होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ भदौ। जिल्लाको बडीमालिका नगरपालिका ७ रजातोलीकी एक महिला भिरबाट लडेर घाईते भएकि छन् । घाइते हुनेमा सोही नगरपालिका ७ कि अन्दाजी ६० वर्षिया खिरी उपाध्याय रहेकी छन् । उनी गाउँ नजिकै रहेको भिरमा गाई गोरुका लागि घाँस काट्ने क्रममा चिप्लिएर लडेको स्थानीय शिवलाल पाध्याले बताएका छन् । लडेर घाइते भएकि पाध्याको टाउको […]
नागरिक रैबार/बाजुरा २२ भदौ।सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मंगलबार मन्त्री शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । त्यस्तै अर्का राज्यमन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका […]
नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ८ औ जिल्ला सम्मेलन मार्तडीमा सूरु भएको छ । अनेरास्ववीयु (क्रान्तीकारी) को उक्त सम्मेलन सदरमुकाम मार्तडीको अपि होटलमा मंगलबारबाट सूरु भएको हो ।अखिल क्रान्तिकारीका बाजुरा संयोजक पारस बुढाको अध्यक्षतामा संचालन भएको ८ औ जिल्ला सम्मेलनको प्रमुख अतिथि अखिल क्रान्तिकारीका […]
नागरिक रैबार/बाजुरा २२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाहले राजीनामा तयारी गरेको बताईएको छ । मन्त्री शाहको सचिवालयले पनि राजीनामा दिनेबारे छलफल भइरहेको जनाएको छ । ‘एकीकृत समाजवादीको […]
बाजुरा: सरकारले हलिया मुक्तिको घोषणा गरेको सोमबार १३ वर्ष पुगेको छ। सुदूरपश्चिमको नौ र कर्णाली प्रदेशको तीन गरी १२ जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो। सरकारले मुक्त घोषणा गरेको एक दशकभन्दा बढी बितेको भए पनि अझै बाजुराका हलियाहरु पुनःस्थापित हुन सकेका छैनन्। यहाँका मुक्त हलियाका अगुवाहरुले […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुराका स्थानीय तह कर्मचारी हकहित मञ्च जिल्ला कार्यसमिति द्धारा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विरोध पत्र बुझाइएको छ । मुलुकमा नयाँ संविधान जारी भए पश्चात राजनीतिक ,प्रशासनिक र वित्तीय संघीयता कार्यन्वयनमा ल्याइयता पनि राजनीतिक र वित्तयि संघीयताको कार्यन्वयनमा महत्वपुणर् भुमिका निर्वाह गरि प्रशासनिक संघीयतालाई कार्यन्वयनमा गर्न तत्कालिन मौजुदा कर्मचारीहरुलाई तीनै तहका […]
नागरिक रैबार/बाजुरा २१ भदौ । नेकपा एमाले बाजुराको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको घोषणा गरिएको छ । सोमबार जिल्लाको नेकपा एकिकृत समाजवादीले सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गगन रावलले यस अघि गठन गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण भएको घोषणा गरेका हुन् ।उनले भने एमालेको समानान्तर कमिटीमा […]
नागरिक रैबार/बाजुरा २१ भदौ। बाजुरामा नेकपा एमालेका ८ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । सोमबार जिल्ला निर्वाचन कार्यालय बाजुरामा पुगेर ८ जनाले नेकपा एसमा सनाखत गरेका हुन् । सनाखत गर्नेमा स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मिमा बुढा, त्यस्तै बुढिगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापा, बुढिनन्दा नगरपालिका वडा […]
नागरिक रैबार/बाजुरा २१ भदौ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ का एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ का अन्दाजी ४५ वर्षका धनबहादुर उखेडा रहेको वडा अध्यक्ष रामबहादुर कटुवालले बताएका छन् । उहाँका अनुसार उखेडा भदौ १८ गते बार्जुकोट दरबार नजिकैको भिरबाट लडेर घाईते भएका थिए । घाईते […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ५ घर भएका एक युवकको मलेसियामा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका त्रिवेणी नगरपालिका-५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो । धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ । अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका […]
नागरिक रैबार/बाजुरा २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बडीमालिका-९ मा माओवादी केन्द्रको टोल संगठन समिति गठन गरिएको छ । वडा नम्बर ९ को माझगाउँको टोल संगठन समिति सचिवमा माँझ गाउँका राजु विकलाई जिम्मेवारी दिईएको छ । नेकपा माओवादी केन्द्र बाजुराले विकलाई बडीमालिका ९ को टोल सचिवको जिम्मेवारी दिईएको माओवादी केन्द्रका नगर कमिटी सचिव चन्द्र […]
नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बाजुराले आफ्नो तयारीलाई पनि तिव्रताका साथ अगाडी बढाएको छ । गाउँटोल, पालिका, प्रदेश (क) र (ख) सहित जिल्लामा नेतृत्व चयनका लागि नेताहरु चुनावी रणनीति बनाएर अगाडी बढेका छन् । यससँगै जिल्ला सभापतिका लागि आकांक्षीहरु आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् । बाजुरा […]
नागरिक रैबार/बाजुरा २० भदौ। ग्रामीण सुधार केन्द्र (आर.आई.सी) बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।ग्रामीण एवं दुर्गम क्षेत्रको पूर्वाधार विकासमा स्थानीय जनसहभागिता भन्ने उद्देश्यका साथ २०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भई विधिवत रुपमा स्थापना भएको संस्थाको शनिबार एक औपचारिक कार्यक्रमका विच १३ औं वार्षिक साधारण सभा सम्पन्न […]
नागरिक रैबार/बाजुरा १८ भदौ। नेपाली काँग्रेस बाजुराले बडीमालिका नगरपालिका वडा नं. ९ मा डम्मर विक सभापति रहने गरी १५ सदस्यीय टोल कार्य समिति गठन गरेको छ । नेपाली काँग्रेस बाजुराको आसन्न १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिबेशनको पुर्ब सन्ध्यामा बडिमालिका ९ मा टोल कार्यसमिति गठन गरेको हो । जसमा डम्मर विक सभापति, प्रेम खड्का […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको सदरमुकाम मार्तडीस्थित बाजुरा क्याम्पसले भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको छ । शुक्रबार बाजुरा क्याम्पसले एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको हो । यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै […]
बाजुराः बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ। बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढीपहिरोको जोखिममा परेको हो। अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ। २ वर्षयता बस्ती नै जोखिममा परेको छ। बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि आफूहरु पूर्ण रुपमा विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मीनबहादुर रोकायाले बताए। […]
नागरिक रैवार/बाजुरा १८ भदाै। गौमुल गाउँपालिका वडा नं. ५ का कोरोना प्रभावित ४५ अतिविपन्न परिवारहरुलाई सहास नेपाल बाजुराले राहत वितरण गरेको छ । सहयोगी हातहरुको समुह (सहास) नेपालले कोभिड १९ को दोस्रो लहरमा प्रभावित भएका सो वडाका दलित महिला, सुत्केरी र गर्भवति महिलाका घरपरिवारहरुका लागि भौचर सहयोग कार्यक्रम अन्तरगत राहत वितरण गरेको सहास नेपालका शिक्षा […]
नागरिक रैबार/बाजुरा १७ भदाै । कोभिड १९ को तेस्रो भेरियन्ट आउन सक्ने भएकाले यसको नियन्त्रण गर्न पुर्ब तयारीका लागि सरोकारवाला निकायसँग एक गोष्ठीको आयोजना गरेर छलफल गरिएको छ । नेपाल पनि कोभिड १९ को तेस्रो भेरियन्ट आउन सुरु भए संगै जिल्लामा त्यसको प्रतिकार्यका लागि के गर्न सकिन्छ भन्ने बिषयमा गोष्ठीको आयोजना गरिएको हो । स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा १७ भदौ । बाजुराकाे बुढीगंगा नगरपालिका वडा ९ बिर्खम्म डाडाँको जङ्लमा भालुको आक्रमणमा परि एक युवती गम्भीर घाइते भएकी छन् । भालुकाे आक्रमणमा परि घाइते हुनेमा साेही वडाकि २१ वर्षिया काैसिला नेपाली रहेकी छन् । बिहिबार दिउसाे ४ बजे दिउसाे गाेठालाे जाने क्रममा नेपालीलाई भालुले आक्रमण गरेको स्थानिय बताएका छन् ।घाइते युवतिको थप […]
नागरिक रैबार/बाजुरा १७ भदौ । नेकपा एमालेका नेता एंव पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाकै गृह वडाका वडा अध्यक्ष भरत थापा नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भरत थापा तत्कालिन एमालेबाट पूर्वउद्योगमन्त्री थापाकै वडाबाट ५ सय मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । पूर्व उद्योगमन्त्री समेत रहेका […]