होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनः आज उम्मेदवारी दर्ता
समाचार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनः आज उम्मेदवारी दर्ता

  • नागरिक रैबार
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनः आज उम्मेदवारी दर्ता
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार बिहान १० देखि साँझ ५ बजेभित्र गर्नुपर्ने बताए । उनले भने, “पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार मनोनयनपत्र पेस गर्नुपर्नेछ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्धारित समयमा आवश्यक कागजपत्रसहित उपस्थित भएर उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुहुनेछ ।”

सम्बन्धित उम्मेदवारले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । उम्मेदवार स्वयं उपस्थित भएर वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट मनोनयनपत्र दर्ता गर्न सकिनेछ ।

निर्वाचन आयोगले बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सहजीकरण गरिने बताएको छ । आयोगले आइतबार बिहान १० बजेभित्र निर्वाचन आयोगमा कागजात उपलब्ध गराएमा आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाइएको जानकारी दिएको छ । प्रत्यक्षतर्फ देशभरिका कुल १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । आगामी निर्वाचनमा भाग लिन ७६ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए । विभिन्न राजनीतिक दलले एउटै चुनाव चिह्न लिएर चुनावमा जाने भएपछि दलहरूका लागि ६८ वटा चिह्न निर्धारण गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार