होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेको तोक्यो प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड (सूचीसहित)
समाचार

एमालेको तोक्यो प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड (सूचीसहित)

  • नागरिक रैबार
एमालेको तोक्यो प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड (सूचीसहित)

काठमाडौं, पुस ११ । नेकपा (एमाले) ले प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड तोकेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अपानि १ मा प्रदेश र जिल्ला अधिवेशन एकै दिनलाई तोक्दै अधिवेशनका लागि ९ बुँदे मापदण्ड राखिएको हो ।

एमालेले देशभर एकै दिन अधिवेशन गर्ने गरी पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेशको अधिवेशन गर्ने मिति तोकेको छ । सोही अनुसार अधिवेशनका लागि जारी गरिएको मापदण्डको पहिलो बुँदामा भनिएको छ, जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएकोपार्टी सदस्यतालाई नैआधार बनाउने ।

यस्तो छ मापदण्ड

विज्ञापन

अधिवेशनसम्बन्धी अन्य विषय देहायबमोजिम गर्नेः

 जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएकोपार्टी सदस्यतालाई नैआधार बनाउने ।

 अधिवेशनको लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्था अनुसार सम्बन्धित कमिटीलेतय गर्ने ।

 जिल्ला अध्यक्षहरू माथिल्लो कमिटीमा निर्वाचित भएको हालको अवस्थामा निजकैअध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने ।

 मौसमी प्रतिकूलताका कारणलेपुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने ।

 जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश संगठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्ने ।

अधिवेशनमा प्रतिनिधिहरूलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने ।

सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने ।

 निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अनुसार गर्ने ।

 अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र निर्वाचित पदाधिकारीको नामावली सहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार