होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • ११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व
समाज

११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व

  • नागरिक रैबार
११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व

काठमाडौं – बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको हो ।

विभागका अनुसार १–१२ असारसम्म कुल २४ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जसमध्ये आयकरतर्फ १२ अर्ब ६२ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

कुल राजस्व संकलन : २४ अर्ब २२ करोड रुपैयाँ
आयकरतर्फ : १२ अर्ब ६२ करोड
अन्तःशुल्कतर्फ : ३ अर्ब ८ करोड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ : ८ अर्ब १६ करोड
शिक्षा र स्वास्थ्य सेवा कर : ३६ करोड

यस अवधिमा जम्मा भएको २४ अर्ब २२ करोड राजस्व मध्ये आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)बाट गरी जम्मा २३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो भने अन्य बाँकी ३६ करोड रुपैयाँ शिक्षा सेवा र स्वास्थ्य सेवा करबापत संकलन भएको विभागले जनाएको छ ।

विज्ञापन

सरकारको गत ७ असारभित्र कर तिर्न दिएको पछिल्लो अल्टिमेटमलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । तर, सर्वोच्चले दिएको यस्तो मौकाका बाबजुद पनि करदाता एवं सेवाग्राही व्यवसायीले असारको बितेका ११ दिनमा २४ अर्ब २२ करोड रुपैयाँ राजस्व खातामा दाखिला गरिदिएर सरकारलाई संकट परेको बेला सारथी बनिदिएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार