होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ७ पुस । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले एक महिनाजसो सोसल मिडियामा हाजिरी जनाइनन् । मूलधारका सञ्चारमाध्यममा पनि देखिइनन् । आखिर सोसल मिडिया सेलेब्रिटी झाँक्री कता बेपत्ता भइन् त ? हिजो राति प्रसारण भएको प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री […]
बाजुरा -नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराले पुस ११ गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने भएको छ । पार्टीको जिल्ला अधिवेशनको पूर्व तयारीका लागि बैठक बस्न लागेको एमाले बाजुराले जनाएकाे छ। नेकपा एमालेले देशभरकै ७७ जिल्लामा पुस २३ गते एकै दिन जिल्ला अधिवेशन गर्न मिति तय गरेको छ । एकसाथ वडा र पालिका अधिवेशनको मिति तय […]
काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए । ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त […]
काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मंसिर २४ मा महाधिवेशन उद्घाटन समारोहमा भनेका थिए, ‘म जहाँ हुन्छु, कांग्रेस त्यहीँ रहनेछ ।’ उनले यसलाई अहंका रूपमा नबुझ्न आग्रह गरेका थिए तर उक्त भनाइभित्र उनले नेतृत्व गरेको समूहको शक्ति लुकेको थियो । महाधिवेशनमा सिटौलाले आफ्नो समूहको शक्तिका आधारमा सभापति शेरबहादुर देउवालाई दबाबमा राख्दै एक महामन्त्री, एक सहमहामन्त्रीसहित आधा […]
काठमाडौं, २ पौष । नेकपा एमाले विभजित भएपछि एकपछि अर्को गर्दै शक्ति गुमाइरहेको छ । माधव कुमार नेपालले एमाले छाडी नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेले निरन्तर शक्ति गुमाइरहेको हो । एमाले नफुट्दै भएको विवादले उसले राष्ट्रियसभाको उपनिर्वाचनमा धक्का खाएको थियो । त्यसपछि अध्यक्ष केपी शर्मा ओली सरकारबाट हट्ने परिस्थिति बन्यो । अहिले फेरि एमालेले […]
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए । राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै […]
नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी दिए ।कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु […]
नागरिक रैबार/बाजुरा २९ मंसिर।नेकपा माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको मुख्य गेट नजिकै कोटघरमा रहेको माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा सोमवार राति चोरी भएको माओवादी केन्द्र बाजुराले जनाएको छ । पार्टी कार्यालयको ढोका फुटाएर कार्यालय भित्र रहेका कम्प्युटर १ थान,ल्यापटप १ ,फम, राउटर १ थान,थाली ३ थान र मल्टिपलक […]
काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगण्ना सम्पन्न भइसकेको छ। अरु पदको मतगण्ना अब सुरु हुँदैछ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेको । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ। अहिले साढे ६ बजेपछि मतगण्ना सुरु […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् । महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनले बताए । उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा […]
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संघीन आरोप लगाएका छन् ।बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउँदै ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष दाहालको साँठगाँठमा माघ-१९ को कदम चालिएको आरोप लगाएका हुन् ।‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो । कसका […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ । मंगलबार राति सार्वजनिक मत […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको मतगणना बुधबार साँझदेखि सुरु गर्ने तयारी भएको छ । सभापतिततर्फको मतगणनाको नतिजा आएसँगै पदाधिकारीतर्फको मतगणना सुरु गर्न लागिएको छ । राजधानीको प्रदर्शनीमार्गमा सोमबार भएको मतदानको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ भने सो मतपेटिका बेलुकादेखि खोलेर गणना गर्न सुरु गरिने काँग्रेस निर्वाचन समितिका सदस्य एगराज […]
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए […]
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)लाई पार्टी नेतृत्व चयन गर्न सकस भएको छ । शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेश सम्मेलनले प्रदेश समिटी सदस्य नै टुङ्गो लगाउन सकेको छैन् । माओवादीले कर्णाली प्रदेशमा २११ जनाको प्रदेश कमिटी चयन गर्नुपर्ने छ । नेतृत्वमा ३५ प्रतिशत महिला र २५ प्रतिशत दलित सहभागिता सुनिश्चित गर्नुपर्ने भएकाले नेतृत्व चयनमा […]
काठमाडौँ — कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवैको समर्थन लिएका छन् । पहिलो चरणमा देउवासँगै नेतृत्व परिवर्तनको एजेन्डा लिएर प्रतिस्पर्धामा उत्रिएका उनीहरू दोस्रो चरणमा देउवासँगै एकैठाउँमा उभिएका हुन् । अब कांग्रेस सभापतिका लागि देउवा र अर्का प्रत्यासी शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो […]
काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले समर्थन गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए भने सो क्रममा दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ । […]
धनगढीः केही समयअघि सम्पन्न भएको नेकपा एमालेको महाधिवेशनका लागि डोटीका धर्मसिंह विश्वकर्मा प्रतिनिधि थिए। उनी डोटीको दीपायल सिलगढीमा रहेको महेन्द्र आधारभूत विद्यालयका शिक्षक समेत हुन्। यस्तै एमालेको अधिवेशनका लागि डोटीका शिक्षक कृष्णकुमार खड्का र भागरथी धामी पनि प्रतिनिधिमा छनोट भएका छन्। खड्का सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण माविका शिक्षक हुन् भने धामी पूर्वीचौकीमा रहेको भारतोली […]
नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने नेताहरुले बताएका छन् । कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर […]