होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्वाचन आयोगले भोलि देशभर प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने भएको छ । टिकट पाएका नेताहरु उम्मेदवारी दर्ताको लागि जिल्लातर्फ लागेका छन् । उम्मेदवारी दर्ताको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि गोरखा जाने भएका छन् । प्रचण्डसँगै नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई पनि गोरखा जाने भएका छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा २ बाट […]
काठमाडौं । बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभाको लागि जङ्गकुमार गिरीले टिकट पाएका छन् । मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि गिरीले बाजुरबाट टिकट पाएका हुन् । विकासप्रेमी छवि बनाएका नेता गिरी जिल्ला विकास समितिका पूर्व सभापति हुन् । गिरी राप्रपाका केन्द्रीय सदश्य समेत हुन् ।
नेकपा एमालेका नेता भीम रावलले अछाम १ बाट कसले टिकट पाएको हो ? भन्ने आधिकारिकता बुझिरहेको बताएका छन् । उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए । रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । रावलको निर्वाचन […]
एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्।उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए। सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्। अछाम-१ बाट बोहोरा र अछाम-२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमालेका एक नेताले बताए। २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन […]
नागरिक रैबार/बाजुरा २१ असाेज।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि बाजुरामा एमालेबाट ३ जनाकाे उम्मेदवारी रहने भएकाे छ । जसमा प्रतिनिधि सभाकाे प्रत्येक्ष तर्फ एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा उम्मेदवार बनेका छन् । उनी ०७० मा भएकाे संविधानसभाकाे दाेस्राे निर्वाचनमा विजयी भएका थिए । प्रदेश सभा तर्फका २ वटा […]
काठमाडौं । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् । केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज (आगामी आइतबार) का लागि मिति तोकेको छ । त्यो दिन कार्यालय […]
नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरीसहित विभिन्न नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। बिहीबार साँझ बालकोटमा नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए। एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन्। गत […]
नेकपा एमालेकी निवर्तमान सांसद एवं नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन्। शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको उनले बताएकी हुन्। उनले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन्। देशलाई […]
निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ । यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको पाँच वर्षको कार्यकाल सकिएको छ। पाँच वर्षमा सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले मात्र तीन लाख ११ हजार चाँडपर्व खर्च बुझेका छन्। सभामुख थापाले आर्थिक वर्ष २०७५/०७६ मा ५५ हजार चाँडपर्व खर्च बुझेकामा पछिल्ला चार वर्षमा ६४ हजारका दरले रकम बुझेका हुन्। उप–सभामुख निर्मला बडाल जोशीले २ लाख ७९ हजार रुपैयाँ पाँच वर्षमा […]
नागरिक रैबार/बाजुरा १३ असोज। नेकपा एमालेका नेता मनलाल खत्री र रामलाल कार्कीले एमाले छोडेका छन् । प्रदेश कमिटी सदस्य रहेका दुबै जनाले नेकपा एमाले छोडेर माओवादी रोजेका हुन् । दुबै जनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटामा आज पार्टी प्रवेशको टिका लगाएका छन् । कार्की र खत्रीलाई प्रचण्डले आफ्नै निजी निवासमा अविर खादा […]
मुलुक संघीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पु¥याउने सरकारी लक्ष्य २०७४ असार मसान्तसम्म थियो । तर, तोकिएको मितिसम्म दुई सय ९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा […]
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ ।प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो । मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए । ‘केन्द्रीय घोषणापत्र प्रमुख हुने भइ नै हाल्यो । केन्द्रीय घोषणापत्रमा प्रदेशको सार पनि […]
राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिएकी छिन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न […]
नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने योजना रहेको […]
नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि यो पटक विगतको भन्दा छोटो, बुँदागत र प्रस्ट चुनावी घोषणापत्र बनाउने भएको छ । साथै एमालेले आगामी ५ बर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनावी घोषणापत्र मस्यौदा समितिको बैठकले स्पष्ट र छोटो घोषणापत्र बनाउन उपयुक्त […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ”, पौडेलले भने, “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार […]
काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन्।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए । ‘उहाँहरू (गठबन्धनका नेता) जनतालाई अलमल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन्। शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए। उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका […]
नागरिक रैबार/बाजुरा ३० भदौ। बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्वर ९ मा २५ सदस्यीय बैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको छ । बडीमालिका नगरपालिकाको वडा नम्बर ९ का महिलाहरुको उत्साहजनक भेलाबाट शोधा नेपाली संयोजक, उज्जला वि.क. सह–संयोजक, सचिव कल्पना विक रहने गरी २५ सदस्यीय वैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी […]