होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले अध्यक्ष ओलीद्वारा झापा- ५ बाट मनोनयन दर्ता
समाचार

एमाले अध्यक्ष ओलीद्वारा झापा- ५ बाट मनोनयन दर्ता

  • नागरिक रैबार
एमाले अध्यक्ष ओलीद्वारा झापा- ५ बाट मनोनयन दर्ता

दमक — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओलीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा- ५ बाट निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएका थिए भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ ।

झापा- ५ बाट सत्तारुढ गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । उनी २०७४ सालमा सोही निर्वाचन क्षेत्रमा ओलीबाट पराजित भएका थिए ।

विज्ञापन

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली २०४८, २०५१ को मध्यावधि र २०५६ मा झापा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । २०७० सालमा झापा ७ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २ पटक प्रधानमन्त्री भइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार