होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक (भिडिओ)
मनोरञ्जन

‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक (भिडिओ)

  • नागरिक रैबार
‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक  (भिडिओ)

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ।काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, काठमाडौँ महानगरपालिकाका उम्मेद्वार बालेन शाह तथा फिल्मकर्मीहरू उपस्थित थिए।

फिल्मका निर्देशक दीपेन्द्र के खनालले आफू सधैँ राम्रो फिल्म बनाउन अग्रसर हुने बताए।बालेन शाहले आफू अर्पण थापा र स्वस्तिमा खड्काको अभिनयको प्रशंसक बताए। साथै उनले फिल्म राम्रो बनेको विश्वास व्यक्त गरे।

फिल्मकी अभिनेत्री स्वस्तिमाले फरक भूमिका भए पनि आफूलाई काम गर्न सहज भएको बताइन्।’फिल्मले कस्तो व्यापार गर्छ थाहा छैन तर यो मेरो सबैभन्दा उत्कृष्ट फिल्म हो। फिल्मको टोली राम्रो भएको हुँदा काम गर्न पनि एकदमै सजिलो भयो,’ उनले भनिन्।

विज्ञापन

दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्मको निर्माण शर्मिला पाण्डेले गरेकी हुन्। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ।

फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन रहेको छ। दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइलीलगायत कलाकारको पनि अभिनय छ।

‘चिसो मान्छे’ एउटा ट्राभल स्टोरी हो। फिल्ममा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट बाजुरासम्म पुर्‍याउँदाकाे कथा समेटिएको छ।

स्वस्तिमा सुदूरपश्चिमकी महिलाको हुलियामा देखिएकी छिन्।फिल्मको प्रदर्शनम मिति असार ३ गतेलाई तोकिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार