होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • साम्राज्ञीविरुद्ध भुवनले दिए अदालतमा उजुरी
पत्रपत्रिका

साम्राज्ञीविरुद्ध भुवनले दिए अदालतमा उजुरी

  • नागरिक रैबार
साम्राज्ञीविरुद्ध भुवनले दिए अदालतमा उजुरी

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले उजुरी दिएका छन् ।उनले जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी ज्ञानबहादुर शाहले साम्राज्ञीविरुद्ध उजुरी परेको बताए ।

यसअघि अभिनेता भुवन केसीले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको भन्दै उजुरी दिएका थिए ।यो मुद्दालाई कलाकार संघले नै मिलाउन खोजिरहेका बेला भुवनले अदालतमा उजुरी दिएका हुन् ।

केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीलाई इंगित गर्दै ‘ड्रिम्स’ फिल्म शूटिङका क्रममा आफू ‘घिनलाग्दो दुर्व्यवहार’ को शिकार भएको बताएकी थिइन् ।

विज्ञापन

साम्राज्ञीले आरोप लगाए पनि भुवनले भने बारम्बार आफूले दुर्व्यवहार नगरेको बताउँदै आएका छन् ।पछिल्लो समय भुवन र साम्राज्ञीको सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो । चलचित्र कलाकार संघमा उजुरी परेपछि कलाकार संघले साम्राज्ञीसँग लिखित जवाफ मागेको थियो । साम्राज्ञीले भने वकिलमार्फत यो बहसलाई अगाडि बढाउन नचाहेको र मौखिक प्रतिक्रिया पठाएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार