होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् । सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो।’ बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द […]
काठमाडौं, २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाइछाड्ने चट्टाने अडान लिएका माधव कुमार नेपाल यो लामो संघर्षमा विजयी भएका छन् । नेकपा छँदै उनले ओलीसँग निरन्तर संघर्ष गरेका थिए । प्रचण्ड समेत ओलीसँग मिलेर बढिरहेका थिए । दुई नेताको सहमतिमा नेकपा र सरकार चलिरहेको थियो । नेपाल पाखा लगाइएका थिए । […]
काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ । हिजो राति १० बजे कार्यदलले गरेको १० बुँदे सहमतिको बारेमा छलफल गर्न ओली र नेपालबीच भेटवार्ता हुन लागेको भीम रावलले जानकारी दिए । अहिले रावल प्रधानमन्त्री ओलीसँग छलफलमा छन् । उनी विहानै बालुवाटार […]
काठमाडौं, २८ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बरु राजनीतिबाट सन्यास लिने तर ब्याक नहुने बताएका थिए । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको हस्ताक्षर फिर्ता लिनुलाई राजनीतिक आत्महत्या हुने भन्दै कुनै हालतमा नलिने अडान लिएका थिए । आखिर नेपालले त्यो अडान पूरा गरे । आफ्ना खेमाका हस्ती नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण […]
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको ठहर गर्दै विघटनको निर्णय बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला सुनाएको हो । साथै सर्वोच्चले संविधानको धारा ७६ (५)अनुसार दाबी गर्दै बहुमत सदस्यको हस्ताक्षर बुझाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको छ । देउवालाई प्रधानमन्त्री नियुक्त […]
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रयास पनि विफल भएको छ । संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको सिफारिसमा विघटन गरिएको प्रतिनिधिसभालाई दोस्रो पटकसमेत पुनर्स्थापना गरिदिएको छ । सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेको हो । यसअघि गत फागुन ११ मा पनि संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेको थियो । प्रधानमन्त्री ओलीले पहिलो […]
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो । आज बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा […]
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए । ३० वैशाखमा संविधानको […]
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला सुनाउने पूर्वसन्ध्यामा आइतबार मध्यराति एमाले कार्यदलले १० बुँदे सहमति सार्वजनिक गर्यो । सहमति ऐतिहासिक रहेको र यसले पार्टीलाई एक ढिक्का बनाउने दाबी दुवैतर्फका कार्यदल सदस्यहरुले गरेका छन् । तर, एकरात पनि नबित्दै स्वयं नेकपा एमाले भित्रैबाट यसबारे दुईथरी विवादास्पद व्याख्याहरु आउन थालेका छन् । खास गरी बरिष्ठ नेता माधव […]
काठमाडौं । अमेरिकी राजदूत -याण्डी बेरीले राजनीतिक लाभका लागि अमेरिकाले खोपको व्यापार नगर्ने प्रस्ट पारेका छन् । सोमबार अमेरिकाबाट कोभ्याक्समार्फत जोन्सन एन्ड जोन्सन खोपको १५ लाख ३४ हजार ८५० मात्रासहितको डेलिभरी नेपाल आइपुगेको सन्दर्भमा उनले ट्वीटरमार्फत भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । ‘म स्पष्ट पार्न चाहन्छु, यो अमेरिकी जनताको तर्फबाट निःशुल्क उपहार हो […]
नागरिक रैबार/बाजुरा २८ असार । गत वर्ष साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारी क्षेत्रमा गएको पहिरोले बाजुराको एकमात्र राष्ट्रिय राजमार्ग अवरुद्ध भएको थियो। अहिले एक वर्ष पूरा हुँदासमेत त्यो सडकमा गएको पहिरो रोकथाम गर्न सकिएको छैन। साँफेबगर–मार्तडी सडकको साँफेदेखि ३५ किलोमिटरको आसपासमा झण्डै चार किलोमिटर सडकमा पहिरोको जोखिम धेरै भएकाले त्यो क्षेत्रमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने आवाज उठ्न […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीलाई साथ नदिएको स्पष्टीकरण दिए । गत हप्ता गौतम अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए । ‘एमाले पुनर्स्थापित भएपछि […]
काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् । सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन […]
काठमाडौँ– सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बसेको थियो । पार्टी एकता जोगाउन गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा हस्ताक्षर हुन नसकेपछि बैठक सोमबारसम्मलाई स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको उनले बताए […]
काठमाडौँ — निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयबारे एक आयुक्तका अनुसार माओवादी केन्द्र वैधानिक रहेको ठहर गरिएको छ । ती आयुक्तले भने, ‘नेकपा (माओवादी केन्द्र) अवैधानकि छ भनेर निवेदन परेको सम्बन्धमा नेपालको संविधान, […]
नागरिक रैबार/बाजुरा २७ असार। बाजुराको सदरमुकाम मार्तडीमा प्रधानमन्त्री केपी ओलीको पक्षमा राष्ट्रिय युवा संघ नेपालले सडक प्रर्दशन गरेको छ । आईतबार राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवाहरुले मोटरसाईकल र्याली सहित सदरमुकाम मार्तडी बजार परिक्रममा गरेर सडक प्रर्दशन गरेको हो । वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेराबन्दी, विपक्षी गठवन्धनको असंवैधानिक र राष्ट्रघाति कदमका विरुद्ध बाजुरामा […]
काठमाडौं, २७ असार । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना कमजोर भएको छ । नेपालले अध्यक्ष पद मागेपछि सहमतिको सम्भावना कमजोर भएको हो । अध्यक्ष ओलीलाई नेपालले प्याकेजमा सहमतिको प्रस्ताव गरेको बुझिएको छ । जस अनुसार नेपालले अध्यक्ष पद पाउनुपर्ने, पार्टी संस्थागत रुपमा चल्नुपर्ने, विगतका कमी कमजोरीमा आत्मालोचना […]
काठमाडौं, २७ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि अध्यक्ष पद मागेका छन् । उनले आफुलाई अध्यक्ष बनाउन पर्ने र पार्टी संस्थागत रुपमा चल्नुपर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् । नेपालले यो प्रस्तावमा सहमति भएमात्रै कुरा मिल्ने सन्देश पठाएका हुन् । नेपालको यो पछिल्लो मागसँगै आज हुने सहमतिमा अन्योल […]
२७ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीलाई साथ नदिएको स्पष्टीकरण दिए । गत हप्ता गौतम अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए । ‘एमाले […]
गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड […]