होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘लण्डन टु पेरिस’को नायिकामा गरिमा शर्मा अनुबन्धित
समाचार

‘लण्डन टु पेरिस’को नायिकामा गरिमा शर्मा अनुबन्धित

  • नागरिक रैबार
‘लण्डन टु पेरिस’को नायिकामा गरिमा शर्मा अनुबन्धित

काठमाडौं । यात्रा प्रेममा आधारित फिल्म ‘लण्डन टु पेरिस’को मुख्य भूमिकामा मोडल गरिमा शर्मा पनि अनुबन्धित भएकी छन् । निर्माण कम्पनी एबी इन्टरनेसनल र गरिमाबीच गत साता सम्झौतामा हस्ताक्षर भएको छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमाको समानान्तर भूमिका हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । तीन मुख्य पुरुष पात्रबारे आगामी साता फाइनल हुने उनले जनाए । यी दुई अभिनेत्री फिल्मका मुख्य नायकको प्रेमिकाको भूमिकामा प्रस्तुत हुनेछन् । असार दोस्रो सातादेखि बेलायतको लन्डन, म्यानचेस्टर, वेल्स र पेरिसमा फिल्मको छायांकन हुनेछ ।

ट्राभल कथामा आधारित फिल्ममा प्रेमकथा समेत समावेश गरिएको छ । ‘यो तीन केटा र तीन केटीको कथा हो,’ निर्देशक लामिछानेले भने, ‘यात्राको कथा भएकाले दर्शकले पात्रसँगै इन्जोय गर्नेछन् ।’ फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

विज्ञापन

 कुरा गर्दै गरिमाले फिल्म गर्न लागेको विवरणलाई पुष्टि गरिन् । म्युजिक भिडियोकी यी चर्चित मोडलले अहिले कान्तिपुर फिल्म एकेडेमीमा फिल्मको कार्यशालामा भाग लिइरहेकी छन् ।

‘एउटै काम गर्दा मोनोटोनस भइसकेकी थिएँ । लकले पनि साथ थियो । आफ्नो क्यारेक्टर पनि राम्रोसँग बुझें । कथावस्तु पनि मनपर्‍यो,’ गरिमाले भनिन्, ‘अब फिल्म करिअरलाई नै अघि बढाउन चाहन्छु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार