होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • राष्ट्रपति रनिङ सिल्ड वैशाखमा
खेलकुद

राष्ट्रपति रनिङ सिल्ड वैशाखमा

  • नागरिक रैबार
राष्ट्रपति रनिङ सिल्ड वैशाखमा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति निर्धारण गरिएको छ। राखेप सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता २०८१ वैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गर्नेलगायत निर्णय पनि गरेको छ।

त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा कोशीका सदस्यसचिव हंशराज वाग्ले, मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण विकास मन्त्रालयका सचिव चूडामणि फुयाल, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, सुदूरपश्चिमका सदस्यसचिव दीपक सिंह, राखेप सदस्य अञ्जन धमला र प्रकाशकुमार कुसारीलगायतको उपस्थिति थियो। अन्नपूर्णपोष्टबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार