होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आमिर खान स्टारर ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज
समाचार

आमिर खान स्टारर ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज

  • नागरिक रैबार
आमिर खान स्टारर ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा बलिउड अभिनेता आमिर खान अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज भएको छ । टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक यो फिल्ममा करिना कपुर, मोना सिंह र नागा चैतन्यको पनि अभिनय छ ।

शारीरिक रुपमा अशक्त बालक र उसकी आमाबीचको प्रेमिल सम्बन्धलाई चित्रण गरिएको यो फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ । कतिपयले ट्रेलरलाई आमिरका अघिल्ला दुई फिल्महरु ‘पिके’ र ‘धूम’बाट प्रभावित भएको विश्लेषण गरेका छन् ।

ट्रेलरमा मोना सिंहले मुख्य पात्रकी आमाको भूमिका निर्वाह गरेकी छन् । हलिउड फिल्म ‘फरेस्ट गम्प’बाट प्रभावित भए पनि निर्माताले यसमा भारतीय स्वाद मिसिएको तर्क गरेका छन् ।

विज्ञापन

मुम्बईमा पनि शनिबार ट्रेलर सार्वजनिक गर्दै अभिनेता खानले फिल्मका दृश्य भारतका अलग सहरमा छायांकन भएको बताए । ‘लाल सिंह चड्डा’ आगामी साउन २६ गते जनैपूर्णिमाको छेकोमा रिलिज हुँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार