होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २८ पुस । जिल्लाकाे बडीमालिका नगरपालिकाकाे दशाै नगर सभा आजबाट सूरू हुने भएकाे छ । समृद्ध नगर खुशी नगरबासी भन्ने मुल नाराका साथ बडीमालिकाकाे दशाैं नगर सभा आजबाट सूरू हुने भएकाे हाे । नगरसभामा बडीमालिका नगरमा विभिन्न विकासका याेजनाहरू पारित गरिने नगरपालिकाले जनाएको छ ।
नागरिक रैबार बाजुरा २७ पुस ।नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ । एमालेको सातौं जिल्ला अधिवेशनमा बन्द सत्रबाट बनाइएको अध्यक्ष मण्डले घोषणा गरेको जिल्ला कमिटीको नेतृत्व र सल्लाकार समिति प्रस्ताव गरेपछि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दिलिप शाहीले जानकारी दिएका छन् […]
मुगु — आसपासका डाँडाकाँडा हिउँले ढाकिएका छन् । साताअघि भएको भारी हिमपातयता मुगु सदरमुकाम गमगढी निकै चिसो छ । घर हुनेहरूले चिसोमा जसोतसो मुन्टो लुकाएका छन् । सबैभन्दा कष्टमा कोही छन् भने ती त्रिपालमा आश्रय लिएका परिवार हुन् । गत कात्तिक २९ मा गमगढीको तल्लो बजारमा आगलागी भएको थियो । २१ घर नष्ट भएका थिए […]
कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ । उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष वल्लभ पौड्यालले बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन पायक पर्ने युनिटमा समन्वय […]
धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ७६ जनाको नमूनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालमा पछिल्लो २४ घण्टामा तीन जना बिरामी थपिएका छन्। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अहिले ६ जनाको आइसियूमा उपचार भइरहेको छ […]
नागरिक रैबार बाजुरा २७ पुस । अमेरीका बस्ने नेपाली नागरिक बुवा नारायण खना र आमा छला खनालकी एक बर्षिया छोरी काब्य खनालको जन्मदिनको अबसरमा बाजुराको एक बिद्यालयका गरिव तथा बिपन्न बालबालिकाहरुलाई जकेट उपहार दिएकी छन । बाजुराको बुढिगंगा नगरपालिका वडा न १० मा रहेको सिगाडा माध्यामीक बिद्यालयका ५७ जना बालबालिकाहरुलाई जन्मदिनको अबसमार जकेटहरु उपलब्ध गराएको […]
काठमाडौँ । सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने […]
काठमाडौं । सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन्। उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति […]
कमला चदारा पौष २६ बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँँ जिल्ला अधिवेशनको बन्दसत्र मार्तडीमा चलिरहेका बेला निर्वाचन कमिटीले जारी गरेको सूचना पत्रानुसार दलित महिलाका लागि ठाउँ नै साँगुरो भएको पाईएको छ । एमाले जिल्ला कमिटी बाजुराको जम्मा ९० जनाको निर्वाचन हुने पद, निर्वाचन क्षेत्र र पद संख्या सम्बन्धी सार्वजनिक भएको पत्रको आधारमा साँगठानिक […]
नागरिक रैबार बाजुरा २६ पुस । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र १ आज १ बजेबाट सूरू गर्ने भनिएकाे भएपनि साढे ३ बज्न लाग्दा समेत सुरू हुन सकेकाे छैन् । २३ पुसमा उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र हिजाे ३ दिनदिनपछि मार्तडीमा सूरू भएकाे थियाे । यस अघि प्रतिकुल मौषमका […]
नागरिक रैबार/ बाजुरा २५ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र सूरु भएकाे १ घण्टापछि फेरि स्थगित गरिएकाे छ । गत शुक्रबार उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र प्रतिकुल माैषमका कारण ३ दिनदिनपछि अहिले साँझ साढे पाँच बजेपछि मार्तडीमा सूरू भएकाे थियाे । यस अघि प्रतिकुल मौषमका कारण बन्द […]
सुर्खेत — सहरी विकासमन्त्री रामकुमारी झाँक्री राउटेलाई मनाउन राउटे बस्तीमै पुगेकी छिन् । शुक्रबार पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा पुगेकी मन्त्री झाँक्रीले गाजलु र सम्झनासँग मीत लगाएकी छन् । मन्त्री झाँक्रीले गाजलु र सम्झनासँगै मीत लगाउने भन्दै केही शृंगार र उनीहरूले लगाउने कपडा ल्याइदिएकी थिइन् । मन्त्रीसँग मीत लगाएपछि उनीहरू दंग छन् । ‘अब काठमाडौं जान पाइने भइयो,’ गाजलुले […]
राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन मागेको छ । आयोगले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन भनेको हो । ‘भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि देहायका स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन […]
नागरिक रैबार/बाजुरा २५ पुस। नेकपा एमाले बाजुराका बढीजसो युवाहरु नेतृत्व परिर्वतनको पक्षमा देखिएका छन् । एमाले बाजुराको सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व आउनु पर्ने भन्दै युवाहरु चर्चापरिचर्चा गर्न थालेका छन् । नेतृत्व परिवर्तन एमाले बाजुराको आवश्यकता हो अधिवेशनमा सहभागि भएका एक प्रतिनिधि युवा नेताले भने, नयाँ नेतृत्व आउँदा पार्टी बाजुरामा एमाले थप बलियो हुने उनको […]
नागरिक रैबार/बाजुरा २५ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र केही बेरपछि सूरु हुने भएको छ । शुक्रबारबाट सूरु भएको एमालेको सातौं जिल्ला अधिवेशन उद्धघाटन् भएको ३ दिनपछि आज केही बेरमा सूरु हुने भएको हो । यस अघि शनिबार विहान ११ बजेबाट बन्द शत्र सूरु गरिने भनिएको भएपनि प्रतिकुल मौषमका कारण बन्द शत्रको […]
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ धिमका ९ वर्षिया सुप्रिम मल्ल ठकुरी द भ्वाईस अफ किड्सको टप ८ मा पर्न सफल भएका छन् । ‘द भ्वाइस किड्स’ को हिजो शनिबार साँझ भएको १८ औं एपिसोड सेमिफाइनलबाट बाजुराका सुप्रिम मल्ल ठकुरी कोच राजु लामाको टिमबाट टप ८ मा पर्न सफल भएका हुन् […]
काठमाडौं २४ पुस। पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका […]
धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै […]
नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र अझै सूरु हुन सकेको छैन् । शुक्रबार उद्धघाटन् भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र आज शनिबार विहान ११ बजेबाट हुने भनिएको थियो । प्रतिकुल मौषम र सवै प्रतिनिधि एकै ठाउँमा अटाउने सभाहल नभएपछि बन्द शत्रको कार्यक्रम सुरु हुन नसकेको […]
आहुती । विचार । नेकपा (एमाले) को दसौं महाधिवेशन सकेर देशभर जिल्ला अधिवेशन चलिरहेको छ । लाखभन्दा बढी मानिसको सहभागितामा उद्घाटन समारोह सम्पन्न हुनु भर्खर फुट बेहोरेको एमालेका निम्ति शानदार सफलता हो । आसन्न चुनावको तयारीका सन्दर्भमा एमालेको यो भीडभाड प्रदर्शनले संसद्वादी अन्य पार्टीलाई उकुसमुकुस बनायो होला । त्यसो त अन्य प्रतिस्पर्धी संसद्वादी पार्टीहरूले पनि अब यस्तै […]