होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नहकुल जाेशी/ काेल्टी ९ जेठ। बाजुराको हिमाली गाउँपालिका वडा नं ७ की एक बालिकाको परिवारले हाल उपचार गर्न समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेका छन । हिमाली सात वाधुका जसी लुवारकी छोरी विपना लुहार बैसाख तीन गते भिरबाट लडेर सक्क्त घाइते भएपछि हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार गराई रहेकी छन । विपना लुवारको […]
स्रोतको संकट भएका वेला ठूलो नभई यथार्थवादी बजेट बनाउन विज्ञहरू एवं योजना आयोगले समेत सुझाब दिए पनि अर्थ मन्त्रालय भने विगतकै जस्तो बजेटको आकार बढाउने पक्षमा देखिएको छ । अर्थ मन्त्रालयले सवा १७ खर्ब हाराहारी आकारको बजेट निर्माण गरिरहेको हो । राजस्वको लक्ष्य गत वर्षकै हाराहारीमा राख्ने, आन्तरिक तथा बाह्य ऋण र अनुदान परिचालनलाई बढाउने […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले नेपालकै भुमी भएर कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने बाटाे बनाउने भएकाे छ । मंगलवार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने तम्बाखु–मौराभेल–दोपक्षय क्षेत्रमा तत्काल बाटो निर्माणकालागि भौतिक पूर्वाधार विकास मन्त्रालयवाट स्थानीय व्यास गाउँपालिकालाई ३० लाख रकम दिने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले बताए । […]
काठमाडौँ, अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण […]
कमिला शार्की/बाजुरा ३१ बैशाख। हिमालि गाउँपालिकाले राहत धनगढीमा राहत बितरण गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाईरस (काेभिड – १९) बाट प्रभावित भएका बाजुरा जिल्ला हिमाली गाउपालिका स्थायी घर भई विभिन्न कामको सिलसिलामा धनगढीमा रहेकाहरुलाई राहत बितरण गरेको हाे । हिमाली गाउँपालिकाले लक डाउनका कारण अलपत्र आफ्ना नागरिक, बिद्यार्थी, मजदुर गरिव तथा बिपन्न परिवारहरुलाई […]
जीवन कैला /कोल्टी २८ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले जिल्ला वाहिर विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने निर्णय गरेको छ । बुढिनन्दा नगरपालिकाका प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा वसेको बैठकले जिल्ला वाहिर औषधी उपचार गर्न गएका विरामी, दैनिक ज्याला मजदुरीका लागि गएका श्रमिक र अध्ययन अध्यापनका लागि गएका विद्यार्थीहरुलाई आर्थिक रकम […]
अनिल शाही/बाजुरा, २८ बैशाख। बाजुराको जगन्नाथ गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने थालेको छ । कोरोना महामारिका कारण देशमा लकडाउन भए पछि जिल्ला बाहिर अलपत्र अवस्थामा परेका विद्यार्थी, श्रमिक, उपचार गर्ने गएका विरामी लगायत स्थानियहरुलाई आर्थिक रकम वितरण गर्न थालेको हो । गाउँपालिकाले लकडाउनका कारण जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका […]
डोटी । डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ । गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० डोटेलीमध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३३७ को पिसीआर परीक्षण गरिएको छ । किट अभावका कारण भारतबाट आएकामध्ये बाँकी रहेका […]
काठमाडौं । आजदेखि संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि […]
नागरिक रैबार/बाजुरा १० बैशाख। जिल्लाकाे सदरमुकाम मार्तडीमा लकडाउनकाे माैका छाेपेर एक घरमा चाेरी भएकाे छ । मंगलबार सांझ बडीमालिका नगरपालिका वडा ९ माझगाउं स्थित दिलबहादुर विककाे घरमा रहेेका ३ वटा काेठामा लगाएकाे ताला फाेरेर अावश्यक सरसामान र केही नगद रूपैयाँ सहित चाेरी भएकाे हाे । घरधनी विककाे घरमा रहेका उक्त काेठाहरूमा सदरमुकाम बाहिरबाट अाएका स्थानीयहरू […]
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुरा जिल्लाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि अमेरिका बस्ने बाजुराकै एक चेलीले सर्जिकल मास्क सहयाेग गरेकि छन् । हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीहरूले मास्क समेत नपाएको बेला उनले स्वास्थ्यकर्मीहरूका लागि १८ सय सर्जिकल मास्क सहयाेग गरेकि हुन् । बाजुराको बुढिगंगा नगरपालिका १ कुडि घर भइ हाल अमेरीकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वरी सिंहले […]
कोरोनाका कारण देखा परेको विश्वव्यापी आर्थिक मन्दीले हाम्रो कमजोर निर्यात क्षेत्रलाई झन् ठूलो धक्का पु-याउनेछ कोरोना भाइरस प्रकोप (कोभिड-१९) ले क्षेत्रीय र विश्व अर्थ व्यवस्थामा गम्भीर असर पारिराखेको छ । भाइरसको महामारी कहिले रोकिने हो, ठेगान छैन । धेरै देशसँग त यसलाई जाँच्ने उपकरणसमेत अभाव छ । अहिले यस रोगको खोप पत्ता लगाउन वैज्ञानिक लागिपरेका […]
नागरिक रैकार/बाजुरा २ बैशाख। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका पुर्विउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा ८ लाख ८० हजार बराबरको क्षति भएको छ । अविरल वर्षाकै कारण गाउँपालिकाको वडा नं. ७ का ४ जना बाख्रापालक कृषकका हाउडी लेखको छानामा रहेका १ सय १० बाख्राहरुलाई चुलीगाड खोलाले बगाएको हिमालीको धुलाचौरमा रहेको प्रहरी चौकीले बताएको छ […]
२०७६ साल नेपाली अर्थतन्त्रका लागि औसत रह्यो। वर्षको अन्त्यतिर कोरोना संक्रमण महामारीको रूपमा विश्वव्यापी हुनु अघिसम्म नेपालको अर्थतन्त्र न उत्साहप्रद रह्यो, न निरास नै हुनुपर्ने अवस्था थियो। वर्षको सुरुवात प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जथाभावी खर्चको मुद्दा प्रधान थियो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँदर धपाउने, मकै गोड्नेजस्ता काममा सत्ताका आसेपासे पोस्न सार्वजनिक स्रोतको दोहन भएकाले वित्तीय अनुशासन प्राथमिकतामा […]
गगन अयडी/धनगढी २० चैत। महामारिको रुपमा देखिएको विश्वमा कोरना भाईरस संग सामना गर्न नेपालमा पनि लकडाउन भएको डेढ साता बित्न थालेको छ । लकडाउनकै कारणले दैनिक ज्याला मज्दुरी गरेर खाने वर्गलाई भने समस्या देखिएको छ । मज्दुरी गरेर खाने घरपरीवारलाई केहि राहत पुगोस भन्ने पबित्र उद्देश्यका साथ हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.ले चामल र चेल […]
काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलले आफ्नो कर बाहेक २ प्रति एमबी रहेको […]
नागरिक रैबार/बाजुरा २० चैत्र। बझाङ्ग–बाजुरा सम्पर्क समिति बाजुराले जिल्ला प्रहरी कार्यालय बाजुरालाई सहयोग गरेको छ । बाजुरा जिल्लामा विभिन्न पेशामा आवद्ध रहेका र सो सम्पर्क समितिका पदाधिकारीहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाजुरालाई १ सय पीस मास्क सहित ५ लिटर ह्याण्ड सेनिटाईजर सहयोग गरिएको हो । जिल्ला अस्पताल बाजुरामा फार्मेसी सेवामा कार्यरत रहेका सो सम्पर्क समितिका […]
नागरिक रैबार/बाजुरा १९ चैत्र। ‘नेपाल स्टार’ सिङगिङ रियालिटी सो को धनगढी अडिसनबाट बाजुराका दुईजना छनोट भएका छन् । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ सूरु भएको नेपाल स्टारमा धनगढीको अडिसनबाट बाजुराको बडीमालिका नगरपालिका वडा न. ८ का विनोद थापा र बुढीनन्दा नगरपालिकाका धर्वेन्द्र सुनार छनोट भएका हुन् । उनीहरु दुवै जनाले गत शनिवार राती […]
सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको हो। भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७बाट विगठन हुने उनले बताए।
गगन अयडी/धनगढी १५ चैत्र। सिदार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस नियन्त्रणकालागि १० लाख रुपैया तेक दिएर सहयोग गरेको छ । बैंकका सुदूरपश्चिम कार्यालय प्रमुख पवनचन्द्र अधिकारी र धनगढी शाखाका शाखा प्रमुख नितेश श्रेष्ठले उक्त रकमको चेक संयूक्तमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । विश्वव्यापी फैलिएको भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो […]