होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु प्रकरणः दुई प्रहरी जवान विरुद्ध मुद्धा
समाचार

डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु प्रकरणः दुई प्रहरी जवान विरुद्ध मुद्धा

  • नागरिक रैबार
डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु प्रकरणः दुई प्रहरी जवान विरुद्ध मुद्धा

डोटी: डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयमा दुई प्रहरी जवान विरुद्ध मुद्धा परेको छ।  मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बिच सडकमै गाडी रोकेर अवरोध सिर्जना गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो तर प्रहरीले थुनामा लिएको केही समयपछि उनको मृत्यु भएको थियो।

उक्त घटना प्रहरीका कारण भएको भन्दै मृतकका आफन्तले डोटीको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान शंकर खड्का र प्रहरी जवान दिपक शामन्त विरुद्ध मुद्धा दर्ता गरेका हुन। मृतका बुवा तिलक सिंह पालीले दुवेै प्रहरी जवानको नाममा कर्तव्य ज्यान शीर्षकमा मुद्धा किटानी जाहेरी दिएका थिए।

विज्ञापन

मुद्धा परे लगत्तै जिल्ला प्रहरी कार्यालय डोटीले दुवै प्रहरी जवानलाई निलम्बन गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले बताएका छन्। गणेश पाली से १ज२९२ नम्बरको जीपका चालक हुन्। उनको शव डडेल्धुरा अस्पतालमा राखिएको थियो।

घटना अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले भीमदत्त पन्त राजमार्गको गैरा बजारमा सडक अवरुद्ध पारेका थिए। उनिहरुले दोषीलाई कारवाही नभएसम्म शव बुझ्न मानेका थिएनन् । बिहिबार मृतकको परिवारका सदस्यहरु अस्पताल पुगेपछि पोष्ठमार्टम गरी शव परिवारलाई बुझाइएको देउवाले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार