होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३ असार।हिमाली गाउँपालिकाका विपन्न र लक्षित महिलाहरुका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको छ । गाउँपालिका भित्रका विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउन र उनिहरुलाई आत्मनिर्भर बनाउनका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको हो । घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र अन्तरगत हिमाली गाउँपालिका उद्योग विकाश शाखाको आयोजना, आईएन एफ नेपाल बाजुरा […]
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै १,९५० केसहरू केरलामा छन्। स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० सम्म सक्रिय केस […]
नागरिक रैबार/बाजुरा २५ जेठ। राष्ट्रिय दलित पत्रकार संघ बाजुरा शाखाले २०८२ सालको भित्रेपात्रो विमोचन गरेको छ । संघले आइतबार एक औपचारिक कार्यक्रमका बीच २०८२ सालको भित्रेपात्रो विमोचन गरेको हो। बडीमालिका नगरपालिकाकी उप–प्रमुख नन्दा कुमारी थापाले भित्तेपात्रो पढेर औपचारिक रूपमा विमोचन गरेकी हुन्। भित्तेपात्रो विमोचन कार्यक्रम संघका अध्यक्ष धनरुप कामीको अध्यक्षतामा सम्पन्न भएकाे छ । बडीमालिका […]
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले उक्त कुरा बताएका हुन् । यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले जातीय विभेद सामाजिक, नैतिक तथा […]
नागरिक रैबार/बाजुरा २३ बैशाख । दलितका लागी दलित अभियानका संयोजक तथा सामाजिक अभियान्ता खगेन्द्र सुनार बाजुराको कोल्टीमा आईपुगेका छन् । दलित समुदायको हक हितका लागि पहिलोपटक बाजुराको कोल्टीमा आईपुगेका सुनारले भोलि हुने दलित जागरण सभालाई सम्बोधन गर्ने भएका हुन् । मंगलबार जिल्ला सदरमुका मार्तडी हुँदै कोल्टी पुगेका सामाजिक अभियान्ता सुनारलाई कोल्टी क्षेत्रका नागरिकहरुले फुलगुच्चा, खादा […]
बझाङमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ । सुदुर पश्चिम का अन्य जिल्ला बाजुरा अछाममा आयोजना गरेको कार्यक्रम सकेर बझाङमा २६गते हुने जागरण सभा को आयोजना हुने भएको हो । जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको […]
सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमवार राति सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो। सहमतिपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताए। उनले […]
नागरिक रैबार/बाजुरा १६ जेठ । बाजुराको कोल्टीमा यहि जेठ २१ गतेका दिन जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ । जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको हो । जातीय भेदभाव […]
काठमाडौं : आज १८ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ र ९ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । वडामा रहेका सवै बालवालिकाहरुले उमेर अनुसारको खोप सेवा लिएपछि शुक्रबार ५ र ९ नम्वर वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएका हुन् । पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि यि दुवै वटै वडालाई एकसाथ पूर्णखोपयुक्त वडा […]
नागरिक रैबार/बाजुरा ८ जेठ। बाजुरामा हालसम्म ८५ हजार ९ सय ७८ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले विहिबार सार्वजनिक गरेको मतदाता नामावलीको तथ्याकं अनुसार जिल्लाका ९ वटै पालिकाका ६९ वटा वडामा महिला पुरुष गरि ८५ हजार ९ सय ७८ जना मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन कुराकानी भएको छ ।आजबाट सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड लगायतका शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला पुगेका थिए । देउवासँग कुराकानी भएको जानकारी प्रचण्ड आफैँले शुक्रबार सञ्चारकर्मीलाई बताएका थिए […]
झापा– हावाहुरीका कारण घर भत्किँदा झापामा बुधबार राति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका– ५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हावाहुरीले टिनको छाना भएको घरको बिम खस्दा त्यसले च्यापिएर मगरको मृत्यु भएको बताइएको छ ।
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बुढीगंगा नगरपालिकामा एकै दिन ७ वटा संस्थागत भवनहरु उद्घाटन गरिएका छन् । नगरपालिकाले आइतबार आफ्ना ५ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य संस्था र सीप विकास तालिम केन्द्र भवनको औपचारिक रुपमा उद्घाटन गरेको हो । समृद्धिका लागि बुढीगंगा विकास कचहरी कार्यक्रमको दोस्रो दिन पालिका भित्रका २,४, ५, ९ र १० […]
नागरिक रैबार/बाजुरा २८ बैशाख। सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने गरी भ्रखरै आएका प्रहरी नायव महानिरिक्षक (डिआईजी) डम्वर बहादुर विक यतिबेला प्रदेश मातहतका जिल्लाहरुमा स्थलगत निरिक्षणमा निस्किएका छन् । बुधबार मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीकाे कमाण्ड सम्हालेका विक जिल्ला प्रहरी कार्यालयकाे स्थलगत निरिक्षणका क्रममा बाजुरा पुगेका छन् । विकलाई बडीमालिका नगरपालिकाले भव्य रुपमा स्वागत गरेको छ । […]
नागरिक रैबार/बाजुरा २७ बैशाख। समृद्विको आधारका लागि बुढीगंगा विकास कचहरी कार्यक्रम सूरु भएको छ । बुढीगंगा नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीसंगको सहकार्यमा उक्त कार्यक्रम बुढीगंगा नगरपालिकाको केन्द्र कुल्देवमाण्डौंमा सूरु भएको हो । २९ गतेसम्म संचालन हुने कार्यक्रमको शनिवार एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख देबराज जोशीले उद्धघाटन् […]
वैशाख, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने बताएका हुन् । यस्तै बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने उनले बताए […]
नागरिक रैबार/बाजुरा १२ बैशाख। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का बाजुरामा आएका छन् । मन्त्री खड्का जिल्ला अस्पताल बाजुराको व्लड बैक उद्धघाटन् र स्वामीकार्तिक खापर गाउँपालिकामा हुने वृहत लोक साँस्कृतिक उत्सव उद्घाटनका लागि बाजुरा आउनु भएकाे नेपाली काँग्रेस बाजुराले जनाएको छ । मन्त्री खड्का बाजुरा सदरमुकाम पुगेपछि नेपाली काँग्रेस लगायत भातृ एबम् शुभेच्छुक संघ,संगठनहरुले […]
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसका स्थानीय नागरिकहरु अध्याँरोबाट मुक्त भएका छन् । पुस्तौदेखि अँध्यारोमा रात विताउँदै आएका हिमाली गाउँपालिकाको १, २, ३ नम्वर वडा साविकको विच्छ्या गाविसका ६ सय ८२ घरपरिवार विद्युत सेवा उपभोग गर्न पाउने भएका हुन् । त्यस्तै वडा नम्बर ५ स्थित क्युडी गाउँका […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। बाजुराको गाैमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायालाई पितृशोक परेको छ । गाउँपालिका अध्यक्ष राेकायाका बुवा जयबहादुर रोकायाको ८१ वर्षको उमेरमा गौमुल गाउँपालिका-१ अम्लिसमा शुक्रबार बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । ८१ वर्षका रोकाया नशा सम्बन्धि समस्याबाट पीडित थिए । रोकायाको हिन्दु परम्परा अनुसार आज नै गाउँमै रहेको आँग्रा नदीमा […]