होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बलिउड अभिनेता अलमान खान नेपाल आउने भनिएपनि अन्तिम समयमा आएर उनको आवागमन रोकिएको छ । ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा जेठ १४ गते काठमाडौमा हुने भनिएको ‘दबङ्ग द टुर रिलोडेड’ कार्यक्रममा सलमान खान नआउने भएका हुन् । सलमान खान नआउने भएसँगै कार्यक्रम रद्द भएको छ । ओडिसी इन्टरटेनमेन्टले मंगलबार […]
बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ […]
स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ।काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, काठमाडौँ महानगरपालिकाका उम्मेद्वार बालेन शाह तथा फिल्मकर्मीहरू उपस्थित थिए। फिल्मका निर्देशक दीपेन्द्र के खनालले आफू सधैँ राम्रो फिल्म बनाउन अग्रसर हुने बताए।बालेन शाहले आफू अर्पण थापा र स्वस्तिमा खड्काको अभिनयको […]
काठमाडौं । हलिउड म्यागजिन हलिउड रिपोर्टरमा यसैसाता प्रकाशित नयाँ खबरअनुसार प्रतीक्षित फिल्म ‘जुरासिक वर्ल्ड’को आगामी श्रृंखलामा नेपालमा उत्पादित केही हस्तकलाका सामग्रीलाई पनि देख्न पाइने भएको छ । विश्व प्रतिष्ठित रिटेलर ब्रान्डहरु अकम्प्यानी र टेन थाउजन्ड भिलेजले यो ब्लकबस्टर फिल्मसँग टेबुलवेयर, टेक्सटाइल र एस्सेसरिज व्यवस्थापनलाई लिएर सम्झौता गरेका छन् । यो खबरलाई लिएर हलिउड रिपोर्टरको हेडलाइन […]
काठमाडौँ– बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान २२ औँ वर्षमा प्रवेश गरेकी छिन् । सन् २००० को मे २२ मा जन्मिएकी सुहानाले आइतबार आफ्नो जन्मोत्सव मनाएकी हुन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिए । यिनै सुहाना छिटै बलिउडमा डेब्यु गर्दैछिन् । उनी जोया अख्तरको फिल्म ‘द आर्चरी’ […]
काठमाडौं, ९ जेठ । गायिका समिक्षा अधिकारीले जीन्दगीबारे गम्भीर तर्क गरेकी छिन् । उनले जीन्दगी सोचे जस्तो आफू नरहेको भनेकी छिन् । आज सामाजिक सञ्जालमा तस्बिर राख्दै समिक्षाले जीन्दगी आफूले सोचेजस्तो नभएको र जीन्दगीले सोचेजस्तो पनि आफू नभएको लेखेकी छिन् । तर, आफू र जीन्दगी एकसाथ जइइरहेको भनेकी छिन् । समिक्षा अधिकारीले लेखेकी छिन्ः जिन्दगी […]
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ७ गतेलाई रिलिज मिति तय गरेका हुन् । दशैं छेकोमा रिलिज हुने यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । यही मितिमा अर्को चर्चित सिक्वेल फिल्म ‘छक्कापञ्जा ४’ समेत ल्याउने तयारी छ । तर ‘प्रेमगीत […]
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए […]
बलिउडका सुपरस्टार भनिने आमिर खानकी छोरी आइरा खानले आफ्नो जन्मदिन परिवार र नजिकका साथीसँग मनाइन् । यो विशेष अवसरका लागि आमिरका पूर्व पत्नीद्वय रिना दत्त र किरण राव सँगै देखिए । आइराका प्रेमी नुपुर शिखरे र सौतेनी भाइ आजादलाई पनि उक्त कार्यक्रममा देखियो । गर्मी लागेसँगै पुल पार्टीभन्दा अरु राम्रो विकल्प के होला र ? […]
काठमाडौं । सोमबार बेलुका रिलिज भएको जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को टिजरप्रति उच्च क्रेज देखिएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार रिलिज भएको २४ घण्टामै फिल्मको टिजरलाई १४८.६ मिलियन (१४ करोड ८६ लाख पटक) अनलाइनमा हेरिएको छ । डिज्ने र ट्वेन्टिथ सेन्चुरीका अनुसार चीनबाट मात्र २३ मिलियन पटक हेरिएको […]
काठमाडौं। जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतारः द वे अफ वाटर’को आधिकारिक टिजर ट्रेलर सार्वजनिक भएको छ।विश्वभरका दर्शकले अवतारको दोस्रो पार्टलाई प्रतिक्षा गरिरहेका छन्। यसअघि १३ वर्ष अगाडि अवतार चलचित्रको पहिलो पार्ट विश्व चर्चित बनेको थियो। हलिउडको यो बहुप्रतीक्षित चलचित्र आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुने भएको छ।सन् २००९ मा रिलिज भएको ‘अवतार’ले २.८४ […]
काठमाडौं । चैत २२ गते बसेको स्वागत नेपाल नेतृत्वको दल उन्नत लोकतन्त्र पार्टीले अभिनेता भुवन केसीलाई स्थानीय चुनावमा काठमाडौंको मेयर पदमा उठाउने निर्णय गर्यो । त्यसको भोलिपल्टै केसीले अधिवक्ता समेत रहेका नेता नेपालसँग सामान्य कुराकानी मात्र भएको, तर कुनै निर्णय नभएको बताए । विगतमा एमालेमा रहिसकेका भुवनले गत सातासम्म राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रवेश गर्ने […]
काठमाडौं । छायांकन भइरहेको फिल्म ‘२ नम्बरी’मा सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । नायिका उगेन छोदेनले सामाजिक सञ्जालबाट सौगातको लुक्सलाई बाहिर ल्याएपछि निर्माण पक्ष असन्तुष्ट बनेको छ । उगेनले सौगातको चरित्र हुलियाका दुई तस्वीर सार्वजनिक गरेकी हुन् । सौगातको ग्याङस्टर लुक्सको हेयरस्टाइल तस्वीरमा देख्न सकिन्छ । फिल्मको दृश्य छायांकन सकिएपछि नायिका छोदेनले मुख्य […]
काठमाडौं । एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन् । मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र कराउनुपर्ने आशयको टिप्पणी गरेका थिए । उप्रेतीको यस्तो अभिव्यक्तिलाई लिएर केही अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । उप्रेतीले भनेका थिए, ‘पहिलो कुरा त बलात्कार हुने बित्तिकै […]
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ । दुई महिनादेखि सुरु भएको आवेदनमा उत्साहजनक सहभागिता रहेको जनाइएको छ । निर्देशक लक्ष्मण पौडेलले निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई आग्रह गरे । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने […]
‘हामीलाई अरु पार्टी भन्दा कांग्रेसको बढी विश्वास लाग्यो’ यो भनाई अभिनेता भुवन केसीको हो । कुनैबेला नेकपा एमालेमा आवद्ध भएर चर्चा बटुलेका केसी लामो समय राजनीतिक वृत्तमा गुमनाम झैं थिए । स्थानीय निर्वाचनको चर्चा सुरु भएसँगै पुनः राजनीतिक सरगर्मी बढाएका केसी मंगलबार सबेरै बालुवाटार आँगनमा झुल्किए । कारण थियो,–नेपाली कांग्रेस प्रवेश गर्ने । भुवनसँगै अभिनेत्री […]
काठमाडौं । काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज चुमेकी हुन् । मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के-के गुण हुन जरुरी छ भनेर प्रश्न […]
अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको […]
मुम्बई । मनी लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दाका कारण बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनमा लगातार सञ्चारमाध्यमको हेडलाइन बनिरहेकी छन् । उनलाई सुकेश चन्द्रशेखरसँगको सम्बन्धले तनाव दिइरहेको छ । पछिल्लो खबरअनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ […]
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही […]