होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु
समाचार

नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु

  • नागरिक रैबार
नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु

काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन् ।

दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

आफ्नो मोबाइलमा गीतको भिडियो रेकर्ड गरेर हिमालय टीभीको एपमा अपलोड गरी अडिसनमा सहभागी हुन सकिने छ । एप चलाउन नसक्ने प्रतिभाहरुले आफ्नो भिडियो सिधै लोकस्टारको मोबाइल नम्बर ९८०१२३७८८० मा भाइबर वा ह्वाट्सएपमार्फत पठाउन पनि सकिने जनाइएको छ ।

विज्ञापन

आफूलाई मन परेको कुनै पनि गीतको एक मिनेटसम्मको भिडियो रेकर्ड गरी अडिसनमा सहभागी हुन सकिनेछ । प्राप्त अडिसनमध्येबाट छानिएका एक सय जनालाई मेगा अडिसनमा सहभागी बनाइने छ । लोकस्टारमा ८ वर्षदेखि ७० वर्षसम्मका प्रतिभाहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै देश तथा विदेशका कन्सर्ट र चर्चित संगीतकार तथा एरेन्जरसँग गीत रेकर्डको अवसरसमेत पाउनेछन् ।

लोकस्टारको पहिलो सिजन एपी वान टेलिभिजनमा प्रसारण भएको थियो, जसलाई चाहना मिडियाले निर्माण गरेको थियो ।

नेपाल लोकस्टारलाई हिमालय टेलिभिजनले खरिद गरेसँगै लोकस्टारको दोस्रो सिजन हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्नेछ । डेढ महिनाभित्र प्रसारण सुरु गर्नेगरी तयारी भइरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार