होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • कस्तो हो जीवन-आर्यनको सम्बन्ध ?
मनोरञ्जन

कस्तो हो जीवन-आर्यनको सम्बन्ध ?

  • नागरिक रैबार
कस्तो हो जीवन-आर्यनको सम्बन्ध ?

कुनै समय थियो- ‘जीवन लुइँटेल र आर्यन सिग्देलमध्ये नम्बर १ नायक को ?’ जस्ता आशयमा धेरै समाचार लेखिन्थे । जीवन र आर्यनबीच निकै ठूलो प्रतिस्पर्धा रहेको समाचार पनि नलेखिएका होइनन् ।

ब्यस्तता, पारिश्रमिक तथा चलचित्र रिलिजको समयलाई हेर्ने हो भने त उनीहरूलाई कसले प्रतिस्पर्धी होइन भन्न सक्थे र ! दुवै उत्तिकै ब्यस्त, पारिश्रमिक पनि उस्तै चर्को, चलचित्र पनि एउटै समयजस्तो रिलिज हुने । त्यसैले पनि उनीहरूलाई धेरैले प्रतिस्पर्धीकै रूपमा हेरेका थिए ।

तर, जीवन र आर्यनले कहिल्यै पनि एकअर्काको विरोध गरेनन् । उनीहरूले आफूहरू मिल्ने साथी भएको बताउँदै आएका थिए ।यस्तैमा, बुधबार अर्थात् आज आर्यनको जन्मदिन मनाउँदै छन् । आर्यनको जन्मदिनको अवसरमा अमेरिकामा रहेका जीवनले आर्यनलाई शुभकामनाका शब्दहरू खर्चिएका छन् । सामाजिक संजालमा आर्यनसँगको फोटो पोष्ट गर्दै जीवनले शुभकामना दिएका हुन् ।

विज्ञापन

आर्यनलाई एउटा साथी सम्बोधन गर्दै जीवनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना मेरो एउटा साथीलाई’ । यही कुराले पनि जीवन र आर्यन प्रतिस्पर्धी कम साथी ज्यादा थिए भन्ने कुराको पुष्टि गर्छ ।जीवन अहिले चलचित्र क्षेत्रबाट टाढा छन् भने आर्यन नेपालमा नै रहेर चलचित्र क्षेत्रमै काम गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार