होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • हलिउड फिल्म ‘जुरासिक वर्ल्ड’मा नेपाली हस्तकला हेर्न पाइने (भिडियो)
बलिउड/हलिउड

हलिउड फिल्म ‘जुरासिक वर्ल्ड’मा नेपाली हस्तकला हेर्न पाइने (भिडियो)

  • नागरिक रैबार
हलिउड फिल्म ‘जुरासिक वर्ल्ड’मा नेपाली हस्तकला हेर्न पाइने (भिडियो)

काठमाडौं । हलिउड म्यागजिन हलिउड रिपोर्टरमा यसैसाता प्रकाशित नयाँ खबरअनुसार प्रतीक्षित फिल्म ‘जुरासिक वर्ल्ड’को आगामी श्रृंखलामा नेपालमा उत्पादित केही हस्तकलाका सामग्रीलाई पनि देख्न पाइने भएको छ ।

विश्व प्रतिष्ठित रिटेलर ब्रान्डहरु अकम्प्यानी र टेन थाउजन्ड भिलेजले यो ब्लकबस्टर फिल्मसँग टेबुलवेयर, टेक्सटाइल र एस्सेसरिज व्यवस्थापनलाई लिएर सम्झौता गरेका छन् । यो खबरलाई लिएर हलिउड रिपोर्टरको हेडलाइन छ, ‘खानपानका भक्तहरुले परम्परागत घर सजावटका वस्तुलाई ‘जुरासिक वर्ल्ड’को लाइनअपमा प्रस्तुत गर्नेछन् ।’

नेपालमा बनेका यी उत्पादनको मूल्य १३ देखि १०० अमेरिकी डलर पर्ने र ती कम्पनीको वेबसाइटमार्फत सामग्री खरिद गर्न सकिने समेत जनाइएको छ । फिल्मका पात्रको आकारमा निम काठको थाल, दाँतका डिजाइनको हातले बनाइएको काठको कचौरा, बाँसका फ्ल्याटवेयर र केही टेबुलवेयरलाई बिक्रीमा राखिएको छ ।

विज्ञापन

फिल्मको चर्चित आइकोनिक लोगोलाई पनि ती वस्तुमा प्रिन्ट गरिएको छ । केही निश्चित उत्पादनलाई आजैदेखि बिक्रीमा राखिने र अन्यलाई आगामी फल सिजनमा बिक्रीमा ल्याइने भएको छ ।

जुरासिक वर्ल्डको छैटौं श्रृंखला ‘जुरासिक वर्ल्ड डोमिनियन’ आगामी जुन १० मा नेपालसहित विश्वभर रिलिज हुँदैछ । यो सिक्वेललाई श्रृंखलाकै अन्तिम फिल्म बताइएको छ । क्रिस प्राट यो फिल्म मुख्य अभिनेता हुन् । जुरासिक पार्कका अघिल्ला श्रृंखलाले नेपाली बक्स अफिसमा राम्रै कमाइ गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार