होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं / बेलाबेला चर्चा र विवादमा आइरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगरले यो बर्षको तीज कोसेली लिएर बजारमा आएका छन् ।कोरोना महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेका छन् । चर्चित […]
‘..छन त विदेशको पीआर छ, पीआरले सबको मन बिगार्छ.. ’टिकटकमा खुबै चलेको यो गीतकी गायिका अनिता चलाउने विदेश होइन, स्वदेशमै छिन् । गीतमा भनिएजस्तो उनलाई पीआरवाला खोजेर विदेशमा ‘सेटल’ हुनु पनि छैन । देशभित्रै संगीत क्षेत्रमा गहिरो डुबुल्की मार्न चाहन्छिन् ।केही दिनअघि बानेश्वरमा भेटिइन् अनिता । छोटो संवादका लागि हामी एउटा क्याफेमा आमनेसामने भएर बसेका […]
नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’
मदन विक/बाजुरा ३० असार। बाजुरामा पहिलोपटक आधुनिक गीतको छायांकन गरिएको छ । यस अघि बाजुराका विभिन्न ठाउँमा देउडा गीतहरुको छायांकन गरिएका भएपनि आधुनिक गीतको छायांकन भने बाजुरामा पहिलो पटक भएको हो । मंगलबार दिउसो करिव २ बजेतीरको कुरा हो सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोक मान्छेहरुले भरिभराउ देखिन्थ्यो । यस अघि फाट्ट फुट्ट मानिसहरु जम्मा सो ठाउँमा […]
२९ असार, काठमाडौं । अग्लो कद, लामो कपाल र सुगठित शरीरका एक लक्का जवानले नेपाली चलचित्र उद्योगमा धमाकेदार इन्ट्री गरे, २०४० को दशकमा । नाम– राजेश हमाल । आफ्नै मामाले निर्देशन गरेको ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हमालले अन्तत नेपाली चलचित्रमा ‘एक युग’ नै राज गरे । पहिलो चलचित्रबाटै ‘स्टार’ भएपछि उनले कहिल्यै पछाडि फर्केर […]
नायिका रेखा थापाले निर्माण गर्ने नयाँ फिल्म भदौ दोस्रो साताबाट छायांकन हुने भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको अनटाइटल फिल्म अब भदौ दोस्रो साताबाट हुने रेखाले बताएकी छिन् । रेखा भन्छिन् -‘कहिले सम्म डराएर बस्ने ? प्राविधिक देखि कलाकार सम्मको रोजिरोटी बन्द हुन लागि सकेको छ । सावधानी अपनाएर हरेक क्षेत्र सकृय हुन जरुरी […]
काठमाडौं : भारतका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान निधन भएको हो। गायक सोनु निगम, प्रियंका चोपडा लगायतले सामाजिक सञ्जालमा उनको निधन भएको पुष्टि गरेका छन्। वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको बताएकोे भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनले दवङ, एक था टाइगर जस्ता ब्लक बस्टर […]
नेपाल सरकारले लिपुलेकलाई समेत समेटर नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरूले पनि यो विषयमा आफ्नो मत व्यक्त गरिरहेका छन् । अधिकांश कलाकारले सरकारको यो निर्णयको स्वागत गरेका छन् । कतिपयले भने अब भूमि पनि फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् । नायिका करिश्मा मानन्धरले भने […]
नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक सञ्जालको नशाले राम्रैसँग छोएको छ । नायक हमाल लकडाउनको समय घरमा छन् । उनी हरेक दिन सामाजिक सञ्जालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् । नायक हमालले विशेषगरी सामाजिक सञ्जालमा […]
मुम्बई : बलिउड नायक ऋतिक रोशन र सुजैन खान अलग्गिएको धेरै समय बितिसक्यो। तर यी दुईको सम्बन्धमा अहिले पनि खास दूरी छैन। सामाजिक सञ्जालमार्फत ती दुईले एकअर्कालाई समर्थन गरिरहेको देखिन्छ। आफ्ना सन्तानका लागि यी दुई धेरैजसो समय सँगै पनि देखिन्छन्। यसपटक कोरोना भाइरसको लकडाउनले यिनीहरू एकै छतमुनि सँगै बस्ने भएका छन्। मोदी सरकारले लागू गरेको २१ […]
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी भोली बिहिबार बैबाहिक जीवनमा बाँधिदैछन् । आयुष्मान र प्रियंकाको बिहेको रौनकले भने उनीहरुको आफन्त, साथीसंगी र केही चलचित्रकर्मीलाई भने छपक्कै छोएको छ । काठमाण्डौको एक होटलमा यी दुइको बिहेको रौनक चलिरहेको छ । मंगलबार प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाए । मेहेन्दी समारोह प्रियंका, आयुष्मानको साथमा उनीहरुका […]
काठमाडौं । अभिनय करिअरमै डेढ दशक बिताउन लागेकी सुन्तली अर्थात् कुञ्जना घिमिरे चलचित्रमा पहिलोपटक नायिका भएकी छन् । उनले यसअघि मेरी बास्सैलगायत थुप्रै टेलिचलचित्रमा नायिका भएर काम गरिन् । तर, ठूलो पर्दामा नायिका हुने अवसर पाएकी थिइनन् । चलचित्रमा काम गरेको अनुभव उनीसँग थिएन । योपटक आफ्नै गृह ब्यानरमा बनेको फिल्मबाट नायिका भएकी छन् । […]
काठमाडौं– अभद्र व्यवहारको कसुर गरेको अभियोमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको इजलाशको आदेशानुसार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् । सोमबार आफैं प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित गराइएकी राउतविरुद्ध अनुसन्धान गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन […]
काठमाडौं– गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहीलाई अनुमति दिएको थियो । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा […]
काठमाडौं – अभिनेता रमित ढुंगानाले महानायक राजेश हमाललाई आफूले गुरु मान्ने बताएका छन् । आइतवार काठमाडौंमा आफ्नो जन्मदिन मनाउने क्रममा उनले राजेश हमाललाई दाइ र गुरु भनी सम्मान दिने गरेको बताए । जन्मदिनको माहोलमा रमितलाई पत्रकारले प्रश्न राखे – तपाईंको उमेर कति पुग्यो? रमितले पनि मजाकका साथ भने – अब हाम्रो गुरु बल्ल २५ वर्ष […]
मुम्बई – दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईका एक प्रहरी अफिसरको भूमिका निभाएका छन् । फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका […]
काठमाडौं । हरेक वर्ष मंसिर लाग्दै गर्दा अभिनेत्रीका बिबाहको चर्चा चल्ने गरेको छ । यो बर्षपनि यस्तै चर्चा हुन थालेका छन् । गत साता पोखरामा ब्याचलर पार्टी दिएकी ऋचा शर्मा अहिले बिबाह तयारीमा जुटेकी छन् । मंसिर अन्तिमसाता उनले बिबाह गर्ने समाचार बाहिर आएको छ । ऋचाको बिबाहको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री आँचल शर्माले […]
काठमाण्डाै । अभिनेता राजेश हमाल अहिले भुटानमा रहेका छन् । क्विज मेनिया कार्यक्रममा सहभागी हुन अभिनेता हमाल आफ्नी श्रीमती मधु भट्टराईसहित भुटान पुगेका हुन् । अभिनेता हमालले बिहीबार दिउँसो आफ्नी श्रीमती तथा टिमका अन्य साथीसँग खिचिएको तस्विर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन् । जसमा हँसिलो मुद्रामा देखिएका हमाल दम्पत्ति विभिन्न स्थानमा पुगेर रमाइलो गर्दै […]
काठमाडौँ। रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् । कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् । पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् । यस्तै छवि ओझसँग […]
काठमाडौं – केही वर्ष अगाडि आफ्नो जन्मदिनको अवसर पारेर फिल्म प्रोडक्सन हाउस सार्वजनिक गरेकी थिइन् अभिनेत्री नीता ढुङ्गानाले । प्रोडक्सन हाउस सार्वजनिक गरेको लामो समय सम्म पनि उनले फिल्म घोषणा गर्न सकिनन् । यस विषयले उनको बारेमा बजारमा विभिन्न सकारात्मक नकारात्मक चर्चा परिचर्चा हुन थालेको थियो । अहिले आएर भने उनले फिल्म निर्माण गर्ने घोषणा […]