होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • सुन्तली पहिलोपटक नायिका बन्दै
मनोरञ्जन

सुन्तली पहिलोपटक नायिका बन्दै

  • नागरिक रैबार
सुन्तली पहिलोपटक नायिका बन्दै

काठमाडौं । अभिनय करिअरमै डेढ दशक बिताउन लागेकी सुन्तली अर्थात् कुञ्जना घिमिरे चलचित्रमा पहिलोपटक नायिका भएकी छन् । उनले यसअघि मेरी बास्सैलगायत थुप्रै टेलिचलचित्रमा नायिका भएर काम गरिन् । तर, ठूलो पर्दामा नायिका हुने अवसर पाएकी थिइनन् । चलचित्रमा काम गरेको अनुभव उनीसँग थिएन । योपटक आफ्नै गृह ब्यानरमा बनेको फिल्मबाट नायिका भएकी छन् ।

आफूले ठूलो पर्दामा डेब्यु गर्दाको अनुभव उनले यसरी सुनाइन्, ‘हामी सानो पर्दामा थोरै कलाकार र प्राविधिक भएर छरितोसँग काम गथ्र्यौं तर ठूलो पर्दामा त्यस्तो नहुँदो रहेछ । धेरै कलाकार प्राविधिकसँग तामझामका साथ काम गर्नुपर्दा कतिपय अवस्थामा त म नर्भस समेत भएँ ।’ उनले अघि सुनाइन्, ‘टेलिचलचित्रका सयौं शृंखलामा मलाई दर्शकले विभिन्न चरित्रमा विगतमा हेरिसक्नुभएको छ । तर चलचित्रमा नायिकाका रूपमा भने पहिलोपटक प्रस्तुत हुँदै छु । अब आगामी दिनमा पनि चलचित्रमा नायिकाका रूपमा निरन्तर आउनेछु ।’

अभिनेत्री कुञ्जनाले अभिनय नगरेको पाँच वर्ष बित्न लागेछ । २०७२ साल वैशाखको विनासकारी भूकम्पपछि सामाजिक अभियानमा लागेकी यी अभिनेत्रीलाई सामाजिक कार्य गर्दा गर्दै पाँच वर्ष बितेको पत्तै भएनछ, ‘पाँच वर्षपछि यसपटक हाम्रो चलचित्र सेन्टी भाइसरको सुटिङमा जाँदा म सुरु सुरुमा त नयाँ कलाकारजस्तै नर्भस नै भएँ । लामो समयसम्म अभिनय नगर्दा अभिनय पनि बिर्सिएको जस्तो महसुस हुँदोरहेछ ।’

विज्ञापन

यो चलचित्रमा कुञ्जनाको नायकका रूपमा उनका श्रीमान् सीताराम कट्टेल (धुर्मुस) नै छन् । चलचित्रमा यी जोडीले श्रीमान् श्रीमतीकै भूमिका निर्वाह गरेका छन् । नेपालमा ग्रामीण क्षेत्रमा राजनीतिलगायत विभिन्न कारणले महिलामाथि विभेद हुने गरेको र त्यो विभेदलाई आफूहरूले चलचित्रमा उठाएको यी नायिकाले खुलासा गरिन्, ‘ट्रेलर हेर्दा सेन्टी भाइरस राजनीति फिल्मजस्तो देखिए पनि यो नारीमाथि हुने विभेदविरुद्धको आवाज हो,’ अभिनेत्री कुञ्जना घिमिरेले कथा स्पष्ट पारिन् ।

रंगशाला निर्माण गर्न प्राप्त भएको सहयोग रकम धुमुर्स सुन्तलीले चलचित्र सेन्टी भाइरस निर्माणमा खर्च गरेको आरोप एकथरीले लगाएका छन् । यो आरोपको अभिनेत्री कुञ्जनाले पूर्ण खन्डन गर्दै भनिन्, ‘फिल्ममा अमेरिकामा बस्नु हुने दुई जना निर्माता र हाम्रो लगानी छ । रंगशाला निर्माणका लागि प्राप्त रकम हामीले एक पैसा पनि फिल्ममा खर्च गरेको छैन र त्यस्तो गतल काम हामी कदापि गर्दैनौं ।’ बिरु फिल्मको मुनाफाको आफूहरूलाई प्राप्त हुने ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गर्न लागेको पनि अभिनेत्री कुञ्जनाले स्पष्ट पारिन् । मातृभुमिन्युजबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार