होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ज्याकलिनलाई सर्तसहित विदेश भ्रमणको अनुमति
समाचार

ज्याकलिनलाई सर्तसहित विदेश भ्रमणको अनुमति

  • नागरिक रैबार
ज्याकलिनलाई सर्तसहित विदेश भ्रमणको अनुमति

काठमाडौं । दिल्ली अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश भ्रमणका लागि ६ दिनको अनुमति दिएको छ ।आबुधाबीको एस आइल्याण्डमा हुन लागेको आईफा अवार्ड २०२२ मा भाग लिन ज्याकलिनले मे ३१ देखि जुन ५ सम्म भ्रमण अनुमति पाएकी हुन् । बलिउड स्टारहरुले भाग लिने उक्त अवार्ड जुन २ देखि ४ सम्म हुँदैछ ।

विदेश जान ज्याकलिनले अदालतले केही सर्त पनि राखेको छ । जसअनुसार उनले ५० लाख भारु जमानत बुझाउनुपर्नेछ भने यात्रा कार्यक्रम, बस्ने ठाउँको सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ । साथै, भारत फर्केपछि एजेन्सीलाई जानकारी दिनुपर्नेछ ।

सुकेश चन्द्रशेखरसँगको २०० करोड भारुको गैरकानुनी मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकाले नवप्रवर्तन निर्देशनालयले ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी गरेको छ ।

विज्ञापन

जसअनुसार ज्याकलिनलार्ई विदेश भ्रमणका लागि अनुमति छैन । यस महिनाको सुरुवातमा पनि उनले नेपाल, फ्रान्स र आइफाको लागि जानुपर्ने भन्दै अदालतमा निवेदन दिएकी थिइन् । तर उनका वकिलले बीचमा निवेदन फिर्ता लिएका थिए ।

श्रीलंकाली नागरिक ज्याकलिन भारतमा सन् २००९ देखि बस्दै आएकी छन् । सुकेशले उनलाई महंगा उपहार दिएको आरोप लाग्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार