होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् । काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् । उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ । एक […]
म्यादी भाइको रुपमा भाइरल किशोर नवराज रेग्मी सिरियल अभिनयमा देखिएका छन् । उनी ‘हल्का रमाइलो’ नाम सिरियल अभिनयमा देखिन थालेका हुन् । आइतबार प्रसारण भएको सिरियलको नयाँ भागमा उनी पनि देखिएका थिए । सिरियलमा उनी म्यादीकै पोसाकमा प्रस्तुत भएका थिए । रेग्मी ‘हल्का रमाइलो’ को अझै केही भागमा देखिने निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले […]
काठमाडौं । दिल्ली अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश भ्रमणका लागि ६ दिनको अनुमति दिएको छ ।आबुधाबीको एस आइल्याण्डमा हुन लागेको आईफा अवार्ड २०२२ मा भाग लिन ज्याकलिनले मे ३१ देखि जुन ५ सम्म भ्रमण अनुमति पाएकी हुन् । बलिउड स्टारहरुले भाग लिने उक्त अवार्ड जुन २ देखि ४ सम्म हुँदैछ । विदेश जान ज्याकलिनले […]
काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन् । दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । आफ्नो मोबाइलमा गीतको भिडियो […]
काठमाडौँ — दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा रातभर हंगामा मच्चाएको धेरै भएको छैन । ‘आरआरआर’ ले पनि नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्यो । विदेशी मात्रै होइन, नेपाली फिल्मले पनि हाउसफुल दर्शक पाउँछन् भन्ने पछिल्लो उदाहरण बनेको छ, ‘कबड्डी ४’ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीको दाबी मान्ने हो भने फिल्मले […]
काठमाडौं । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् । निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको सगरमाथा चढेको हो । सबैजना चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित र न्यानो भएर फर्किएको जानकारी पूर्जाले दिए । […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन)लाई बधाई दिनेको ओइरो छ । सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ । बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको । बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन । […]
काठमाडौं । यात्रा प्रेममा आधारित फिल्म ‘लण्डन टु पेरिस’को मुख्य भूमिकामा मोडल गरिमा शर्मा पनि अनुबन्धित भएकी छन् । निर्माण कम्पनी एबी इन्टरनेसनल र गरिमाबीच गत साता सम्झौतामा हस्ताक्षर भएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमाको समानान्तर भूमिका हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । तीन मुख्य पुरुष पात्रबारे आगामी साता फाइनल हुने […]
काठमाडौं । नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ । नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका […]
काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ आगामी असार २ गतेदेखि भारतका १५ सहरमा प्रदर्शन हुने भएको छ । मंगलबार पश्चिम बंगालको सिलीगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा फिल्म रिलिजको औपचारिक घोषणा गरिएको हो । प्रि-रिलिज पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ सिलीगुडी पुगेका थिए । जहाँ उनीहरुले फिल्म प्रदर्शनबारे जानकारी गराए । […]
बलिउड अभिनेता अलमान खान नेपाल आउने भनिएपनि अन्तिम समयमा आएर उनको आवागमन रोकिएको छ । ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा जेठ १४ गते काठमाडौमा हुने भनिएको ‘दबङ्ग द टुर रिलोडेड’ कार्यक्रममा सलमान खान नआउने भएका हुन् । सलमान खान नआउने भएसँगै कार्यक्रम रद्द भएको छ । ओडिसी इन्टरटेनमेन्टले मंगलबार […]
बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ […]
स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ।काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, काठमाडौँ महानगरपालिकाका उम्मेद्वार बालेन शाह तथा फिल्मकर्मीहरू उपस्थित थिए। फिल्मका निर्देशक दीपेन्द्र के खनालले आफू सधैँ राम्रो फिल्म बनाउन अग्रसर हुने बताए।बालेन शाहले आफू अर्पण थापा र स्वस्तिमा खड्काको अभिनयको […]
काठमाडौं । हलिउड म्यागजिन हलिउड रिपोर्टरमा यसैसाता प्रकाशित नयाँ खबरअनुसार प्रतीक्षित फिल्म ‘जुरासिक वर्ल्ड’को आगामी श्रृंखलामा नेपालमा उत्पादित केही हस्तकलाका सामग्रीलाई पनि देख्न पाइने भएको छ । विश्व प्रतिष्ठित रिटेलर ब्रान्डहरु अकम्प्यानी र टेन थाउजन्ड भिलेजले यो ब्लकबस्टर फिल्मसँग टेबुलवेयर, टेक्सटाइल र एस्सेसरिज व्यवस्थापनलाई लिएर सम्झौता गरेका छन् । यो खबरलाई लिएर हलिउड रिपोर्टरको हेडलाइन […]
काठमाडौँ– बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान २२ औँ वर्षमा प्रवेश गरेकी छिन् । सन् २००० को मे २२ मा जन्मिएकी सुहानाले आइतबार आफ्नो जन्मोत्सव मनाएकी हुन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिए । यिनै सुहाना छिटै बलिउडमा डेब्यु गर्दैछिन् । उनी जोया अख्तरको फिल्म ‘द आर्चरी’ […]
काठमाडौं, ९ जेठ । गायिका समिक्षा अधिकारीले जीन्दगीबारे गम्भीर तर्क गरेकी छिन् । उनले जीन्दगी सोचे जस्तो आफू नरहेको भनेकी छिन् । आज सामाजिक सञ्जालमा तस्बिर राख्दै समिक्षाले जीन्दगी आफूले सोचेजस्तो नभएको र जीन्दगीले सोचेजस्तो पनि आफू नभएको लेखेकी छिन् । तर, आफू र जीन्दगी एकसाथ जइइरहेको भनेकी छिन् । समिक्षा अधिकारीले लेखेकी छिन्ः जिन्दगी […]
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ७ गतेलाई रिलिज मिति तय गरेका हुन् । दशैं छेकोमा रिलिज हुने यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । यही मितिमा अर्को चर्चित सिक्वेल फिल्म ‘छक्कापञ्जा ४’ समेत ल्याउने तयारी छ । तर ‘प्रेमगीत […]
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए […]
बलिउडका सुपरस्टार भनिने आमिर खानकी छोरी आइरा खानले आफ्नो जन्मदिन परिवार र नजिकका साथीसँग मनाइन् । यो विशेष अवसरका लागि आमिरका पूर्व पत्नीद्वय रिना दत्त र किरण राव सँगै देखिए । आइराका प्रेमी नुपुर शिखरे र सौतेनी भाइ आजादलाई पनि उक्त कार्यक्रममा देखियो । गर्मी लागेसँगै पुल पार्टीभन्दा अरु राम्रो विकल्प के होला र ? […]
काठमाडौं । सोमबार बेलुका रिलिज भएको जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को टिजरप्रति उच्च क्रेज देखिएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार रिलिज भएको २४ घण्टामै फिल्मको टिजरलाई १४८.६ मिलियन (१४ करोड ८६ लाख पटक) अनलाइनमा हेरिएको छ । डिज्ने र ट्वेन्टिथ सेन्चुरीका अनुसार चीनबाट मात्र २३ मिलियन पटक हेरिएको […]