होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १५ कार्तिक एमाले बडीमालिका नगर कमिटीको प्रथम नगर अधिबेशन ४ दिनपछि सम्पन्न भएकाे छ । कार्तिक १२ गतेबाट सूरू भएकाे प्रथम नगर अधिवेशन ४ दिनपछि आज सम्पन्न भएकाे हाे । साेमबार सम्पन्न भएकाे नगर अधिवेशनबाट अध्यक्षमा धर्मराज पाध्याय, उपाध्यक्षमा विमला कुमारी साउंद, सचिव राजेश पायल विक, उपसचिव कर्णबहादुर विक, कालू रावल लगायत […]
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पद आजबाट सकिँदै छ। सांसद नरहेका तीन मन्त्रीको पद आज सकिन्छ। नेकपा (एकीकृत समाजवादी) मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो। तत्कालीन समयमा नेकपा एमालेमा रहेका उनीहरुले फ्लोर […]
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन् । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा […]
नागरिक रैबार बाजुरा १४ कार्तिक। जिल्लाकाे स्वामिकार्तिक गाउँपालिका वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा अधिवेशन सम्पन्न भएकाे छ । आज सम्पन्न भएकाे प्रथम वडा अधिवेशनले गाेरे भण्डारी अध्यक्ष, उपाध्यक्ष- जसी दमाई, सचिव काली बहादुर बुढा उपसचिव- जनक हमाल रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे । वडाका वयवृद्व मनिराम बुढाकाे […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्षमा धर्मराज पाध्याय सर्वसम्मत चयन भएका छन् ।नेकपा (एमाले) बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन बाट बडीमालिका ७ का वडा अध्यक्ष समेत रहेका पाध्याय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । नगर कमिटीको उपाध्यक्ष, उपसचिव, सचिव लगायतका अन्य पदहरुमा भने अझै सहमति हुन सकेको छैन् । नगर अधिवेशन […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नं. २ साप्पाटामा नेकपा एकिकृत समाजवादी पार्टी वडा नं २ को वृहत कार्यकर्ता भेला आयोजना गरिएको छ । समाजवादी पार्टी २ नम्बर वडाका वयवृद्ध तथा समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य मन्नाम बुढाको अध्यक्षतामा उक्त कार्यक्रम साप्पाटामा चलिरहेको छ । कार्यक्रर्ता भेलामा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टीका […]
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटीको नेतृत्व चयनमा ढिलाई भएको छ ।नगर अधिवेशन सूरु भएको ३ दिन वित्न लाग्दा समेत नयाँ नेतृत्व चयनमा ढिलाई भएको हो । नगर कमिटीको नयाँ नेतृत्वमा आउनका लागि उम्मेदवारहरुवीच सहमति हुन नसकेपछि नेतृत्व चयनमा ढिलाई भएको नगर निर्वाचन समितिले जानकारी दिएको छ । नगर कमिटीको अध्यक्षमा धर्मराज […]
नागरिक रैबार बाजुरा १३ कार्तिक नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन भएका छन् । विहिबारबाट सुरू भएकाे एमाले बुढीगंगा नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष नरेन्द्र थापा, उपाध्यक्ष हरिकेश नेपाली, सचिवमा हिमाल शाह, उप-सचिव सर्कल थापा, उप-सचिव डम्म थापा लगायत ७५ सदस्यीय नगर कमिटी चयन गरिएकाे छ । नगर कमिटी अध्यक्ष चयन […]
धनगढी: नेकपा एमालेले सुदूरपश्चिममा बझाङ बाहेकका ८ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। ७३४ वडा रहेको प्रदेशमा बझाङ बाहेकका ५६४ वडामा अधिवेशनपश्चात सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। उनका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीका ११० वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। यस्तै ९ स्थानीय […]
१३ कात्तिक, रोल्पा (थवाङ) । औसत मानिस चाहन्छ, जीवनको आखिरी क्षण परिवारको साथ सुखसयलमै बितोस् । र, त्यहीं देह-त्याग होस् । तर उनी भने अपवाद बन्न पुगे । भइदियो यस्तो कि जीवनको उत्तरार्द्धमा उनी जापानको सुखसयल र सम्पन्नता छोडेर विकासोन्मुख देशको दुर्गम बस्तीतिर निस्किए । त्यो पनि युद्धले छियाछिया बनाएका बस्तीहरूतिर । युद्धताका मीठा मीठा […]
कात्तिक १२ पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न […]
सत्तारुढ नेपाली काँग्रेसलाई आगामी मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था खडा भएको छ । केही महिनापछि हुन लागेको १९ सीटको राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशका २२ सीटको उपनिर्वाचन अनि स्थानीय तहको निर्वाचनमा भाग लिन मंसिरमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता छ ।यसैलाई मध्यनजर गरी काँग्रेसले महाधिवेशन फेरि नयाँ कार्यतालिका ल्याएको छ । तर, […]
१२ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनमा हुने राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरे । बुटवलमा हुने भनिएको महाधिवेशनलाई एमालेले चितवनमा […]
नागरिक रैबार/ बाजुरा १२ कार्तिक । एमाले बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन सूरू नागरिक रैबार बाजुरा १२ कार्तिक नेकपा एमाले बडीमालिका नगर कमिटीकाे प्रथम बडीमालिका नगर कमिटीकाे प्रथम नगर अधिवेशन आजबाट सुरू भएकाे छ । बडीमालिका नगर कमिटी अध्यक्ष विरबहादुर रावलकाे अध्यक्षतामा सूरू भएकाे प्रथम नगर अधिवेशनमा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य लालबहादुर थापा रहेका […]
आगामी मंसिरमा तीन पार्टी नेपाली काँग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन हुने भएको छ । आज मात्रै काँग्रेस र राप्रपाले महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेका छन् भने एमालेले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ । काँग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको छ […]
नागरिक रैबार बाजुरा १० कार्तिक नेकपा एमाले त्रिवेणी नगरपालिका वडा नम्बर ४ काे वडा अधिवेशन सम्पन्न भएकाे भएकाे छ । बुधबार एक कार्यक्रमका विच त्रिवेणी ४ नम्बर वडामा भएकाे प्रथम वडा अधिवेशनले अध्यक्षमा कृष्ण साँउद र सचिवमा रूप साँउद रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरेकाे छ। वडा कमिटीकाे अधिवेशनमा एमाले बाजुराका नेता भरत […]
मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् […]
जीवन कैला/काेल्टी १० कार्तिक। नेकपा एमाले बाजुराका संस्थापक नेता वीरबहादुर शाहीले नेकपा एमाले पार्टी परीत्याग गरी नेकपा एकिकृत सामाजवादी पार्टी रोज्नुभएको छ । विगत लामो समय देखि एमालेको मुल राजनिति प्रवाहामा रहदै आउनुभएका नेता शाहीले नेकपा एमालेलाई परीत्याग गर्दै आज नेकपा एकिकृत समाजवादि पार्टी रोज्नुभएको हो । २०५४ सालको स्थानिय चुनावमा गोत्रि गाउँ विकाश समितिको […]
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश […]