होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी — नेकपाभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच रस्साकस्सी चलिरहेका बेला दलको सुदूरपश्चिम संसदीय दलले प्रमुख सचेतक फेरबदल गरेको छ । यसअघि प्रमुख सचेतक रहेका तारा लामा तामाङलाई पदमुक्त गरेर शुक्रबार लालबहादुर खड्कालाई प्रमुख सचेतक नियुक्त गरिएको छ । नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्का (बायाँ) र जिम्मेवारीमुक्त गरिएका सुदूरपश्चिम एमालेका प्रमुख सचेतक […]
बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति एकजना संक्रमितले ज्यान गुमाए […]
नागरिक रैबार/बाजुरा १४ जेठ। जिल्ला खेलकुद विकास समिति बाजुराका नवनियुक्त अध्यक्ष राकेश थापाले जिल्लामा खेल क्षेत्रको विकास गर्नका लागि आफ्नो कार्यकाल भरि खटिएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै थापाले जिल्लामा खेल क्षेत्रको विकास र खेलक्षेत्रलाइ चिनाउन निरन्तर लाग्ने प्रतिवद्धता जनाएका हुन् । उनले बाजुरामा खेल […]
नागरिक रैबार/बाजुरा १४ जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ को कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी लालचन्द्र नेपालीलाई दिईएको छ । वडा अध्यक्ष विनोद कुमार विकको कोरोनाका कारण निधन भएपछि वडा अध्यक्षको पद रिक्त रहेको थियो । आज वडा कार्यालयमा बसेको वडा समितिको बैठकबाट वडाको बाँकी कार्यकालका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११६ बमोजिम […]
नागरिक रैबार/शुक्रबार १४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेधीले नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापालाई उल्टै प्रति प्रश्न गर्दै आफूलाई स्पष्टीकरण सोध्नु पूर्व आफैले आफैलाई को हुँ भन्ने थाहा पाउन जरुरी रहेको बताएका छन् । मन्त्री सुवेदीले एक पत्रमार्फत आफ्नो स्पष्टिकरण दिदै प्रदेश अध्यक्ष थापालाइ यस्तो आरोप लगाएका हुन । […]
१३ जेठ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमले राम्रो नतिजा दिन नसके आफूले जिम्मा लिने बताएका छन् । सामाजिक सञ्जालमा प्रशंसकहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले नेपाली फुटबल टिमको नतिजाको जिम्मा आफूले लिने उल्लेख गरेका हुन् । नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेल खेल्न इराकमा छ । त्यसपछि नेपालले कुवेतमा गएर […]
काठमाडौं । सभामुख अग्नि सापकोटाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा बिहीबार कानुनविदहरुसँग परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताएका हुन् । उनले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने पनि बताए । ‘आवश्यक पर्दा देश जनता, संविधान, […]
१३ जेठ, बाजुरा । बाजुरामा निषेधाज्ञाको अवधि आगामी जेष्ठ २१ गते सम्मका लागि थप गरिएको छ । बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । बाजुरा जिल्लामा संक्रमण पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला […]
१३ जेठ, काठमाडौं । कोभिड १९ का कारण शैक्षिक सत्र दुई महिना पछाडि धकेलियो । महामारीको दोस्रो लहर तीव्र बनेपछि एसईई र कक्षा १२ का विद्यार्थीको परीक्षा हुन सकेन । जेठको दोस्रो हप्ता बित्न लाग्दा पनि परीक्षा विधि एवं तालिका निश्चित हुन नसकेपछि विद्यार्थी अन्योलमा छन् भने अभिभावक आफ्ना बालबालिकाको भविश्य के हुने भन्ने तनावमा […]
१३ जेठ, बाजुरा। बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन्। बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताएका छन् । अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र […]
नेकपा एमालेका पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा शुभकामना ब्यक्त गरेका छन् । बुधबार बुद्ध जयन्ती एवं उभौली पर्वका अवसरमा शुभकामना दिँदै बुद्धले दिएको सन्देशको पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनले उच्च नैतिकता, अनुशासन, न्याय र निष्ठा, निरन्तरता, इमान्दारिता, अनुशाशित शैली, पीडितहरुको पक्षधरता आदि बुद्ध दर्शनमा आधारित महत्वपूर्ण मन्त्रहरु रहेको […]
१२ जेठ, विराटनगर । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीमा कोरोना संक्रमितका लागि दिइएको राहतको पोकोमा ‘नेकपा एमालेको तर्फबाट’ लेखिएको भेटियो । त्यसभित्र एउटा चिठी पनि समावेश छ । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ सुनसरीमा स्थानीय प्रशासनले राहत वितरणका […]
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको १९ रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ । सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा ११ वटा संवैधानिक इजलासका लागि र १९ साधारण इजलासमा रिट परेको छ । ११ रिटको शुक्रबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । भोलि बिहीबार १९ रिटको एकल इजलासमा […]
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर […]
कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । […]
चक्रबहादुर अयडी/बाजुरा ११ जेठ। त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले कोरोना भाईरस संक्रमित नगरबासीलाई थप उपचारका लागि अन्यत्र लिन नगरपालिकाले एम्बुलेन्स सरह निजि गाडीहरु भाडामा लिने गरी तयारी गरेको बताएका छन् । नेपाल प्रेस यूनियन जिल्ला शाखा बाजुराको आयोजनामा मंगलबार आयोजना गरिएको कोभिड १९ को अवस्था र न्यूनिकरणमा हाम्रो भुमिका विषयक जुम मिटिङ अन्तरक्रिया कार्यक्रममा […]
नागरिक रैबार/बाजुरा ११ जेठ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकको निधनपछि वडा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ । वडा अध्यक्ष विकको कोरोनाका कारण गत बैशाख २५ गते निधन भएपछि वडा कार्यालयको दैनिक कामकाज २ सातादेखि प्रभावित भएको होे । वडा अध्यक्षको निधनपछि निर्वाचित ४ जना वडा सदस्यहरु मध्ये […]
सरकारले आउँदो शनिवार आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट ल्याउँदैछ । संसद विघटन भएपछि अध्यादेशबाट बजेट आउनेछ । नेपालको संविधान (२०७२) बनेपछि पहिलो पटक अध्यादेश मार्फत आगामी बजेट सार्वजनिक गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको मिति पनि घोषणा गरिसकेका छन् । यसकारण पनि अबको चुनावमा जसरी पनि जनमत आफ्नो […]
१० जेठ, काठमाडौं । सरकारले थप खोप ल्याउन नसकेपछि सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने नयाँ अवधि तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाउने गरी […]
नागरिक रैबार/बाजुरा १० जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ४ सय २८ पुगेको छ । आज २६ जनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । त्यस्तै बाजुरामा कोरोनाबाट मुक्त हुनेको सख्या २ सय ३९ पुगेको […]