होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइयो
समाचार

ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइयो

  • नागरिक रैबार
ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइयो

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको परमादेशपछि स्वतः पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष रहेका ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको छ ।

ओलीको निवास सुरक्षार्थ पहिलेदेखि नै सशस्त्र प्रहरी तैनाथ हुँदै आएको थियो । अदालतको परमादेशपछि सोमबार साँझ बाट नै प्रहरीको उपस्थिति बाक्लो देखिएको स्थानीयहरुले बताए । ओली बुधबारमात्र सरकारी निवासबाट नीजि निवास बालकोट आउने जानकारी भएको सुरक्षा स्रोतले बताएको छ ।

एमालेका नेता महेश बस्नेतका अनुसार पार्टीका अध्यक्ष ओलीलाई बुधबार बालुवाटारदेखि बालकोट निवाससम्म स्कर्टिङ गर्ने कार्यक्रम रहेको बताए । युवा संघको आयोजनामा भोलि ११ बजे दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोटको घरसम्म लैजाने कार्यक्रम रहेको बस्नेतले जानकारी दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै