होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
२८ पुस, नागरिक रैबार । जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय हुने गरी पाठ्यक्रम तयार गरेको छ । यसैगरी विभिन्न विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म योग विषय […]
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानी रहेका पार्टीका जिल्ला सभापतिसँग बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा ‘लन्च मिटिङ’ गरेका छन्। असन्तुष्ट पक्षको आयोजनामा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित तीन दिने भेलामा सहभागी जिल्ला सभापतिसँग परामर्श गर्न देउवाले निवासमै ‘लन्च मिटिङ’ गरेका हुन्। भेलामा सहभागी असन्तुष्ट पक्षका सभापति र राजधानीमा रहेका अन्य सभापति पनि देउवा निवासमा सहभागी […]
नागरिक रैबार/ बाजुरा ९ पुस । जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका विप्लव समुहका केन्द्रीय सदस्य चुणामणी ओलीले गृहमन्त्री राम बहादुर थापालाई अपराधी भएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुरामा पत्रकारहरुले चुणामणी ओलीलाइ भेट्ने क्रममा उक्त कुरा बताएका हुन बाजुराको गौमुल गाउँपालिका ३ माँझपालीबाट कार्तिक २२ गते शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल […]
रमित विक/ बाजुरा ६ पुस । गौमुल गाउँपालिकामा आजबाट कुमारी बैंकको शाखा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले रिबन काटेर उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले अब गाउँपालिकाका नियममित बैंकिङ्ग कारोबार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । लामो समयको प्रयासपछि गाउँपालिकामा बैंक सञ्चालन गर्ने […]
प्रमित बि.क/बाजुरा २१ मंसिर । जिल्लाको गौमुल गाउँपालिका कृषि शाखा र पशु शाखा घट्मुनाको आयोजनामा गौमुल गाउँपालिकाका ६ वडाका कृषकहरु १० दिने कृषि भ्रमणमा गएका छन् । “आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार जडीबुटी, पर्यटन प्रर्वद्धन र सहकारी मार्फत कृषिजन्य व्यापार” भन्ने मुल नाराका साथ कृषकलाई कृषि भ्रमणमा लागिएको हो । कृषकहरुको […]
मंसिर २०, सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाकाे छत्रेश्वरी गाउँपालिका -४ बाट दाङ तर्फ छुटेको ना ५ ख २८९० नम्बरको बस शुक्रबार कपुरकोट गाउँपालिका ५ स्थीत अरिङ्गालेफेदी भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा शारदा नगरपालिका -१ निवासि १९ वर्षिय प्रकाश रावत, छत्रेश्वरी -३ निवासि […]
एक छोराले आफ्नै वृद्ध आमाबाबुको हत्या गरेका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिका– ४, बालापुरस्थित गोरख यादवले आफ्नै आमाबाबुको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन्। शनिबार बिहान घरको कोठाभित्र रहेका ७२ वर्षीय बुबा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवलाई उनले धारिलो हतियार प्रहार गरेका थिए। धारिलो हतियार प्रहारपछि बुबा रामनारायण यादवको घटनास्थलमै मृत्यु भएको […]
काठमाडौं, १६ मंसिर । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको मनमा राम्रैगरी पर्छ । उपाय पनि थिएन । ‘पहिरोले कतिबेला कस्को जीवन खोस्ने हो ? को घाइते हुने हो भन्ने कुनै ठेगान थिएन । […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर।सदरमुकाम मार्तडीदेखी गौमुल जोड्ने ग्रामिण सडक कालोपत्रे गरिने भएको छ । इन्कुलुटिङ्ग धुलीखेल ग्याल्बा श्याम एण्ड शंकर जेवी निर्माण सेवाले उक्त सडक यसै एक वर्षभित्र कालोपत्रे गर्ने भएको हो । सडकको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले शनिबार उद्घाटन् गरेका हुन् । मार्तडी गौमुल […]
संगिता तिमिल्सेना/ बाजुरा १४ मंसिर । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं १ छतारामा वडा अध्यक्षका लागि उपनिर्वाचन सुरु भएको छ । त्रिवेणी नगरपािलका वडा नं १ छताराका स्थानिय ७० वर्षिय अर्जुन बहादुर बुढाबाट मतदान सुरु गरेको त्रिवेणीका वडा अध्यक्ष मिन बहादुर भण्डारीले जानकारी दिनुभएको छ । मतदान अनुशासित तरिकाले सम्पन्न गर्नका लागि महिला र […]
नागरिक रैबार/बाजुरा १३ मंसिर । चिसो छल्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको गौमुल गाउँपालिका ३ माझपालीमा रहेको बालविकास माध्यायिक विद्यालयका विद्यार्थीहरुलाई रातो बंगला फाउन्डेसनद्धारा चिसो छल्न न्यानो लुगा वितरण हो । दुर्गम विद्यालयमा रहेका बालवालीकाहरुलाई चिसोबाट जोगाउनको लागि रातो बंगला फाउन्डेसनको सहकार्य र ‘माया र न्यानो बाडौ’ भन्ने गैर सरकारी संस्थाको आयोजनामा […]
काठमाडौं, मंसिर १३ । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइन्छ । सप्ताहव्यापी महोत्सव मंगलबारबाट नै शुरु भएको छ । विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नका लागि जनकपुर प्रस्थान गर्दै्छिन् । साधु […]
डोटी: डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयमा दुई प्रहरी जवान विरुद्ध मुद्धा परेको छ। मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बिच सडकमै गाडी रोकेर अवरोध सिर्जना […]
काठमाडाैं । अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट […]
दयाराम पण्डित/ बाजुरा ३ मंसिर । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न. १० निवासी १४ वर्षिया तारा थापा सोमवार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन् । सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्क्त स्रावले छट्पटाई रहेकी छन् सर तपाईसंग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न ! हत्तपत्त […]
डडेल्धुरा: डडेल्धुरामा बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका हुन्। ३९ वर्षीय ससुरालाई २२ वर्षीया बुहारी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा लागेको छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार साझ आरोपित ससुराले बुहारी नाता पर्ने २२ वर्षीया महिलालाई कोठामा गएर बलात्कार गरेका थिए। जबरजस्ती […]
कैलालीमा छत बाट खसेर एक जनाको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका १ मा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको दोस्रो तला बाट खसेर बैङ्कमा कार्यालय सहयोगी रहेका दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय पन्त दोस्रो तला बाट खसे पछि टाउको र छातीमा चोट लागेको थियो । उपचारका क्रममा टीकापुर अस्पतालमा […]
रमित विक/बाजुरा ३ मंसिर । जिल्लाको गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य तथा संगित प्रशिक्षक नियुक्त गरेको छ । बालबालिकाहरुको पढाईमा उत्प्रेरणा जोगाउन र चौतर्फी विकास गर्नेका लागि दुई जना प्रशिक्षक गाउँ कार्यपालिकाको ३८ औं बैठकले नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ । गौमुल गाउँपालिका भित्र रहेका २२ वटै विद्यालयमा पुगेर विद्यार्थीलाई नृत्य सिकाउने […]
काठमाडौं: राजधानीको माछापोखरीमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ। भारतले सीमा मिचेको विरोधमा नेविसंघले ‘लिपुलेक हाम्रै हो’ भन्दै मसाल जुलुस निकालेको थियो। जुलुसमा प्रहरीले धरपकड गरेको छ। जुलुसमा सहभागी २१ जना पक्राउ परेको नेविसंघले जनाएको छ।