा अझै निस्केको छैन । कोल्टी बजारबाट हुम्ला जाँने मूलबाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडित माहुरी घारबाट फाट्ट–फुट्ट निस्किए जसरी मान्छेहरू घरभित्र–बाहिर गरीरहेका देखिन्छन् । अरु […]
३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन् । ‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग […]
काठमाडौँ । अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको छ । अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो । मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ […]