होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छोराद्वारा हतियार प्रहार गरी वृद्ध आमाबुबाको हत्या
समाचार

छोराद्वारा हतियार प्रहार गरी वृद्ध आमाबुबाको हत्या

  • नागरिक रैबार
छोराद्वारा हतियार प्रहार गरी वृद्ध आमाबुबाको हत्या

एक छोराले आफ्नै वृद्ध आमाबाबुको हत्या गरेका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिका– ४, बालापुरस्थित गोरख यादवले आफ्नै आमाबाबुको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन्। शनिबार बिहान घरको कोठाभित्र रहेका ७२ वर्षीय बुबा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवलाई उनले धारिलो हतियार प्रहार गरेका थिए।

धारिलो हतियार प्रहारपछि बुबा रामनारायण यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आमा थगना यादवको भने उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो।
यादवलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार