होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा क्याम्पसमा भौतिक उपस्थितिमै पढाई संचालन हुने
समाचार

बाजुरा क्याम्पसमा भौतिक उपस्थितिमै पढाई संचालन हुने

  • नागरिक रैबार
बाजुरा क्याम्पसमा भौतिक उपस्थितिमै पढाई संचालन हुने

नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको सदरमुकाम मार्तडीस्थित बाजुरा क्याम्पसले भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको छ ।

शुक्रबार बाजुरा क्याम्पसले एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको हो ।

यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै आएका थियो । पछिल्लो केही महिना यता कोभिड-१९ को प्रभाव कम हुँदै गएपछि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षाहरु नियमित संचालन गर्ने बाजुरा क्याम्पसका प्रमुख सुरेश प्रसाद पंडितले बताएका छन् ।

विज्ञापन

बाजुरा क्याम्पसमा विद्यार्थीको भौतिक उपस्थितिको आधारमा स्थानीय निकायले निर्धारण गरेको कक्षा संचालन कार्यविधि अनुसार स्वास्थ्य मापदण्डहरु पालना गरि कक्षा संचालन गरिने भएकोले क्याम्पसका विद्यार्थी र शिक्षक कर्मचारीका लागि एक सूचना जारी गर्दै आग्रह गरेको छ ।

बाजुरा जिल्लामा रहेका तीन वटा क्याम्पस मध्ये बाजुरा क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापनका साथै स्नाकोत्तर सम्मको पढाई हुने गरेको छ भने ५ सय बढी विद्यार्थी अध्यनरत रहेका छन् ।

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार