होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सामान्य अवस्थामा यतिबेला तीज गीतको रेकर्डिङ र छायांकन धमाधम चलिरहेको हुन्थ्यो । तर, कोरोना भाइरसको दोस्रो लहर आएसँगै गरिएको निषेधाज्ञाका कारण यसवर्षको माहोल फरक छ । केही सिमित गायक–गायिकाहरुले तीज गीत रेकर्ड गराएका छन् । सुटिङका लागि माहोल बनिसकेको छैन । तीजमा गीत सार्वजनिक गर्दा कलाकारहरुले यसको मौलिकतामा ध्यान नपर्याउँदा विकृती भित्रिएको गुनासो सुन्न थालिएको […]
अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत […]
नायिका करिना कपुरको करिअर अझै पनि उचाइमा छन् । दुई सन्तानकी आमा करिनाको माग बलिउड बजारमा उस्तै छ । आज पनि उनी निर्माताको पहिलो रोजाइको नायिका हुन् । उनै, करिनाले आफ्नो करिअरमा थुप्र्रै ब्लकबस्टर चलचित्र दिएकी छिन् । दोश्रो सन्तानलाई जन्म दिएपछि करिना अब ‘विरे दि विडिङ’ र हन्सल मेहत्ताको चलचित्रमा काम गर्ने तयारीमा छिन् […]
नायक भूवन केसीले चलचित्र ‘मिस्टर नेपाली’मा खलनायकको रुपमा काम गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् । उनी, यो चलचित्रको पत्रकार सम्मेलनमा फरक गेटअपसहित प्रस्तुत भएका थिए । सो समयमा भूवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए । तर, अब यो चलचित्र बन्ने […]
शुक्रबारदेखि सुरु भएको छ ‘द भ्वाइस अफ नेपाल ३’को नकआउट चरण । शुक्रबार टिम तृष्णा र टिम राजुबाट ३–३ जना प्रतिस्पर्धीले आफ्नो गायनकला प्रस्तुत गरेका थिए ।शुक्रबार प्रशारण भएको नकआउट चरणमा टिम तृष्णाबाट कर्णराज गिरी लाइभ शोमा प्रवेश गरेका छन् । यस्तै, टिम राजुबाट सोनाम शेर्पा लाइभ शोमा प्रवेश गरेका छन् । आउँदो शुक्रबार प्रशारण […]
२ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए । २ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।यो […]
सामाजिक संजालमा आफ्नो मनको भावना तथा विभिन्न बिषयमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका नायक राजेश हमालले कोभिडका कारण त्रास फैलिएको अवस्थामा मानसिक रुपमा स्वस्थ रहन सबैलाई आग्रह गरेका छन् । उनले, मानसिक रुपमा स्वस्थ रहनका लागि विभिन्न टिप्स समेत दिएका छन् । नायक राजेश हमालले यो असामान्य परिस्थितीमा मानिसको मानसिकतामा पनि असामान्य प्रभाव पर्न सक्ने […]
मुम्बई । फिल्म ‘केजीएफ’ अभिनेता यश अभिनयको अलवा सहयोगी भावनाका कारण पनि चर्चित छन् । उनी आफ्ना फ्यानको ध्यान राख्ने र उनीहरुका लागि केही न केही समेत गर्दछन् । अहिले भने अभिनेता कन्नड फिल्म उद्योगका मजदुरका लागि सहयोगी हात बढाएका छन् । कोरोनाको कारण फिल्मको काम बन्द भएको कारण दैनिक ज्यालमजदुरी गर्ने कामदार अहिले आर्थिक […]
युटुब नेपालमा चर्चामा आएसँगै गीतसंगीतको सफलताको मापन यही प्लेटफर्म बन्ने गरेको छ । हिजोआज, गीतको युटुब भ्यूजको आधारमा त्यसको सफलताको मापन गरिन्छ । दर्शक तथा श्रोताले रुचाएका गीतले छोटो समयमा करोडौ भ्यूज पाउने गरेका छन् । सन् २०१७ को मे २८ मा रिलिज ‘कुटुमा कुटु’ बोलको गीतले भ्यूजको रफ्तारलाई छाडेको छैन । चलचित्र ‘२ रुपैयाँ’मा […]
कोरोना भाइरसको दोश्रो लहरका कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको छ । चलचित्रका छायांकन स्टुडियो बन्द छन् । स्टेज कार्यक्रममा व्यस्त हुने कलाकारहरु घरमै छन् । केहीले भने यो समयलाई पनि सदुपयोग गरिरहेका छन् । मोडल शंकर बिसी निषेधाज्ञाको समयमा गीत लेखिरहेका छन् । धेरैलाई जानकारी नहुन सक्छ, शंकर गीत लेख्ने र गाउने पनि […]
नागरिक रैबार/बाजुरा १७ जेठ। नेपाल लोकस्टारका टप ५ प्रतिस्पर्धी पविन्द्र सुनारको स्वरमा दोस्रो गित सार्वजनिक भएको छ । गीतमा पविन्द्र सुनारसंगै विशाखा शाही ठकुरीले स्वरमा साथ दिएकि छिन् । बाजुराको बुढीनन्दा नगरपालिकामा जन्मेका सुनारको सानै देखिको गायक बन्ने सपना थियो । उनले लोक स्टारमा आफ्नो गायकि क्षमतालाइ बलियो बनाउँदै टप ५ सम्म पुग्न सफल भएका […]
पहिलो चरणको लकडाउन भएपछि समस्यामा परेका प्राविधिकलाई सहयोग गर्नेदेखि आम मानिसको सहयोगमा लागिपरेका नायक पल शाह हाल जारी निषेधाज्ञाको समयमा पनि सामाजिक कार्यमा सक्रिय छन् । पल दोश्रो चरणको कोरोनाका कारण अक्सिजनको अभाव भएर कोरोना संक्रमितहरुले ज्यान गुमाएको खबर सार्वजनिक भएसँगै हाम्रो टिम नेपालससँगको सहकार्यमा विभिन्न अस्पतालमा अक्सिजन पुर्याउने काममा सक्रिय रुपमा लागेका छन् । […]
सामाजिक संजालमार्फत नायिका प्रियंका कार्कीले नेपाल सरकारसँग आग्रह गर्दै पहिले जनताको समस्या वुझ्न आग्रह गरेकी छिन् । उनले, यो समय चुनावको नभएर जनताको स्वास्थ्यमा ख्याल राख्ने रहेको उल्लेख गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्–‘आखा खोलेर एक पटक नियालेर देशको स्थिती हेर्नुहोस् । अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन । यो अहिले प्राथमिकतामा पर्दैन । […]
नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आउँदो साताबाट हुने भएको छ । यो शोको प्रशारण २ साताअघि रोकिएको थियो । शोमा सहभागी केही प्रतिस्पर्धी र कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण […]
काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । ‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए । तर पनि […]
काठमाडौं–अभिनेत्री नीता ढुंगाना एक वर्षयतादेखि अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको प्रेममा छिन् । हरिहर यतिबेला पितृ शोकमा छन् । उनका पिता रामबहादुरको कोरोना संक्रमणका कारण सोमबार निधन भएको हो । आफ्नो हुनेवाला ससुराको कोरोनाका कारण निधन भएपछि नीताले फेसबुकमा एक स्टाटस लेख्दै आक्रोश पोखेकी छन् । ‘मेरो देश, मेरो गौरव भनेर सोच्ने मान्छे म, आज […]
नायिका श्रृष्टी श्रेष्ठ निषेधाज्ञामा प्रेमी सौगात मल्लसँग समय बिताइरहेकी छिन् । उसो त, सौगात र श्रृष्टी एकसाथ रहन थालेको लामो समय भैसकेको छ । उनीहरुले बिहे गर्न लागेको चर्चा पनि नचलेको होइन । तर, पनि आजसम्म उनीहरुले बिहेको बिषयमा भने केही पनि बोलेका छैनन् । पहिलो चरणको लकडाउन अगाडि श्रृष्टी चलचित्रको काममा व्यस्त थिइन् । […]
काठमाडौँ — अभिनेता राजेश हमालले कोरोना महामारीको विषम परिस्थितिमा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै नेपालको राजनीति अगाडि बढ्न पनि नसकेको र यथास्थितिमा सहज रुपले काम गर्न नसकेको उनले बताए । ‘बेलायतको संसद्मा नेपालको गम्भीर परिस्थितिबारे छलफल भएको मैले हेरेको थिएँ । त्यहाँ एकजनाले […]
नायिका स्वेता खड्काले आफूले समाजप्रतिको जिम्मेवारी नभुल्ने प्रण गरेकी छिन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन्–‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हास्नुपर्छ, मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नुपर्छ । त्यो चलचित्रको एउटा पाटो हो । […]
हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको नम्बर १ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ शुक्रबार प्रशारण भएन । आज शनिबार पनि यो शो प्रशारण नहुने कार्यक्रमको निर्माण टिमले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै शुक्रबार र शनिबार शोको नकआउट चरणका भागहरु प्रशारण नहुने आयोजकले जनाएको छ । ‘दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक […]